साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बधाई थरिथरीका

ओहो ! हो बधाईको चपेटाले धेरैलाई बेफुर्सद बनाएकोमा बधाई, बेरोजगारहरूलाई बधाइदिने रोजगार दिएकामा हार्दिक बधाई !!

Nepal Telecom ad

सिफारिसमा परेकोमा बधाई, छनौटमा छानिएकोमा बधाई, जीतेकोमा त झनै बधाई नियुक्ति पाएकोमा बधाई, पदोन्नति भएकोमा बधाई, विदेश गएकोमा बधाइ देश आएकोमा बधाई, कतै पहाड झरनामा घुम्न गएकोमा बधाई, शिलान्यास गरिबक्सेकोमा बधाई, बजेट पारिसेकोमा बधाई, जन्मदिनको बधाई !

एनिभर्सरीको बधाई, कोट किनेकोमा बधाई, घडी लगाएकोमा बधाई, लुटेर महल बनाएकोमा बधाई, थुतेर गाडी कुदाएकोमा बधाई, एक कप चिया पिलाएकोमा पनि बधाई, बच्चा जन्माउनुभएकोमा बधाई, घर किनेकोमा बधाई, भिसा लागेकोमा बधाई, लाइसेन्स निकालेकोमा बधाई, घडेरी किन्नुभएकोमा बधाईं, गाडी किनेकोमा बधाई, जितेकोमा बधाई, हारेकोमा बधाई, एसएलसी पासको बधाई, एल्बम निकालेको बधाई आम्मै कति धेरै बधाई !

अन्तमा फेसबुकमा फोटो राखेर बधाई, बिहानै क्वाटरमा चाप्लुसी गरेर बधाई, खुट्टा थिचेर बधाई, टाउको निहुराएर बधाई, तलुवा चाटेर बधाई, हरेक बिहान बधाई नै बधाई बर्षाएर शुरु हुन्छ । दिनभरि बधाई, बधाइ दिँदादिँदै साँझ पर्छ, साँझमा पनि बधाई, आधारातसम्म चियर्सको बधाई । ओहो ! हो बधाईको चपेटाले धेरैलाई बेफुर्सद बनाएकोमा बधाई, बेरोजगारहरूलाई बधाइदिने रोजगार दिएकामा हार्दिक बधाई !!

०००
– टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x