साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३४ औं श्रृङ्खला

अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं विश्व नेपाली साहित्य महासंघका विश्व केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीकाे प्रमुख आतिथ्यमा चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३४ औं श्रृङ्खला स्वतन्त्र काव्य विशेष गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न ।

Nepal Telecom ad

काठमाडौं, २०७९ पुष १३ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३४ औं श्रृङ्खला स्वतन्त्र काव्य विशेष गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं विश्व नेपाली साहित्य महासंघका विश्व केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीकाे प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि परदेशीले चन्द्रागिरि साहित्य प्रतिष्ठानले सकृय साहित्यिक कृयाकलाप गरेकोमा ज्यादै खुशी लागेको छ । तपाईहरूको सकृयता विशेष गरि जनार्दन धड्कनजीको साहित्य प्रतिको मोह र सेवा नै उच्च देखिएको छ भन्नु हुँदै साहित्यप्रति पश्चिमा अतिक्रमणबाट कसरी बचाउने अस्तित्वबाद र भ्रातृत्व एकीकरणको लागि हाम्रो सामुहिकता भइरहोस्, सुदूर भविष्यसम्म प्रभावकारी भइराखोस् भन्नुभयो । १३४ औं श्रृङ्खला असाध्य राम्रो रुपमा कविता, खोरिया, उदक, सुसेली नयाँ विधाहरूको सुन्दर कार्यक्रममा भएकोमा खुशी व्यक्त गर्नु भयो । चन्द्रागिरिको हरेक हप्ताको कार्यक्रमले धेरै नया स्रष्टाले अबसर पाएर लेखनीमा खारिदै जाने स्थिति बनेको प्रष्ट छ भन्नु भयो ।

विशिष्ठ अतिथि डा.बमबहादुर जितालीले कवि शिरोमणिको जन्म जयन्तिको पूर्व सन्ध्यामा भएको यो कार्यक्रम उहाँप्रति पनि समर्पित भएको छ भन्नुहुँदै रचना सुनाउनु भयो । गंगा लिगलले चन्द्रागिरिको कार्यक्रम नियमित चलिरहेकोमा खुशी लागेको छ, यो सस्थाले धेरै नयाँ स्रष्टाहरूलाई विभिन्न विधाहरूमा परिष्कृत गराइरहेको एउटा पाटो छ भने अर्कोतर्फ विश्वभरका स्रष्टालाई एउटै छातामुनि जोडेर रचनात्मक आदानप्रदान गराइरहेको छ भन्नुभयो ।

विशिष्ठ अतिथि कलानिधि दाहाल, दुर्गा भमरकोटे ज्यूले चसाप्रनेको नियमित कार्यक्रमको प्रशंसा गर्दै शुभकामना दिनु हुँदै आफ्नो रचना सुनाउनु भयो । सुधा बास्कोटा ढकालको कुशल उद्घघोषणमा भएको काव्य गोष्ठीमा लक्ष्मीप्रसाद मिश्रबाट खोरिया र सुसेली मार्फत स्वागत गर्नु भएको थियो । अन्य उपस्थित आमन्त्रित अतिथि साहित्यकारहरू क्रमश खगेन्द्र बस्याल, आर्त अकुलिन, उत्तम भेटवाल, सीता पाण्डे, मूना घिमिरे, अनुराधा थापा, दुर्गा रिमाल, चन्द्रावती अधिकारी, दवीप्रसाद मिश्र, शारदा आचार्य, सिर्जना खनाल, बीरबहादुर लोहनी, बिनुबाबा घिमिरे, यज्ञलाल सुवेदी, प्रेम थापा, रेणु घिमिरे, महेश खरेल, संगिता ठाकुर, चेतनाथ धमला, लगायत २७ जना सर्जकहरूले आ-आफ्ना रचना कविता, खोरिया, सुसेली, उदक, मुक्तक आदि वाचन गर्नु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको रुपमा खोरिया लेखनको सैद्धान्तिक अवधारणा प्रष्ट पार्नु हुँदै विश्वभर छरिएर रहनुभएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत पनि हरेक हप्ता बुधबार लेखन अभ्यास गरिरहनु भएकोमा धेरैले लेख्नु भएकोमा खुसी एबं गर्व लागेको छ भन्नुहुँदै यहाँहरू नियमित समय दिएर जोडिनु भएकोले नै आयोजकले खुशी ग्रहण गर्न पाएका हौं भन्नुहुँदै प्रमुख अतिथि परदेशी, विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूणर् अतिथि आमन्त्रित साहित्यकारमा धन्यवाद ज्ञापन गर्नु भई आफ्नो छन्द कविता सुनाउनु भए पश्चात कार्यक्रम समापनको घोषणा गर्नुभयो ।

०००
– धड्कन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x