साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नेता

सल्लाहा पाइनेभन्दा हल्ला गर्ने सबै बनुन् धोती खुस्के कतै मेरो, आफ्नो खोलेर छोप्दिउन् बन्द हड्तालमा रम्ने कार्यकर्ता बनाउँछु भाँडमा देश यो जाओस् स्वार्थ भर्दै रमाउँछु ।

Nepal Telecom ad

परशुराम पराशर:

म नेता स्वार्थको घैँटो विना स्वार्थ म चल्दिनँ
साँठगाँठ गरेमात्रै अरूले म त गल्दिनँ
कुर्सी मिल्ने भएदेखि गर्ने छु साँठगाँठ म
विपक्षीले गरे हल्ला बनें रे झुठ ढाँट म १

पछाडि काट्ने हुन् मेरो कुरो चुरो बुझेसरि
अगाडि सबले गर्छन् चाप्लुसी अनि चाकरी
लडाएँ स्वार्थमा मेरै हिजोका दिनमा पनि
उचाल्दै छु उही मान्छे पाउँछौ सुख लौ भनी ।२

भोकभोकै लडेका छन् भन्नासाथ कसै गरी
पाउँछन् हातमा शून्य देख्ने भन्छ कठैबरी
आउँछ थालमा मेरो मेवामिष्ठान्न भोजन
कुर्सी मिल्दा मलाई नै ताली ठोक्छन् उनै जन ।३

बिचरा तिनका लागि रोटो ढिँडो कहाँ कहाँ
फकाउन खुवाउँछु मासुभात चुनावमा
छोराछोरी सबै मेरा विदेशमै पढाउँछु
पारी शिक्षित सन्तान देश हाँक्ने बनाउँछु ।४

अबुझ कार्यकर्ताले शिक्षा राम्रो लिए भने
लाठो मुङग्रो उचाल्ने खै देशै छाडी गए भने
के पढ्छौ बुर्जुवा शिक्षा भन्दा ताली बजाउँछन्
फूलमाला लिई मेरै स्वार्थलाई सजाउँछन् ।

सल्लाहा पाइनेभन्दा हल्ला गर्ने सबै बनुन्
धोती खुस्के कतै मेरो, आफ्नो खोलेर छोप्दिउन्
बन्द हड्तालमा रम्ने कार्यकर्ता बनाउँछु
भाँडमा देश यो जाओस् स्वार्थ भर्दै रमाउँछु ।६

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x