साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकाले-विपरित बुद्धि

लुकाउनुहुन्छ कण्ठीमाला प्रवृति रंगीन मिजाजको यही मिजाजलाई भन्नु हुन्छ स्वस्थताको राज हो । बढाइ चढाइ रंगीन कर्तुत चिया पसलमा सुनाउनुहुन्छ श्रीमतीलाई आएको देख्दा टाउको तल लुकाउनुहुन्छ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

बुढेसकाल लागेपछि
सुध्रिनु पर्ने हो ताल,
मेरो टोलका बाजेको त
झन बिग्रेको चाल ।

भेट्दा अर्ती दिनुहुन्छ
जानु पर्छ देवालय
तर साँझ पर्दै कुनामा
खोज्नुहुन्छ मदिरालय ।

जहाँ जहिले भेट्नु हुन्छ
चिटिक्क नानी कुमारी
चिनजान नभए तापनि
गर्छन् भलाकुसारी ।

युवादेखि बिग्रेको बानी
छुटेन सौन्दर्यपानको,
तरुणीसँग हिमचिम गर्नु
अवसर शान सम्मानको ।

श्रीमतीलाई दिनुहुन्छ
चश्मा नदेख्ने परको
आफूचाहिँ लाउनुहुन्छ
गोल्डेन चश्मा पावरको ।

लुकाउनुहुन्छ कण्ठीमाला
प्रवृति रंगीन मिजाजको
यही मिजाजलाई भन्नु हुन्छ
स्वस्थताको राज हो ।

बढाइ चढाइ रंगीन कर्तुत
चिया पसलमा सुनाउनुहुन्छ
श्रीमतीलाई आएको देख्दा
टाउको तल लुकाउनुहुन्छ ।

प्रभुवर देऊ पाकालाई
विवेकसँगै विचार शुद्धि
लेख्दा,अन्तमा भन्नै पर्यो
“बुढेसकाले- विपरित बुद्धि”।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x