साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृपया, पछारिनोस् न एउटा फोटो खिचूँ !

मान्छेलाई ट्रकको पाग्रांले घिसारेको फोटो पो फोटो यस्ता फोटाको दाँजोमा मान्छे पछारिएको फोटो केही होइन तर आज फेसबुकमा पोस्ट गर्न मसँग नानीहरू इनारमा निस्सासिएको फोटोधरि छैन ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

हिलोमा चिप्लेर पछारिए पनि हुन्छ
तारमा अल्झेर पछारिए पनि हुन्छ
खुट्टा दोब्रिएर पछारिए पनि हुन्छ
ढुंगामा ठेस लागेर पछारिए पनि हुन्छ
कुनै आग्रह छैन—
पछारिने तरिकाका बारेमा स्वतन्त्र हुनुहुन्छ
कृपया, पछारिनोस् न एउटा फोटो खिचूँ !

मान्छे भीरबाट लडेको फोटो
माथिबाट ढुङ्गा झरेर मान्छे रक्तमुछेल भएको फोटो
मान्छे पोखरीमा डुबेको फोटो
दुर्घटनामा परेर मानिस क्षतविक्षत भएको फोटो
मान्छेले एकअर्कालाई कुटाकुट गरेको फोटो
मान्छेले परस्परमा काटाकाट गरेको फोटो
कहिल्यै खिच्न पाउनु भएको छ ?
(त्यस्तो फोटो खिच्ने संयोग भाग्यमानीलाई मात्र जुर्छ ।)
खिच्नोस् र फेसबुकमा पोस्ट गरेर त हेर्नोस्
त्यसले लास्टै भ्युज पाउँछ
लाइक र कमेन्टको त बाढी नै आउँछ ।
कृपया, पछारिनोस् न एउटा फोटो खिचूँ !

मान्छे झुण्डिएको फोटो पो फोटो
मान्छे बिल्डिङको सातौँ तलाबाट हम्फालेको फोटो पो फोटो
मान्छेलाई ट्रकको पाग्रांले घिसारेको फोटो पो फोटो
यस्ता फोटाको दाँजोमा मान्छे पछारिएको फोटो केही होइन
तर आज फेसबुकमा पोस्ट गर्न मसँग
नानीहरू इनारमा निस्सासिएको फोटोधरि छैन ।
त्यसैले त भन्दैछु—
कृपया, पछारिनोस् न एउटा फोटो खिचूँ !

०००
बोझेपोखरी, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
लुङ्गी : न टाँक न इजार

लुङ्गी : न टाँक...

ईश्वर पाेखरेल
भोट

भोट

ईश्वर पाेखरेल
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x