साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूल्यहीन टाउकाहरू

यिनै टाउकाहरूका कारण हजारौँ लाखौँ फूलहरू फुल्न नपाएर मुर्झाएका छन् । मानिसको चितामाथि पनि राजनीति लाद्ने यी टाउकाहरूले नै तपाइँ हाम्रा टाउकाहरुलाइ श्रीहीन र मूल्यहीन बनाइरहेका छन् ।

Nepal Telecom ad

अप्सरा सुनार :

सामान्यतः शरीरको घाँटीदेखि माथिको मुख्य अङ्गलाई टाउको भनिन्छ । यसलाई शिर, माथ, मुन्टो आदि नाउँले पनि पुकार्ने गरिएको छ । यही टाउकोले हरेक प्राणीलाई उसको जात अनुरुप परिचित गराउने कार्य गर्दै आएको छ । टाउको हरेक प्राणीको अस्तित्व नै छैन भन्दा हुन्छ । यही टाउकोभित्र अचम्मको शक्तिशाली अदृश्य पदार्थ हुन्छ जसलाई मस्तिष्क भन्छन् सबैले । मस्तिष्ककै कार्यकुशलताका कारण मानिस अन्य प्राणी भन्दा पृथक अनि सर्वश्रेष्ठ बन्न पुगेको हो । टाउको कस्तो छ भन्ने कुरा तेहि मस्तिष्कले निर्धारण गर्छ ।

बजारमा मानव टाउकाहरूको किनबेच त गरिँदैन तर मूल्य भने तोकिए जस्तै अनुभव गर्न सकिन्छ । जीवनकालमा व्यक्तिले गरेको कार्यको आधारमा केही टाउकाहरूले शरीरको मृत्यु पश्चात् पनि अरबौंको मूल्यमा सजिएर बसेका छन् । भने कति टाउकाहरू जिउँदै कसैले खाइरहेका हुन्छन् । “कति टाउको खान्छौ ? टाउको खाने कुरा नगर” भन्ने जस्ता कुरा हामीले सुन्दै आएका छौँ ।

केही टाउकाहरू छन् जो करोडौंं अरबौंको मूल्य तोकिएर सङ्ग्रहालय सजिएका छन् । आज जिउँदा मानिसका टाउकाहरू यति मूल्यहिन बनेका छन् कि जसभित्र चिन्ता, तनाब, फिक्री, नराम्रा कुराहरूले भरिएको छ । विश्वव्यापी रुपमा अनुसन्धान गरि हेर्ने हो भने हरेक घरमा मानसिक रोगीहरूको उत्पादन भइरहेको छ । टाउकाहरू रोगले भरिएका छन् । मूल्यहीन टाउकाहरू उत्पादन हुनुका पनि थुप्रै कारणहरू छन् । विश्वका शक्तिशाली राष्ट्रलाई हेर्ने हो भने कामको चापले गर्दा गिदीको भित्र काममात्र थुप्रो हुँदा टाउकाले बोझ थाम्न नसक्ने हुँदा मूल्य भएर पनि मूल्यहीन बनेका छन् टाउकाहरू।

आजको विश्व परिस्थिति र नेपाली टाउको मूल्यहीन हुनुमा आकाश पातालको फरक छ । यहा जन्मेसँगै टाउकालाई मूल्यहीन बनाउने तत्वहरू सलबलाइरहेका हुन्छन् । यहाँ धनी टाउको, गरिब टाउको, अपराधी टाउको, निर्दोष टाउको आदि छन् । यहाँ टाउको पनि इतिहाससँग जोडिएको छ । गिज्याइरहेछ इतिहासले । खित्का छाडेर हाँस्दैछ । नहाँसोस पनि कसरी ? इतिहासको पाना पल्टाएर नयाँ नेपालको सुन्दर सपना बोकेको समय अनि टाउकाहरूले न भेटायो नयाँ नेपाल न पुरानो नेपालको सौन्दर्यमा नै मोहित हुन पायो । परिस्थिति यति भयावह बनेको छ कि हरेक टाउकालाई डरलाग्दो परिस्थितिले कब्जा गरेको छ ।

एक जमाना थियोे नेपालीको पहिचान एकताको, स्वाधीनताको, अनि स्वाभिमानको शिर नझुकाउने नेपाली साहसी, वीर गोर्खाली, परनिर्भर नबन्ने आत्मनिर्भरतामा जिउने नेपाली । गर्व गर्ने धेरै कारण थियोे । बाँच्ने आधारहरू धेरै थिए । इतिहासको पाना पल्टिएसँगै लेख्ने हातहरू नभएजस्तै नेपालीको जीवनयापनले दिनदिनै टाउकामा मृत्यु सलबलाएर दिनहँु आफैंलाई हत्या गर्नेहरूको सङ्ख्या बढ्दो छ । देशको लागि मर्छु भन्दाभन्दै देशको हालतले आफ्नै टाउको सम्हाल्न नसक्दा दिनहुँ मूल्यहीन
बनेका छन् हजारौंं टाउहरू ।

दिनहुँ ताडना र कस्ट सहेर नस्ट भइरहेका छन टाउकाहरू । टाउकोको प्रयोग सहि रुपमा नहुँदा या टाउकालाइ सहि तरिकाले चलाउन नसक्दा खान र लाउनैको लागि पनि सङ्घर्ष, ऋणले टाउको नस्ट पारेकोले आज नेपाली जनहरूमा आत्महत्याको सङ्ख्या बढ्दै छ साथै चिन्ता फिक्रिले टाउकोमा घर गरेको छ ।

टाउको सहि ढङ्गले परिचालित हुँदा मानिसले ब्रह्माण्ड चलाउन सक्छ । चलाइरहेको छ । यही टाउको सहि ढङ्गले चलाउनेहरू उन्नति र प्रगतिको शिखर चढिरहेका छन् । आज विज्ञानले जुन चमत्कार गरिरहेको छ त्यो टाउकाकै परिणाम हो । आकाशमा उड्ने जहाज, पानीमा पौडने पानीजहाजदेखि धर्तीमा गुड्ने हर संंशाधन, ब्रह्माण्ड भ्रमण गर्ने रकेट, मानिसले भन्दा बढ्ता कुशलतापूर्वक काम गर्ने मानव निर्मित रोबोट पनि मानिसकै टाउकाले बनाएको हो । तर मेरो देशका हरेक टाउकोले खान लाउन बाँच्नको लागि गर्नुपर्ने संघर्ष बाहेक अरु सोच्न पाएकै छैन किन ? यहाँ त टाउका चपाउने टाउकाहरू छन् । टाउकामा फोहर भरेर अरुको टाउको फोर्ने र चपाउने कथित राजनीतिमा चुर्लुम्मै डुबेका छन् टाउकाहरू ।

यिनै टाउकाहरूका कारण हजारौँ लाखौँ फूलहरू फुल्न नपाएर मुर्झाएका छन् । मानिसको चितामाथि पनि राजनीति लाद्ने यी टाउकाहरूले नै तपाइँ हाम्रा टाउकाहरुलाइ श्रीहीन र मूल्यहीन बनाइरहेका छन् । कठै ! सयकडौँ मूल्यहीन टाउकाहरू !!

०००
केवलपुर, धादिङ । हाल- जापान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उठिबास अभियान

उठिबास अभियान

अप्सरा सुनार
खडेरी

खडेरी

अप्सरा सुनार
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
अनि पो देश धनी बन्छ

अनि पो देश धनी...

अप्सरा सुनार
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x