साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा पार्टी खोलौँ

लाज सरम मान्नु पर्दैन देशको लागि सिन्को भाँच्नु पर्दैन पार्टी खोलेर पनि लुट्ने नै हो कुनै कानून लाग्दैन अब सल्लाह गरौँ जुलुस निकालौँ आऊ अब हामी पनि एउटा पार्टी खोलौँ जीवन सपारौँ !

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

बलिया बाङ्गा मान्छेहरू बटुलौँ
ठगीका महारथीहरू परिचालन गरौँ
केहि थान युट्यूबरहरूलाई खुसी पारौँ
नारा लगाऔँ, जुलुस निकालौँ
आऊ हामी पनि
पार्टी खोलौँ !

चन्दा उठाउन पाइने
चन्दा नदिनेलाई ठोक्न पनि पाइने
कालो धनलाई सेतो बनाउने मौका यहि हो
घाँटी सुक्ने गरी कराऔँ
आश्वासनमा जनता झुलाऔँ
जनताको सामु आँसु खसालौँ
खुब कराऔँ
आऊ हामी पनि
पार्टी खोलौँ !

टोल टोलमा गुण्डा राखौँ,
बिरोधीहरुलाई तह लगाउँ
सरकारलाई धम्क्याएर
फैसला आफ्नै पक्षमा पारौँ
आश्वासनका पुल हालौँ
आऊ हामी पनि
पार्टी खोलौँ !

कमिसनवाजहरूसँग मिलेर
चन्दा जम्मा गरौँ
मौकामा चौका हानौँ
पजेरो किनौँ, घर, घडेरी जोडौँ
बाहिर जे जे भने पनि
भित्र आफ्नै दूनो सोझ्याऔँ
आऊ हामी पनि
पार्टी खोलौँ !

लाज सरम मान्नु पर्दैन
देशको लागि सिन्को भाँच्नु पर्दैन
पार्टी खोलेर पनि लुट्ने नै हो
कुनै कानून लाग्दैन
अब सल्लाह गरौँ
जुलुस निकालौँ
आऊ अब हामी पनि
एउटा पार्टी खोलौँ
जीवन सपारौँ !

०००
गाेरखा, हाल- काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x