साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश प्रतिको पीडा

बेचिदैछन् चेली सधैं गरीबीको नाउँमा शरण पर्नुपर्छ उनले अपराधीकै पाउमा बेचिनुको पीडा उनको कसले बुझ्ने होला ? उनैले पठाको धनले भर्ने होलान् झोला ।

Nepal Telecom ad

देश चाहिँ हुने भयो भ्रष्टहरूकै कोठी
खाने भए आमालाई पारी लुटुपुटी
काटीकुटी भाग लगाई लान्छन् छानीछानी
भागमा थोरै परे तिनले गर्छन् तानातानी

बुनेका छन् जालीहरूले सधैं तानाबाना
गिद्दे नजर चहारी रहन्छन् लुट्न खजाना
कहिलेसम्म होला कठै यिनको दादागिरी
कहिले दिन आउला र खोइ हुने बराबरी ?

जनतालाई सधै डर देख्दा तिनको मति
विदेशीको गुलाम बनी जालान् उतै सती
छारो हाल्ने जनतालाई आँखा झिम्काएर
जित्छन् भोट तिनले फेरि द्रव्य मिल्काएर

हिँड्यो छोरो मुङ्गलान्तिर फर्की आउला कहिले ?
आमाले चाहिं छाती ठोक्दै रुनु पर्ने जहिले
बेचिदैछन् चेली सधैं गरीबीको नाउँमा
शरण पर्नुपर्छ उनले अपराधीकै पाउमा
बेचिनुको पीडा उनको कसले बुझ्ने होला ?
उनैले पठाको धनले भर्ने होलान् झोला

देशमा यस्तो थिति देख्दा पीडा हुन्छ मनमा
समृद्ध देश हेर्नलाई हतारो छ नयनमा
खुलोस् चेत सबको अब बुद्धि पलाएर
पाओस् छोरो देशमै बस्न कल चलाएर ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x