साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खडेरी

अपराधहरू रोकिदैनन् अँह रोकिनै हुँदैन जस्तो गरि दिनप्रतिदिन अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । नयाँ नेपाल ल्याउछु भन्नेहरू घरघरसम्म त आए तर उल्टै लुट्दै ठग्दै बेपत्ता भए ।

Nepal Telecom ad

अप्सरा सुनार :

न मरुभूमि बन्न सक्ने न मुल फुटाउन सक्ने, उर्वर बनी न जीवन फलाउन सक्नु यस्तै केही गर्नको काम नभएको सुख्खा भुमि बनाउने महाशक्ति हो खडेरी । झरिको मुखौटो ओढर देश त खडेरीले खाइसक्यो है हजुर ।

बाह्र बर्षमा त खोला पनि फर्किएर आफ्नो बाटो खोज्दै आउछ रे । कोइलाले पनि असह्य तापमय संघर्ष पूरा गर्दै गर्दा बहुमुल्य पत्थरको रुप धारण गर्छ रे । वर्षाैँ भयो पिढीमा नयाँ नेपालको प्रतिक्षामा बसेकी आमा अब त केश पाकेर सेतै बने । आखाहरू अझै थाकेका छैनन् एक झिनो आशाले अझै टुलु टुलु हेरी बसेकी छिन् । बा पनि यसपालि पो आउँछ कि नयाँ नेपाल भनी सुकेर फुटेका ओठमा मलिन मुस्कान छर्दै एक त्यान्त्रो अपेक्षित भावहरू मनमा बुन्दै बसेका छन् । बरू पहाडहरू समुन्द्र बन्न बेर लाउदैन । घाटहरूमा बस्ती बस्न थालेको वर्षाैँ भयो तर कर्णालीमा ढलाने पुल बन्दैनन् ।बन्नु पनि भएन नि हैन र ? अब दिनहुँ तुइनमा झुन्डिएर कहिले खच्चड अनि घोडा त कहिले मानिसको भिड कर्णालीले खाएर समाचार छाप्न अनि तमासामा रमाउन पल्केका एक झुन्ड बारुलेहरू को खै आस पनि कसरी गर्ने । गरिबीको लास अनि आँसुमाथि राजनीति गरिएको छ । सायद यहीँ पो होकि नयाँ नेपाल ।

नयाँ नेपाल त अब आउदैछ भन्ने गौंथली अनि कोइलीहरूका स्वर पनि अब त फिक्का लागे जस्तै भएको छ । फूलहरूले नयाँ ऋतु बोकेर आउँदा अनि पवनले नयाँ सुवासना छर्दै गर्दा एक हुल भेडाहरू परिवर्तनका चर्का नारा घन्काउदै बस्ती बस्तीमा चार्टर गरी पुग्छन् । तर दिन प्रतिदिन घरका भित्ताहरू भत्किँदै छन् अनि औषधि नपाएरै ज्यान गुमाउनेहरूका चिहानमाथि पनि लाजनितीको गाथा गाउन पल्केका छन् भेडाका बथानहरू ।

चुलो बाल्न, पेट पाल्नकै लागि, सिस्नु खोलेसम्म खान नपाउँदा लौ मुग्लान पस्नै पर्‍यो भनी दिनहुँ हजारौँ मदनहरू, मुनाहरू भौतारिरहेका छन् । चौरासी वेञ्जनले उकुसमुकुस भएका भुडीँहरू खित्का छोडी खिल्ली उडाउँदै छन् । खै यथार्थ पनि कहाँदेखि कहाँसम्मको कोरूँ पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म हरेक बस्तीमा समस्याले गुँड बनाएका छन् । समस्याका भत्काउने झरीको खाँचो थियो तर वर्षै भयो बनावटी परिवर्तनको खडेरीले देश खाएको ।

अपराधहरू रोकिदैनन् अँह रोकिनै हुँदैन जस्तो गरि दिनप्रतिदिन अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । नयाँ नेपाल ल्याउछु भन्नेहरू घरघरसम्म त आए तर उल्टै लुट्दै ठग्दै बेपत्ता भए । झुपडीदेखि सदन सम्मका विकास अनि परिवर्तनको लडाइँ सायद गोठालो माइलाको सपनाजस्तै बिलाइ गए । मौलाउन नसकेको विकासलाई खडेरीले खायो जस्तो छ ।

०००
केवलपुर, धादिङ हाल जापान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उठिबास अभियान

उठिबास अभियान

अप्सरा सुनार
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
अनि पो देश धनी बन्छ

अनि पो देश धनी...

अप्सरा सुनार
0
Would love your thoughts, please comment.x
()
x