साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिदीको व्यापार

दूराचारी किराहरूले गिदीलाइ झन यसरी कब्जा गरेका छन् कि लाग्छ जति दूराचार र बलात्कार भइरहन्छ छोरीचेलीहरू मारिरहन्छन् र पनि उनीहरू खुलेआम रमाइरहन्छन् ।

Nepal Telecom ad

आउनुस् आउनुस आउनुस भुटेर खान मिल्ने, तारेर खाए पनि हुने, झोल हाल्दा त झन् स्वादिलो फ्राइ गिदी किन्नुस् गिदीको फाइदा चिन्नुस् । हो ! मलाई पनि यस्तै गरी गिदीको व्यापारी बन्न मन छ । टाउकामा खप्परभित्र रहने र चेतनाको सृजक तत्त्व मानिने मासीजस्तो पदार्थ, मथिङ्गल, मगज, मस्तिष्क हो गिदी । जसले सोचविचार तथा तर्क, निणर्य गर्ने शक्ति प्रदान गर्छ । यो नै मानिसको बुद्धि पनि हो भनिन्छ ।

खसीको गिदी, कुखुराको गिदी, राँगा भैंसीको गिदी, चराको गिदी, यो गिदी सबै जनावर तथा चराचुरुङ्गीको टाउकोको भित्र रहेको हुन्छ । गिदी कहाँ टाउकोमा मात्रै बस्छ र ! आजकल यो बजारमा सितनको रुपमा समेत उपयोग हुने गरेको छ । गिदीको स्वाद चाख्न गल्लीका होटलहरूमा गिदी बोकेका मानिसहरूको नै घुईंचो नै लाग्छ । गिदीलाइ पनि साथी चाहिन्छ गिलासको अनि बल्लतल्ल पूरा हुन्छ गिदी भएका टाउकाहरूको माग । होटेलका साहुनीहरूले गिदीको मुल्य पनि तोकी दिएका हुन्छन् । फ्राई गिदीको मुल्य यति, तारेको गिदीको मूल्य यति, खसीको गिदीको मूल्य यति भनेर गिदीको मूल्य तोकी दिँदा अझै गिदी खान सहज भएजस्तो देखिन्छ । चोकतिर हल्ला छ गिदी खाए आयु लामो हुन्छ रे ! र त गिदी खानेहरूको भिड नै लाग्छ । त्यसैले व्यापारीलाई गिदी व्यापार गर्न भ्याइनभ्याई छ ।

यो त भयो बजारमा किनबेच गरिने गिदीको कुरा । अर्को थरी गिदी पनि छ, जुन गिदीलाई सारा विश्वले अमूल्य उपनाम दिएको छ । यस किसिमको गिदीलाई खानको लागि भुटिरहने झन्जट पर्दैन । न तेल चाहिने, न मरमसाला चाहिने ! न ग्यास बाल्नुपर्ने न किनेर पाल्नुपर्ने । तर पनि अमूल्य उपाधि पाएको छ यस प्रकारको गिदीले । यस गिदी पनि पनि धेरै थरीका पो हुन्छन् हौ । मतलबी गिदी, कमजोर गिदी, राम्रो गिदी, नराम्रो गिदी, गोबर भरिएको गिदी, पपजी भरिएको गिदी, ठूलो गिदी, सानो गिदी, राजनीतिक गिदी, बनेको कुरा बिगारेर आफैलाई ठूलो बन्नुपर्ने गिदी, किरा परेको गिदी आदि आदि । यस्ता गिदी कसका होलान् भनी अचम्मित नहुनु है । यी गिदी त मान्छेकै गिदी हुन् नि फेरि ।

आधुनिक भौतिक विज्ञानका पिता मानिने अल्बर्ट आइन्स्टाइनको १९५५ मा मृत्यु भए पनि उनको गिदी अझै पनि अमेरिकी सङ्ग्रहालयमा सुरक्षित छ भनिन्छ । उनी आफ्नै घरको बाटो बिर्सने, आफू जानू पर्ने ठाउँ थाह नपाउने थिए रे ! तर उनैले विज्ञानको क्षेत्रमा ठुलो काम गरेकाले जतिसुकै भुलक्कड भए पनि उनको गिदी अझै भाँडोमा सञ्चित गरिएको छ ।

आज विश्व यस्ता गिदीहरू चाहन्छन् जसले मानव इतिहास रचोस् । जुन गिदीले जीउनुको सार्थकता राखोस् । नेपाली समाजको कुरा गर्‍यो भने लाग्छ यहाँ कमजोर गिदी भएकाहरूलाई बलियो गिदी भएकाहरूले डसिरहेछन् । एकले अर्काको गिदी खान पल्केका छन् । हरेक घरमा नेता जन्मेका छन् । नेता जन्माइदिए पुग्ने, उनीहरूकै निगाहमा कार्यकर्ता बनाइदिएकै कारण गाउँ बस्ती सहरका गल्ली, चोक र बाटा दोबाटाहरूमा गिदी खानेको सङ्ख्या बढेको हो ।

बाबुसँग छोराले बाबा म फिल्म हेर्न जान्छु भन्दा बाबाले पढ्नेवेला नपढी धेरै मेरो गिदी नखा भनेर जवाफ दिन्छन् । यस्तै सरकार हाम्रो माग पूरा गर्नु पर्‍यो भन्दा उफ ! यी नागरिकले पनि कति गिदी खान सकेका होलान भन्ने हाम्रा सांसदहरू । भुटेर खानु मात्रै गिदी खानु नभएर आफ्नो आवश्यकता बताउँदा दिक्क मान्नुलाई पनि गिदी खानु भनिँदो रहेछ नि है । बाबाले छोराको भविष्य राम्रो होस् भनेर गिदी न खा भने अनि नेताले नागरिकको जनजीवन बिग्रियोस् भनेर गिदी नखा भने । आखिर गिदी त सबैका हुने रैछन् ।

“तिम्रो देशका धेरैजसो नेताको गिदीमा कीरा परेको छ !” लुई पाश्चरको भनेका छन् । “सबै हैन, छिटपुट बाहेक धेरैको गिदीमा एक यस्तो कीरा छ, जसको सकेसम्म चाँडै उपचार खोजिएन भने तिमीहरू सबैलाई तिनले बर्बाद गर्नेछन् ।” साँच्चै हुन पनि हो हाम्रा नेताको गिदीमा किरा परेको छ जस्तो मलाई पनि लागिरहेको छ । नत्र यहाँका नागरिले जिउँदै संसद भवन अगाडि आफैलाई जलाउन किन पथ्र्यो !

भ्रष्टाचारका किराहरू गिदीमा सलबलाएर होला देशका नागरिकको आर्थिक अवस्थामा कहिले उकासिएन । दूराचारी किराहरूले गिदीलाइ झन यसरी कब्जा गरेका छन् कि लाग्छ जति दूराचार र बलात्कार भइरहन्छ छोरीचेलीहरू मारिरहन्छन् र पनि उनीहरू खुलेआम रमाइरहन्छन् । लाग्छ सायद किरा नपरेको गिदी हुन्थ्यो भने यसरी अपराधी नाच्न पाउने थिएनन् नागरिकका गिदीभरी ।

त्यसैले त अब यी किरा परेका गिदीहरूलाइ नस्ट गर्न नाङ्लोमा किरा परेका गिदीहरू फिजाएर गिदीकै व्यापार  गर्न मन  लागेको छ मलाई । आउनुस् आउनुस् आउनुस् भुटेर खान मिल्ने, तारेर खाए पनि हुने, झोल हाल्दा त झन् स्वादिलो ! फ्राइ गिदी किन्नुस् गिदीको फाइदा चिन्नुस् । हो ! यस्तै गरी गिदीको व्यापारी बन्न मन लागेको छ ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उठिबास अभियान

उठिबास अभियान

अप्सरा सुनार
खडेरी

खडेरी

अप्सरा सुनार
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
0
Would love your thoughts, please comment.x
()
x