दुर्गा ढकालदेश प्रतिको पीडा
बेचिदैछन् चेली सधैं गरीबीको नाउँमा शरण पर्नुपर्छ उनले अपराधीकै पाउमा बेचिनुको पीडा उनको कसले बुझ्ने होला ? उनैले पठाको धनले भर्ने होलान् झोला ।

देश चाहिँ हुने भयो भ्रष्टहरूकै कोठी
खाने भए आमालाई पारी लुटुपुटी
काटीकुटी भाग लगाई लान्छन् छानीछानी
भागमा थोरै परे तिनले गर्छन् तानातानी
बुनेका छन् जालीहरूले सधैं तानाबाना
गिद्दे नजर चहारी रहन्छन् लुट्न खजाना
कहिलेसम्म होला कठै यिनको दादागिरी
कहिले दिन आउला र खोइ हुने बराबरी ?
जनतालाई सधै डर देख्दा तिनको मति
विदेशीको गुलाम बनी जालान् उतै सती
छारो हाल्ने जनतालाई आँखा झिम्काएर
जित्छन् भोट तिनले फेरि द्रव्य मिल्काएर
हिँड्यो छोरो मुङ्गलान्तिर फर्की आउला कहिले ?
आमाले चाहिं छाती ठोक्दै रुनु पर्ने जहिले
बेचिदैछन् चेली सधैं गरीबीको नाउँमा
शरण पर्नुपर्छ उनले अपराधीकै पाउमा
बेचिनुको पीडा उनको कसले बुझ्ने होला ?
उनैले पठाको धनले भर्ने होलान् झोला
देशमा यस्तो थिति देख्दा पीडा हुन्छ मनमा
समृद्ध देश हेर्नलाई हतारो छ नयनमा
खुलोस् चेत सबको अब बुद्धि पलाएर
पाओस् छोरो देशमै बस्न कल चलाएर ।
०००
अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































