सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुज्छु बाबा र आमा

सबैको दैलोमा सुजन यति बुढा पाउनै हुन्छ धामा, नबिर्सौँ कर्तव्यै पद अनि धनको मोहमा लालसामा, पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥

Nepal Telecom ad

यिनै द्यौता मेरा विपुल अवनिका जन्मदाता विधाता
यिनैले सुम्पेको हृदय बिच महान् रक्तको देख्छु नाता
धरी आस्था ज्यादा विनित मन बसेँ प्रेमले वन्दनामा
पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥१

धरामा टेक्ने यो अवसर पहिले हो उनैले दिएको
लुकाई छातीमा गुटुमुटु सहसा हो उनैले लिएको
उनैको हो छाती उपर रगतको धार बग्ने नशामा
पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥२

तिनैले हो मेरो सुख सयल भनी दर्द लाखौँ सहेको
उनैको टेवाले लगन र भरले आज जे हो भएको
विना बाबा आमा नर प्रकटहुने छैन सम्भावनामा
पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥३

नलाउन् है कोही पनि नरजनले चोट ती भावनामा
सबैको दैलोमा सुजन यति बुढा पाउनै हुन्छ धामा
नबिर्सौँ कर्तव्यै पद अनि धनको मोहमा लालसामा
पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥४

बुढ्यौलीमा मान्छे अतिशय गुणले खारिएका हुनेछन्
दिई अर्ती राम्रो विविध किसिमका विघ्नबाधा फुनेछन्
मलाई आस्था यो अधिकतम भयो जे छ त्यो देवतामा
पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥५

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
विना श्रीपेचका राजा

विना श्रीपेचका राजा

रामशरण न्याैपाने
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
पिता माता पाल्ने

पिता माता पाल्ने

रामशरण न्याैपाने
विभीषिका र बाध्यता

विभीषिका र बाध्यता

रामशरण न्याैपाने
भाँजो हाल्ने नगर

भाँजो हाल्ने नगर

रामशरण न्याैपाने
माता पिता नै गुरु हुन् प्रधान

माता पिता नै गुरु...

रामशरण न्याैपाने
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
‘बा’ काव्यांश- (२२)

‘बा’ काव्यांश- (२२)

दीनानाथ पाेखरेल
भो जीवनी बन्जर (४)

भो जीवनी बन्जर (४)

हेम अधिकारी
वृद्ध चिन्तन -५

वृद्ध चिन्तन -५

राजेन्द्रकुमार बज्राचार्य
बुढ्यौलीका चार ठोक्तक

बुढ्यौलीका चार ठोक्तक

वासुदेव गुरागाईं