साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घर

घरका लागि मान्छेले के गर्न बाँकी राखेन होला र ? चोर्नेदेखि फोर्नेसम्म, लुट्नेदेखि कुट्नेसम्म । अपुताली होस् वा बकौती , अत्याचार होस् कि भष्ट्राचार होस् सबै हतकण्डा अपनाइको छ गजवले ।

Nepal Telecom ad

भोलानाथ सुबेदी :

तपाईको घर कहाँ हो नि ? त्यो अपरिचित आवाज ? किन मैले भने ? परिचय गर्ने बाटो । उसको जवाफ । जहाँको होस् जताको होस् । ठाउँको ठाउँ परिचय भैहाल्छ । यस्तै चलन छ अचेल । समस्यामा पर्दा मान्छेले घर सोध्छ नत्र ठाडो पुच्छर लगाएर दौडन्छ । यसको उदाहरण तपाई र मबाहेक जान्ने को होला र अरु । घर बालापनको नाट्यशाला । दुःख बिसाउने चौतारी । देशप्रेम जगाउने र जीवन सिकाउने प्रयोगशाला पनि । एक झर पानी ओत्ने र टन्टलापुर घाममा शितलता दिने वर वृक्ष पनि ।

व्यञ्जन वणर्को घ भन्दा कयौँ वर्ष अघिदेखि घरले पृथ्वीमा खुट्टो घुमाएको हुनुपर्छ जस्तो यो कलमजीवीलाई लाग्छ । वर्णमालाको विकासको क्रममा विद्वानहरूले यसको कदर गर्दै पहिलो लहरको चौथो क्रममा यसलाई विराजमान गराइदिए पछि यसको महिमा चुलिदै आएको छ । अझ यो शताब्दीमा त यसकै वरिपरि मान्छे जाँतो घुमे झैँ घुमिरहेको छ । अचेल गर्मीदेखि सर्दीसम्म वातानुकुलित घरहरू निर्माण भएका पाइन्छन् ।

आम्दानी र हावापानी अनुसारका घरहरू निर्माण भएका हुन्छन् । खरले छाएको होस् वा टिनले टल्काएको भय भगाउने र आसा जगाउने माध्यम हो घर । घर आमाको काख जस्तै ठान्छ मान्छेले । सन्तोषको सास फेर्नको लागि । टालेको भए नि दाह्रा फर्केको भए नि घरको चार सुरभित्र मान्छेले जीवनको लक्ष्य निर्धारण गर्छ । घरले इतिहास बोल्छ । जीवन दर्शन सिकाउँछ र गन्तव्य पहिल्याउँछ । मानव विकासक्रमसँगै मान्छेले सिकेको पहिलो कुरा बास थियो । बास मान्छेको आधारभूत आवश्यकता । सरकारले बासका लागि वर्षेनी करोडौँ बजेट छुट्याए पनि बास नपाएकाहरू सडकमा असरल्ल भेटिन्छन् । बजेट कहाँ गयो कसैले खोज्दैन । बनेका घरमा कति मान्छेले आश्रय लिए कतै जानकारी हुँदैन ।

आफ्नो घरभित्र मान्छेले सहजता, सरलता र अपनतव महशुस गर्छ र त अरुको घरमा एक झप्को निदाउन सक्दैन । एक्लै रमाउन अभ्यस्त छ मान्छे । भूकम्पपछि त बाक्लो दाल खानेको सङख्या बढेर गयो । घरमा भएका चार सदस्यमा सबै छुटिएर बसेपछि सरकारले राहात दिन करै लाग्यो । अहिले ती घरहरू भूतबंगला बनेका छन् । घरकै कारण एकल परिवारको विकास भएको हो । भूगोलअनुसार मान्छेले घरको जग बसाल्यो र रमाउन थाल्यो । भानुभक्तको घरदेखि देवकोटाको घरसम्म । वि.पि.को घरदेखि भण्डारीको घरसम्म ज्ञानीको ज्ञान र ध्यानीको ध्यानका लागि संरक्षण गरिएका छन् ।

घरबारे कति गीत गाइए । कति काव्य रचना भए । उखान र टुक्का बने । त्यसैले घर सबैको अभिभावक बनेको छ । भाडा खानु र झाडा खानु एकै हो भन्ने मेरा एक मित्र सहरमा घरको तलो थप्न व्यस्त देखिन्छन् अचेल । प्रत्येक वर्ष बजेट भाषणसँगै कोठाको भाडादर कम्तीमा पाँच सयले उकालो लाग्छ र घरवाला र डेरावालाको संगठन बन्न पुग्छ । घरले मित्रमात्र हैन शत्रु पनि कमाइरहेको हुन्छ । बैंकमा ऋण लिएर जग बसालेकाहरू यसका साक्षी प्रमाण हुन् । नागरिकतामा फोटो टाँस्नदेखि जागिरको दरखास्तमा दरिनसम्म घरको चार सुर कस्नै पर्छ । जन्मदा होस् वा मर्दा घर ठेगाना नखुले न जन्म दर्ता हुन्छ न मृत्यु दर्ता । अस्पतालमा होस् वा अदालतमा बसमा होस् वा हवाइजहाजमा जहाँ पनि घर हाजिर हुन आइपुग्छ । तपाईको घर कहाँ हो नि ? यस्तै प्रश्नले झस्काइरहन्छ ।

घर कसको हुँदैन । कमिलादेखि धमिरासम्म । कुकुरदेखि ढुकुरसम्म सबै आआफ्ना घरभित्रै घेरिन्छन् । गुँडमा बसे नि डुँडमा बसे नि झुप्रोमा बसे नि दरबारमा पसे नि एक पेट खाएर सन्तोषको सास फेर्न घर नभई नहँुदो रहेछ । सानो होस् कि ठुलो होस् । झ्याले होस् कि प्वाले होस् । घरभित्र पसेपछि न विषालु जीवले डस्ला भन्ने पीर न झरीले झ्याउरे पार्ला भन्ने डर । घरका विषयमा मानिसलाई भन्दा बढी पीडा अरुमा भेटिँदैन । छोरी अन्माउन होस् वा बुहारी भित्रयाउन घर बिहेको पहिलो सर्त हुन्छ । अझ बाउआमाको बुढेलबुटीदेखि छोराछोरीलाई अंशसम्म घरकै भागबन्डामा अडिन्छ । सन्तानका लागि दुःख गर्नेहरू पछि घरको न घाटको भएर बेघर बाँचेका भेटिन्छन् । बाउको होस् कि साहुको होस् ,बाजेको होस् कि बराजुको होस् घर भनेपछि मर्न आँटेकाहरूले पनि -याल चुहाउँछन् । अझ शहरमा भाडा नतिरी बस्ने घर भेटेकाको त कुरै बेग्लै ।

घरको दलिनमा पिङ खेलेकाहरू घरकै कारण दलिनमा झुण्डिन्छन् । घरका लागि मान्छेले विश्वका कयौँ देशको गल्ली डुलेको छ । मरुभूमिमा बाफिएको छ । कतार ,मलेसियादेखि स्पेन र टर्की पनि काटेको छ । खरको छानो फालेर टिनको छानो हाल्न मान्छेले आफैलाई बेचेको छ । घर नहुनेले जग्गा जोड्यो घर बनायो । घरका लागि मान्छेले के गर्न बाँकी राखेन होला र ? चोर्नेदेखि फोर्नेसम्म, लुट्नेदेखि कुट्नेसम्म । अपुताली होस् वा बकौती , अत्याचार होस् कि भष्ट्राचार होस् सबै हतकण्डा अपनाइको छ गजवले ।

घरले यौटै लाम्टो चुसेर हुर्केका दाजुभाइमा वैमनश्यता ल्याउनेदेखि जन्मँदै घाँटी निमोठ्ने गरेको पाइन्छ । घरले परिवारमा फाटो ल्याउने हैन सम्बन्ध सुधार गर्ने काममा सबैलाई प्रेरणा दिन सकोस् । जय घर !

०००
९८४३०५४१६१
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x