साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकाले-विपरित बुद्धि

लुकाउनुहुन्छ कण्ठीमाला प्रवृति रंगीन मिजाजको यही मिजाजलाई भन्नु हुन्छ स्वस्थताको राज हो । बढाइ चढाइ रंगीन कर्तुत चिया पसलमा सुनाउनुहुन्छ श्रीमतीलाई आएको देख्दा टाउको तल लुकाउनुहुन्छ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

बुढेसकाल लागेपछि
सुध्रिनु पर्ने हो ताल,
मेरो टोलका बाजेको त
झन बिग्रेको चाल ।

भेट्दा अर्ती दिनुहुन्छ
जानु पर्छ देवालय
तर साँझ पर्दै कुनामा
खोज्नुहुन्छ मदिरालय ।

जहाँ जहिले भेट्नु हुन्छ
चिटिक्क नानी कुमारी
चिनजान नभए तापनि
गर्छन् भलाकुसारी ।

युवादेखि बिग्रेको बानी
छुटेन सौन्दर्यपानको,
तरुणीसँग हिमचिम गर्नु
अवसर शान सम्मानको ।

श्रीमतीलाई दिनुहुन्छ
चश्मा नदेख्ने परको
आफूचाहिँ लाउनुहुन्छ
गोल्डेन चश्मा पावरको ।

लुकाउनुहुन्छ कण्ठीमाला
प्रवृति रंगीन मिजाजको
यही मिजाजलाई भन्नु हुन्छ
स्वस्थताको राज हो ।

बढाइ चढाइ रंगीन कर्तुत
चिया पसलमा सुनाउनुहुन्छ
श्रीमतीलाई आएको देख्दा
टाउको तल लुकाउनुहुन्छ ।

प्रभुवर देऊ पाकालाई
विवेकसँगै विचार शुद्धि
लेख्दा,अन्तमा भन्नै पर्यो
“बुढेसकाले- विपरित बुद्धि”।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x