लक्ष्मण नेवटियाविस्तारवादी पिलो
जताततै दुख दिन्छ चोटिलो माथिबाट देख्दा चिप्लो चिलो भित्र रगत-पिपयुक्त दुर्गन्धित हिलो उत्पाती "अहितकारी" यो पिलो। नङ्ग्राले पिचिक्क निचोरेर मेटाई दिउँकि किचलो ? यो "आतङ्ककारी" पिलो।

लक्ष्मण नेवटिया :
विभिन्न कालखण्डमा पिरोल्छ बेस्सरी 
न अगाडि बढ्न दिने, न शान्तले बस्नदिने
निस्कन्थ्यो पहिले पनि पिलो
निस्किरहेको छ अहिले पनि पिलो
झन् सुमस्याउँदा रमाउने
कस्तो “विस्मयकारी” यो पिलो ।
कहिले तराईको हातगोडामा
कहिले पहाडको पिठ्युँमा,
कहिले हिमालको शिरमा अवगुणी
कहिले कर्णालीको काखी मुनि।
चल्मलाइरहन्छ व्यभिचारी
कहिले एकमुखे, कहिले पाँचमुखे भई
पुर्याउँछ व्यथा भारी ।
हलक्क हुर्केर – हुरुक्कै पार्ने।
कस्तो “अनिष्टकारी” यो पिलो।
कहिले उत्तर, कहिले दक्षिण
कहिले पूर्व, कहिले पश्चिम
कहिले वारि त कहिले पारि।
कसलाई देखाउँ लाज उघारी।
आउँदा छिटो- जाँदा ढिलो
मर्मान्तक पीडा बोकाउने
कस्तो “विस्तारवादी” यो पिलो।
कहिले विराटरूपमा हात्ती निलो
जताततै दुख दिन्छ चोटिलो
माथिबाट देख्दा चिप्लो चिलो
भित्र रगत-पिपयुक्त दुर्गन्धित हिलो
उत्पाती “अहितकारी” यो पिलो।
नङ्ग्राले पिचिक्क निचोरेर
मेटाई दिउँकि किचलो ?
यो “आतङ्ककारी” पिलो।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































