साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइलको कीरा

ज्ञानको बीज रोप्न पर्ने ती दिमागी गह्राहरूमा मोबाइलका गेमहरू रोपिएका छन् । कलिला दिमागहरू मोबाइलको किराले मानसिक रोगी बनाएर आत्महत्याको सिकार बनाएका घटना पनि सुन्दै आएका छाैँ ।

Nepal Telecom ad

अप्सरा सुनार :

जीवन प्रेम हो, जीवन धन हो, जीवन सङ्घर्ष हो, जीवन आशा हो भन्दै जीवनका विभिन्न परिभाषा त बेलाबखत हाम्रा कानमा गुन्जने गर्छन् तर आज बालकदेखि युवा तथा बृद्ध सबैको जिउने एकमात्र आधार जस्तो बनेको मोबाइलको बारे चर्चा गरौँ । कुनै समय थियो कुनै सूचनाको लागि धेरै कठिन । सानो कुरा एउटा गाउँबाट अर्को गाउँमा बताउनु परे पनि डाँडामा गएर कराउनु पर्ने । चिठी पत्र हुलाक आज एकादेशको कथा पो होकी जस्तै बनिसकेको छ ।

तर मोबाईलसँग धेरै उपकरणहरू रिसाएका छन् ।
बधाई छ मोबाइल, तिमीलाई तिमी आएदेखी घर रेडियो घन्किन छाडेका छन् । तिमीले घडीलाइ पनि झन्डै बिस्थापित नै गरिदिएको तिमीले टिभि, पत्रपत्रिका, पुस्तकलाई विस्थापित गर्ने अन्तिम चरणमा पुर्‍याइसकेका छौ । तिमीभित्र संसार छ, संसारमा पाइने हरेक आनन्द हरेक प्रसिद्धि तिमीभित्रै लुकेका छन् । तिमीलाइ एक नजरले हेरिदिए पुग्छ तिमीले संसारले दिन नसकेको खुशी दिएका छौ । परदेशीलाई परिवारसँग भेट गराएका छौ । भेट गराइदिएका छौ नयाँ जोडीलाई, टाढैबाट आमाको आँसु पुस्छु नि भन्ने ढाडस दिएका छौ तिमी साँच्चै जीवन हौ । सायद तिमी हुन्थेनौ भने वर्षौ कुर्नु पर्ने थियो । परदेशीको मुहार हेर्न, संसार घुम्न तिमी बिना असम्भव जस्तै थियो । तिमीे घरको दियो भन्दा महत्वपूणर् छौ । तिमी बिना हरेकको जीवन अन्धाकारमा धकेलिन्छ ।

रङ्गीन दुनियाँका रंगिन तस्बिर कैद गरिदिन्छ अनि रंगिन सपना बुन्दै परदेश नै एकमात्र सपना अनि लक्ष्य बनाउन बाध्य बनाईदिएको छ । सायद मोबाइल नहँुदा हुन् त देश रङ्ग्याउने सपना देखिन्थ्यो । ती मोबाइलका रङ्गिन तस्बिरभित्र लुकेका दर्दनाक जीवनबाट परिचित को बन्न सक्यो र… । न देशले देशलाई रंगिन बनाउन सक्यो न मोबाइलले रङ्गिन देखावटी जीवन देखाउन छाड्यो । रङ्गीन सपनाहरू बुन्दाबुन्दै रङ्गीन दुनियाँमा पुग्दा त्यहाँको वास्तविकतासँग घुलमिल हुन नसक्दा धेरै युवाजमातले आफैलाइ मृत्युको सिकार बनाएका घटना आजको दैनिकी बनेका छन् ।

मोबाइलले प्रकृतिको काख पनि रित्तो रित्तो बनाइदिएको छ । गट्टा खेल्ने कलिला हातहरू मोबाइलको दुनियाँमा पब्जी अनि फ्रिफायरमा शत्रु खोज्दा खोज्दै आफ्नालाइ नै शत्रु देख्ने भएका छन् । वनमाराको मुन्टा जम्मा पारेर चुङ्गी खेल्ने खुट्टाहरू लम्पसार परेर मोबाइल हेर्नै भ्याई नभ्याइ छ । लुकामारी खेल्ने जमाना पनि कता कता हराइसके । बालबालिका भाडाकुटी भन्दा धेरै मोबाइलका खेलतर्फ आकर्षित भएका देखिन्छन् ।

मोबाइलको विकासले संसारलाई धेरै सहज त बनायो । मानिसहरूले सहजै संसारभर के भइरहेको बारे थाहा त पाए तर जब जब मोबाइलको गलत प्रयोग हुन्छन् ठुलाठुला अपराधले पनि सहजै सफलता पाउँछन् । विशेष त कलिला बालमस्तिष्कमा त मोबाइलको किरा नै सलबलाएका छन् । ज्ञानको बीज रोप्न पर्ने ती दिमागी गह्राहरूमा मोबाइलका गेमहरू रोपिएका छन् । कलिला दिमागहरू मोबाइलको किराले मानसिक रोगी बनाएर आत्महत्याको सिकार बनाएका घटना पनि सुन्दै आएका छाैँ ।

यहाँ दोषी को ? मोबाइलका ती गेमहरू बनाउने हो कि ? कि ती मोबाइल चलाउने कलिला मस्तिष्क हुन् ? कि मोबाइललाई सही रूपमा चलाउन नजान्नुभएका आमा बाहरू ?!

०००
धादिङ, हाल जापान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उठिबास अभियान

उठिबास अभियान

अप्सरा सुनार
खडेरी

खडेरी

अप्सरा सुनार
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
अनि पो देश धनी बन्छ

अनि पो देश धनी...

अप्सरा सुनार
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x