साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनि पो देश धनी बन्छ

अब त सगरमाथा बेचिदिउँ, आँ तरी तरी माग्दैछ छिमेकीले कोसी बेचिदिउँ, मेची बेचिदिउँ । भएभरका युवालाई देश छोड्न बाध्य गराउँ । कृषि गर्ने हत्केलाका जाँगर हराउनु पर्छ । फ्याँक्नु पर्छ अन्न फलफूल सडकभरी, गर्नुपर्छ भ्रष्ट आचरणले मनपरी ।

Nepal Telecom ad

अप्सरा सुनार :

गुमनाम भए गोबरे गुइँठो खै के जोगाउने कचकच मात्र
हाँडीले भुल्नेछ मकै भुट्न हराउँछ्न् प्रत्येक पुराना पात्र ।

सय वर्ष पहिलेका बाजेबजैले गरेका प्रगतिको आडमा सत्ताको भत्ता लुट्ने एक थान शरीरको बिटो थन्किने बेला अझै भएको छैन र ? बमरूपी ग्यासको निर्यात गरि गोबर, गुइँठा र चिर्पट दाउरा विस्थापित गर्ने मेरो देश, भारती बास्मति चामलको मगमग बासनामा हराउँदै आली लगाएर हली-बाउसे अनि रोपारेलाई विस्थापित हुन बाध्य बनाउने एक हुल मलसाँप्रा । अब कुला-कुलेसा भत्काउँदै बुझाउदैछन् सयौँ मुरि धान फल्ने गैरी खेतहरू, हराउँदै गए धारिला धार निकाल्ने रेतहरू ।

देश नयाँ बन्यो । बनाए नयाँ नेपाल ! खै हराए सबै पुरानो देश ! पुरानो सस्कार ! पुरानो भेष ! अझै नेपाललाई नयाँ बनाउने अभियान चलाऊ है चलाऊ, यहि हो बेला । थौरै बचेखुचेका आरनहरू भत्काइदिउँ अनि घाँस काट्ने हँसियादेखि कोदालो, कराइ, फलामे कामीका सिपहरूलाई सुनपानीले छर्कदै विस्थापित गरौँ आरनहरू । अनि विदेशबाट ऋण र सपटी लिऔँ । अरबौँ धारिला सामान उतैबाट मगाऔँ अनि पो देश धनी बन्छ । च्यात्नु पर्छ पराले गुन्द्री, म्याटको जमाना आयो । चोलो फरिया अनि कमीज सरुवाल लगाउने त पाखे हुन् । कसले एकमुठी चामलमा लुगाफाटो सिलाउने प्रचलन विस्थापित गरिसक्यौँ । टुक्राटुक्रा पारौँ लुगाफाटो सिलाउने मेसिनहरू, बन्द गर्‍यौँ जुत्ता कारखाना देशले काम छुनु हुँदैन ।

नयाँ नेपालका नयाँ मान्छे श्रमलाई पर सारेर आफैलाई नयाँ बनाउने अभियानमा लम्किनु पर्छ । अझै फ्याँक्नु पर्छ सडकभरी पसिना पोखेर फलाएको तरकारी ! कति भुँडी मात्रै भरियोस्- कहिलेकाहीँ सडक भरिनुपर्छ । नेपाली आफैन श्रम र सिपमा पसिना मिसाएर उत्पादित सामान सबैमाथि रोक लगाऔँ ! फूलदेखि झुलसम्म, दियोदेखि सियोसम्म देशले फलाउनु हुन्न, ल्याउनुपर्छ सबै बाहिरबाटै ।

नयाँ बनाउने होडबाजीले पुरानो झन् पुरानो, खोक्रो गुदी बिनाको बोक्रो बन्दैछ देश । समयलाई पर सारेर आफू मात्रै नयाँ बन्न खोज्दा देश पछि धकेलिएको हो । हरेक कुराको समय हुन्छ । रोप्ने एउटा समय र गोडमेल गर्ने समय छ, कटनी गर्ने समय छ, हरेक कुरा आफ्नो समयमा पूरा हुनुपर्ने नियम प्रकृतिले पनि सिकाएको छ । घाम झुल्कने समय, घाम डुब्ने समय, पानी पर्ने समय, जाडो हुने समय, हरेक कुराको समय छ । हरेक कुरा समयमा हुनुपर्छ तर हामी मुखमा एउटा समय झुन्ड्याएर व्यवहारमा अर्को समय चलाउँछौँ । हामी उल्टो गतितर्फ एकोहोरिएका छौँ ।

एकैछिन गन्थन गरौँ समय र नेपाली परिवेशको । सडकदेखि संसदसम्म जुनसुकै कार्यक्रम परियोजनाका योजना एक किसिमले बनाइन्छ, समय तोकिन्छ तर समयमा कुनै पनि योजना सम्पन्न हुँदैनन्, भएकै छैनन् । आज लाखौं युवा बेरोजगार बन्नुमा पनि देश समयअनुसार चल्न नसक्नु हो । देश बनाउने समय भ्रष्टाचारमै खर्चेपछि निस्कने परिणाम यही त हो । कमिसनको पोको गुटमुट्याउन व्यस्त भएपछि युवालाई कसरी कुन समयमा कहाँ परिचालन गर्ने भन्ने योजना बन्छ कसरी ? अनि अलपत्र पर्दै भविष्य खोज्न परदेश पलायन हुनु युवाको रहर हो कि बाध्यता ?

आज शैक्षिक प्रमाणपत्र थन्क्याएर भविष्य खोज्न ठेलमठेल गर्दै विदेश पसिरहेछ युवाशक्ति । सायद देशमै त्यो अवसर कहाँ छ खै ? नेतृत्व गण कसरी सत्ता जोगाउने कसरी, भत्ता लुट्ने कसरी ? चिन्तन यहाँभन्दा माथि कहाँ उठ्न सक्यौ र ? समयलाई मुठ्ठीमा पारेर आफ्नो थैलो भर्नुमै निर्लिप्त भएर लागेपछि देश अधोगतिमा नगए के जान्छ त ?

एक जापानी मित्र भन्दै थिए- “जापनमा काम, प्रसस्तै कामबाट छुट्टै आनन्द आउँछ । काम खोज्दै आफ्नो देश र घर छाड्नु परेको छैन ।” यो सुनेर काम खोज्दै परदेशिएको मन एकचोटि कटक्क हुन्छ । कठै मेरै देशका युवाले यस्तै भन्ने दिन खै कहिले आउँछ ? आफ्नै देशमा आजीविका गरेर नागरिकले बाँच्न पाउने दिन कहिले आउला ? यतातिर खर्चनु पर्ने अर्थतन्त्र मातिसथ भ्रष्टहरूको मूलमन्त्र भएपछि भुइँजनता लुटिने हो, न्याय खोज्दा कुटिने हो, अनि भविष्य खोज्दाखोज्दै मरुभूमिको चर्को घाममा पर्परी भुटिने हो । बेरोजगारको चपेटाले मेरो समयलाई लुट्यो, आम नागरिकको कर्म फुट्यो, परिवार छुट्यो । परिवर्तनको चर्का नारा लाउँदै उही थोत्रा भाषण चुट्यो । बस् यसै गरी बन्छ नयाँ नेपाल, समृद्ध नेपाल !

अब त सगरमाथा बेचिदिउँ, आँ तरी तरी माग्दैछ छिमेकीले कोसी बेचिदिउँ, मेची बेचिदिउँ । भएभरका युवालाई देश छोड्न बाध्य गराउँ । कृषि गर्ने हत्केलाका जाँगर हराउनु पर्छ । फ्याँक्नु पर्छ अन्न फलफूल सडकभरी, गर्नुपर्छ भ्रष्ट आचरणले मनपरी । हिंसा, बलात्कार, आत्महत्यालाई प्रोत्साहन गर्नु पर्छ, सफलताको उकाली चढ्नु हुँदैन- तलतल झर्नु पर्छ । हो हजुर, अनि पो देश धनी बन्छ ।

०००
केवलपुर, धादिङ
हाल- जापान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उठिबास अभियान

उठिबास अभियान

अप्सरा सुनार
खडेरी

खडेरी

अप्सरा सुनार
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x