डा. छायादत्त न्यौपाने ‘बगर’साइनोका नौ फाँकी
कहाँ छ सुशासन बेथा बोकिराछ मान्छे सस्तो वाचाको भलबाढी ! मन खोज्छ जीवन इमान बोक्छ जीवन कर्म चिल्याउँछ जीवन !
छायादत्त न्योपाने :
१.
गतिशून्य जीवन
मति शून्य छ शासक
उत्पादन शून्य किसान ?
२.
मन खोलौं न हामी
देशमै रमौं न हामी
सपूत आमाका इमानी ।
३.
काम महिमा गान
जुटे काँध उठ्छ सान
साझा काम जीवन महान् ।
४.
व्यस्त सुन-खेतीमा
लुकीछिपी ढुस्स नाक
मरिलाने के ? भन्छ मान्छे ।
५.
भिडमा एक्लो मान्छे
कस्तो म, मनको दास
मन, हेर्न मन छ आमा ।
६.
यी प्रशस्त गोरेटा
केसँग हिँड्ने हो हामी ?
चेतना इमान कि स्वार्थ ?
७.
मै हुँ नि भद्र मान्छे
भिडमा पोखिने मान्छे
खै को छ र सहिष्णु मान्छे ?
८.
कहाँ छ सुशासन
बेथा बोकिराछ मान्छे
सस्तो वाचाको भलबाढी !
९.
मन खोज्छ जीवन
इमान बोक्छ जीवन
कर्म चिल्याउँछ जीवन !
०००
पर्वत, हाल- काठमाडौ
Subscribe
Login
0 Comments
Oldest





































