साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपराधी तिनीहरू पाे हुन्…

बीसाैँ वर्ष लगाएर प्राप्त गरेकाे  सर्टिफिकेट दराजमा थन्क्याएर खाडी मुलुकतिर  नलाग्ने यी नालायकहरूलाई छानीछानी सिध्याउनु पर्छ । याे देशकाे समृद्धिका एक नम्बर बाधक भनेका तिनीहरू नै हुन् ।

Nepal Telecom ad

अप्सरा सुनार :

सपनाको शहर परदेश बन्यो देश रित्तो रित्तो
कतै गुन्डागर्दी, जुलुस अर्कोतिर भेटिन्छ भित्तो

मान्छे मारिनु पर्छ, काटिनु पर्छ, मर्न बाध्य बनाइनु पर्छ । बोल्नु हुँदैन सडकमै हत्याकाण्ड मच्चाउनेहरूको विरुद्धमा । ती अपराधी हुँदै होइनन् जसले बलात्कार गर्छन्, हत्या गर्छन्, भ्रष्टाचार गर्छन् । ऊ त धनले पुरिएको भद्रभलाद्मी मान्छे हो । उसको गुनगान गाउनु पर्छ । फूलमालाले सम्मान गर्नुपर्छ ।

परिस्थितिले, समयले विकासको शिखर चुम्ने विश्वव्यापी प्रतिस्पर्धामा सबथोक भएर पनि खोक्रो खोक्रो बनेको मेरो देशलाई अझै खोक्रो बनाइनुपर्छ किनकी खोक्रो बनाउनेहरू सम्मानको गुच्छाले पुरिँदै छन् ।

लौ है, अब कसरी हुन्छ हिंसाचारीहरूलाइ सम्मान गरिनु पर्छ । मूल्य वृद्धिले आकाश छेडेर देशमा अनिकाल वर्षिनै लाग्दा । गाउँले आफूलाई देखेर आफै तर्सिन लाग्दा अझै गुनगान गाउनु पर्छ । ऊ अपराधी हुँदै होइन । उसले त सत्तामा बसेर भत्ता पचाएको मात्रै हो । जनतालाई दिएजस्तै गरि आफ्नो दशौँ पुस्तालाई पुग्ने केही दौलत सजाएको मात्रै हो । अनि ऊ कसरी भयो त अपराधी ।

आज न्यायको कठघरमा उभिएर अपराधीलाई अपराधको साङ्लोले हत्कडी लगाउनु पर्छ भन्ने दुर्बुद्धि भएका मान्छेहरू पनि छन् यहाँ । ए गाउँ समुदाय हाे अब हामी सचेत बन्ने समय आएको छ नभन, त्याे अपराधी हामीभित्र नै छ ।

अपराधी ऊ हो जसले तरकारीको भाउ नपाएर सडकभरि फ्याँकिदिन्छ , अपराधी ऊ हो जसले एक छाक टार्नको लागि रात दिन गिट्टी कुट्दै पट्पटी हत्केला फुटाउने गर्छ । चोलो फरिया अनि कमिज सुरुवाल फेर्नको लागि आफ्नो सन्तानलाइ मरुभूमिमा रुपैयाँसँग पसिना साट्न पठाउँछ घरखेत बन्धकीमा राखेर । उसका  विवश बाआमाहरू अपराधी हुन् ।

देशले काम दिन नसक्नु त्यो त देशको महानता हो । देशले शिक्षा मात्रै दिनु अनि रोजगारी दिन नसक्नु झन् यो ठुलो स्वाभिमान हो । सरकारको त वाहवाइ गर्नुपर्छ जनताको भलाई नसोचे पनि आफ्ना शाखा सन्तानका लागि, पुस्तौँपुस्ताको लागि महान कार्य गर्नुभएको छ । त कहिलेकाही भन्न मन लाग्छ,
‘हाम्रो सरकार राम्रो सरकार
आफ्नै लागि सम्पति थुपार’

विश्वले नेपाल अनि सगरमाथाको उचाइको गुनगुनाहट गरिरहँदा आज मेरो देशमा स्वाभिमानी शिर गिरेको देख्छ यो आँखाले । याे त मेरै दृश्यपटल खराब भएर हाे । शान्तिको प्रतीक मेरो देश आज दिनहुँ अनेकन काण्डले सुशाेभित भइरहेको छ । आज  हिंसाचारी र बलात्कारीहरू, हरेक कुरामा दलाली गर्नेहरूकै शिर ठाडाे छ,  । स्वाभिमान गुमाउने र  स्वाधीनता मन नपराउनेहरूकै रजगज चलेकाे छ ।

कहिले भुकम्पले मृत्यु त कहिले भोकले मृत्यु , कहिले मानसिक तनावले परिवारभित्रै काटमार । छिमेकीबाटै हिंसाचार । यही त हाे उन्नतिकाे पथ ।  मान्छेका हत्याराहरू नै महान् हुन् । मर्न बाध्य गराउनेहरू अपराधी हुँदै हुँदैनन् ।

आजको युवा भोलिको देश निर्माणको आधार हो भन्ने भनाइ पनि नेपालीको लागि अस्वाभविक कथन बनेको छ । युवा भएको देश स्वस्थ देश हो, बलियो देशको खम्बा हो तर  मेरो देशले युवा शक्तिलाई विदेशको गुलामी बन्न प्राेत्साहित गरिरहेकाे छ ।

भर्खरै बोल्न जानेको बच्चाहरूकाे लक्ष्य अब  अमेरिका, अष्ट्रेलिया जाने हुन्छ । यो याे पुनित साेच र वातावरणका सिर्जनाकर्ता गर्ने को हाे ? बाल मस्तिष्कमा परदेशको छाप छाड्ने को हाे ? ती महामानवहरूलाइ अब पूजा गराैँ, भेटी चढाउँ र उनका कीर्ति गाथाकाे गान गराैँ । उनीहरूकै विशेष याेगदानले भाेलिकाे नेपाल अत्यन्त समुज्वल बन्दैछ ।  साँँच्चै नेपालीको भविष्य झलमलाकार  उज्यालाे हुँदैछ ।

यसाे हुनुहुँदैन, नेपाली रगत र पसीना नेपालमै खर्चनु पर्छ भन्नेहरू, स्वदेशकै माटाेमा काेदालो चलाउनु पर्छ भन्ठान्नेहरू स्वाँठ र नालायक हुन् । गवाँर हुन्, देशघाती हुन् । यस्ता नालायकहरूलाई जेल काेच्नु, पर्छ, कि गाेलीले उडाउनु पर्छ ।

बीसाैँ वर्ष लगाएर प्राप्त गरेकाे  सर्टिफिकेट दराजमा थन्क्याएर खाडी मुलुकतिर  नलाग्ने यी नालायकहरूलाई छानीछानी सिध्याउनु पर्छ । याे देशकाे समृद्धिका एक नम्बर बाधक भनेका तिनीहरू नै हुन् । साँच्चीकै अपराधी तिनीहरू हुन् जाे घातक ढङ्गले याे देशकाे माटाेलाई माया गरिरहेका छन् । घनघाेर अपराधी त तिनीहरू नै हुन् ।

०००
धादिङ, हाल जापान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उठिबास अभियान

उठिबास अभियान

अप्सरा सुनार
खडेरी

खडेरी

अप्सरा सुनार
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
अनि पो देश धनी बन्छ

अनि पो देश धनी...

अप्सरा सुनार
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x