धनराज गिरीसत्यम्, शिवम्, सुन्दरम्
एउटी पुर्वेली चेली, ओटाङबाट विवाह भएर खोटाङ पुगेकी, “कुमारी बज्रयोगिनी बिस्फोट” नाम पनि उत्तर आधुनिक छापामार शैलीको, उग्र नारीवादी । केही युवतीहरूले समर्थनमा टाउको हल्लाए । कार्यक्रम सकियो ।

साहित्यिक विवादालय अर्थात् प्रज्ञामा आज पनि एउटा किताबको विमोचन छ । हप्ता दिनमा २१ वटा किताबको लोकार्पण हुन्छ राजधानीमा, केन्द्रमा । त्यसो त अब केन्द्र पनि भन्जन भएको छ । साहित्य पनि संघीयतामा गएको छ । देशले बल्ल साहित्यलाई चिन्दैछ । सक्कली साहित्यकारहरू लज्जित र नक्कली रहरनारायणहरू सुसज्तित भएका छन् । ठिक २ः३० मा कार्यक्रम शुरू भयो । विज्ञापनमा १२ बजे भनिएको थियो । प्रमुख अतिथिको कार्यव्यस्तताले गर्दा यस्तो हुन गयो । उद्द्दोषकले कार्य सम्पादन गरे, “यस भव्य र सभ्य समारोहमा पाल्नुभएका बाहिरबाट देखिने भलाद्मी मान्यवरहरू, दिदीबैनीहरू, कार्यक्रम तोकिएकै समयमा शुरु भएमा हाम्रो सुन्दर परम्परामा दाग लाग्ने र हाम्रो अन्तराष्ट्रिय अपमान हुने भएकाले हामीले निरन्तरतामा क्रमभंग हुन नदिने निधो गरियो । यसैले निरर्थक र अनावश्यक क्षमा मागिन्न । हाम्रा मानक स्रष्टा अब्बलनाथ साहित्यपूजारीको यो २७ औं महाकाव्यको लोकार्पणमा सभापति, प्रमुख अतिथि, प्रमुख वक्ता ज्यूहरूलाई क्रमश …. ।
“अब यो आसनग्रहणमा एक घण्टा जान्छ” एउटा युवक बोल्यो । ऊ भर्खर तनहुँबाट आएको, साहित्यमा पनि स्वणर्िम युग ल्याउन । यो लेखकको यत्रो महाकाव्य कसले पढ्छ यो “एलाक” को जमानामा ?
आडैमा बसेकी युवती । हेर्दा कवि शिरोमणि जस्तै लाग्ने एक जना पाका पात्रले यो कुरा सुनिरहे । दाढीकपाल पूरै हिमाल, पातलो शरीर, भद्र अनुहार । मनमनै सोचे, “यस्तोमा मेरो अनुज प्रोफेसर जगमोहन आजाद भएको भए कति मज्जा हुने थियो । अनुज आएकोृ भए त एक दुई ‘शेर’ पनि जान्थ्यो ।” उता उद्घोषकले एक घण्टामा आसन ग्रहण गराएर भ्याए । सम्पूणर् कर्मकाण्ड सकियो । समीक्षा गर्न उठे प्रा.डा. जीपीआर ।
“यो मान्छे अलि कडा छ, आज महाकविको धज्जी उडाउने पक्का” एउटा युवक, जीतेन्द्र ओझा । ओझा आफैं पनि कडा समालोचक हो । कुनै साहित्यकारलाई सराप दिन पर्यो भने “तेरो किताब ओझाले समालोचना गरोस्” भन्ने चलन छ । समीक्षा शुरु भयो-
“आदरणीय साहित्यप्रेमीहरू, नमस्कार । हुन त मेरो नाम कडा समालोचक भनेर बदनाम छ । समीक्षा गर्ने काम भनेको रवि लामिछानेसित चुनाव लडेजस्तै हो । यो साहित्यको क्षेत्रमा पनि समाज विभाजित छ । आज म आफैंलाई विनिर्माण गर्दैछु । लीलाबोध भयो । लेखेर, बोलेर शत्रु कमाउन हुन्न । मुहार पुस्तिकामा ‘बागी’ बन्नेहरू वास्तवमा ‘अभागी’ हुन् । सार्वजनिक जीवनमा अभिनय नै अपरिहार्य । चाणक्य नीति अनुसार पनि धेरै वैरी एकैचोटी कमाउन हुन्न । अर्जुन बन्ने रहरमा अभिमन्यु बनिन्छ । समालोचकहरूको सालिक बनेको छैन । यो महाकाव्य एउटा “हेड मास्टर पीस” हो । नेपाली साहित्यमा यस्तो किताब आजसम्म लेखिएकै छैन । हाम्रा कविजीको सार्वजनिक अभिनन्दन हुनुपर्छ । उहाँलाई म चिन्दिन । केही नाता पनि पर्दैन । प्रकाशक, महोदयले मलाई गुल्मी पुगेर अनुरोध गर्नुभयो । मावली दाजु दीनपन्थीले बोल्न अनुरोध गर्नुभयो । उता बाजे खीमानन्द ज्ञवाली र दाजी, मुक्तकसम्राट रुद्र ज्ञवालीको पनि परमादेश आयो । मेरो लागि यो स्वणर्िम अवसर हो ।
विश्वलाई थाहा हुन्छ । यस्तो मौका गुमाउन मन लागेन । कवित्व, सीप, रस, उपमा, उपमेय, विम्व, प्रतीक अलंकार सबैको तालमेल मिलेको छ । यो किताबको तीन लाख प्रति बिक्ने अनुमान गरेको छु । विदेशबाट पनि माग आउने छ । अब्बल छ होइन, महाअब्बल छ यो किताब नपढे त बाँचेको सार नै हुन्न । मलाई आशा मात्र होइन, विश्वास पनि छ, यो किताब २०७९ सालको “अग्नि” जस्तै हुनेछ । २०८० साललाई यो महाकाव्यले कब्जा गर्ने छ, वैशाख १० गते रविबारलाई चितवन दुईमा रविले कब्जा गरे जस्तै । यो “घण्टी” महाकाव्यको जति तारीफ गरे पनि कम हुन्छ । सर्जकलाई हार्दिक बधाई छ । मेरो समीक्षा सकियो । यस्तो मौका दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद !”
परररर ताली बज्यो । ताली बजाउनेहरू सबै लेखकका नातेदारहरू थिए । पाँच जना पाका कविहरूले शुभकामना दिए । “साला पुरुषहरू, सबै प्रकाश सपुतका संस्करणहरू मञ्चमा एउटी नारी स्रष्टा पनि छैनन् । एउटीलाई पनि बोल्न दिएनन् । नारीहरूको घोर अपमान हो । म त भोलि भृकुटी मण्डपमा गएर अनसन बस्छु । भालेवाद- मुर्दावाद ।”
एउटी पुर्वेली चेली, ओटाङबाट विवाह भएर खोटाङ पुगेकी, “कुमारी बज्रयोगिनी बिस्फोट” नाम पनि उत्तर आधुनिक छापामार शैलीको, उग्र नारीवादी । केही युवतीहरूले समर्थनमा टाउको हल्लाए । कार्यक्रम सकियो । हस्ताक्षरसहित किताब बिक्री । खाजा बितरण भयो । समालोचक प्रा.डा. जीपीआर कफी लिएर ती डुप्लीकेट लेखनाथ पौडेलको नजीक पुगे । परिचय भयो ।
“काकालाई शीतल निवासतिर देखेजस्तो लाग्यो” अनुमानको तीर चलायो समालोचकले । “हो, बाबु, थर्पु, तनहुँ हो मेरो घर । शिखरिणि छन्द मनपर्छ । गीत र मुक्तकहरूमा विद्यावारिधि गर्दैछु । साहित्यको अस्मिता जोगाउनु छ । रत्ननगरमा गएर एकल मुक्तक वाचन गर्नुछ । प्रोफेसर जगमोहन आजाद मेरो अनुज, हामी “रामानुज” कुनै किसिमको “राप र ताप” छैन मनमा । राम्रो बोल्नुभयो बाबुले । बाबु त प्रज्ञामा जानुपर्ने मान्छे नि !”
“आएकै छु त । यो प्रज्ञा नै हो । आइयो ।” “हे हे हे… बाबु पनि, मेरो अनुज आजादजस्तै । चिनिन्छ, सौराहाको गैंडालाई ?” मुक्तनारायण पौडेल बोले । “काका पनि, किन नचिन्नु नि । खीर खाने निम्तो छ । अस्ति मेरो जन्म दिनमा कति राम्रो शुभकामना दिनुभएको, पढेर आँसु नै आयो । पवित्र मान्छे हो आजाद सर । मनमा पाप छैन । एउटा अपवाद हो । सौराहा जानु छ, खीर खानु छ । मैले बोलेको चित्त बुझेकै हो त काकालाई ?”
“मज्जाले चित्त बुझ्या नि, आफूभन्दा जान्ने अरु कोही पनि छैन भनेर धज्जी उडाउने चलन छ । वास्तवमा मैले त रहर मात्र गरेको हुँ । बाबुको समीक्षा अब्बल सत्यम्, शिवम्, सुन्दरम् बोलियो । यो हो मानवता । खुशी लाग्यो ।”
साँझको छ बज्यो ।
०००
सौराहा, चितवन
Subscribe
Login
0 Comments
Oldest







































