साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुङ्लिङका मीतज्यू फिर्ता

पोखराका हास्यव्यङ्ग्यकार दाजुको नजरमा परेको म र उहाँको भान्जालाई जोडिदिनु भएको मीतज्यू शब्द आजैका दिनदेखि बदर हुने गरी उहाँलाई सधन्यवाद फिर्ता गर्छु ।

Nepal Telecom ad

माणिकरत्न शाक्य :

म प्रत्येक शुक्रवार आँबुखैरेनीबाट काठमाडौंको चावहिलको मेरो घर आउँथेँ । र, शनिबार बेलुका आँबुखैरेनीमै बास बस्न पुग्थेँ । त्यहाँ रहुन्जेलसम्मको नियमित प्रक्रिया नै यही थियो ।

एकदिन शनिबार आँबुखैरेनी फर्किने क्रममा बसमा मान्छे भरिदिने दलालसँग भेट भयो । तिनैले मलाई मुग्लिङसम्मको लागि रु.१००/ दिनुहोला सर भनेर बस चढ्न पाको छैन लिइहाले । अरुबेला नागढुङ्गा कटेपछि मात्रै पैसा दिन्थेँ । दलालका कारण बसमा लफडा भएर दोहोरो भाडा तिरेको छु । यो घटना म कहिल्यै भुल्न सक्दिन । सय रुपैयाँको आसन जमाएर बसिराखेँ । केहीबेरमा बस गुड्यो, नयाँ नैकापको छेवैमा पुगेपछि बस गुड्न छोड्यो । पेट्रोल नभएर पो रहेछ ।

काठमाडौंबाट हिँडेको बस नेपालगञ्जबाट पनि निकै टाढा रुटमा चल्ने बस रहेछ । मैले बस गुड्ने वित्तिकै ठट्टा गर्दै खलाँसीलाई भने- त्यत्रो टाढा जानुपर्ने बसमा पेट्रोल नभइ पुगिन्छ र ? खलासीले भन्यो- हिजो बेलुका बसमा भएको पेट्रोल चोरी भएछ, । पेट्रोल भए नभएको त स्टे्ररिङको छेउछाउमा भएको मिटरले देखाइहाल्छ नि- मैले थप प्रश्न गरेँ । त्यस्तै हो, सर गाडी लाइनको कुरा भन्दै खलासी हामीबाट उम्किए ।

एउटैै सिटका म र मास्टरसाहेवका वीच पेट्रोल बिनाको बसले यात्रीलाई नेपालगञ्ज पुर्‍याउन खोजेको कुराले हाँस्दै जाँदा बाटो कटेको थाहै भएन । बसले टन्न आफ्नो खान्की खाएर जाँदा नै बेलुकीको पाँच नाघी सकेको थियो । जाडो याममा पाँच नाघ्नु भनेको पुरा रात परेको सरह नै भैगो । आँबुखैरेनी पुग्न ढिलो हुन्छ भनेर धरमा केही पनि नखाइ गएको थिएँ । वाटोमा टन्न खाजा खाउँला भन्ने सुर थियो । तर बस कहीँ पनि रोकेन ।

एकैचोटी नैकापवाट मुग्लिङ पुगेर रोक्यो । म मुग्लिङमा झरेँ । बस त्यहाँ पुग्दा आठ नाघी सकेको थियो । आठ वजेपछि मुग्लिङबाट आँबुखैरेनी जाने बस पाउन हम्मेहम्मे नै पर्छ । चिनजानको छ भने तैबिसेक केही होला नत्र उही हो । अब के गर्ने कसो भनेर मनमा गुन्दैगर्दा मुग्लिङका मीतज्यूको सम्झना भयो । मीतज्यूले बैंकमा आउँदा भन्नुहुन्थ्यो- मुग्लिङको पुछारमा रहेको सेतो रङको घर छ त्यहाँ आउनुस् न है । उहाँले बताए अनुसारको ठाउँ खोज्दै गएँ । त्यतिन्जेलसम्ममा पेट कराएर बाह्रै बजाइएसकेको थियो ।

मीतज्यूलाई भेट्नुअघि उहाँकै आफन्तसँग पसलमा भेट भयो । खाजा खाउन भनेर अनुरोध गर्नुभयो । मैले हुन्छ भनेर टाउको हल्लाएँ । खाजा तु.आइपुग्यो । कुराकानी गर्दै हल्काफुल्का खाजा बुत्याएपछि मीतज्यूलाई त्यहीँबाट मोबाइलमा कल गरेँ । केहीवेरको अन्तरालमा मलाई लिन उहाँ आउनुभो । बसले ढिलो गरेका कारण पहिले एकपटक मात्रै उहाँकोमा बास बसेको थिएँ । उहाँसँगै लुरुलुरु पछि लागेर घरभित्र छिरियो । उहाँले मेरो लागि सुत्ने कोठाको बन्दोबस्त गरिदिनु भो । तपाई बस्दै गर्नुस् है, पसलमा मान्छे आए जस्तो छ भन्दै मलाई त्यहाँ राखेर उहाँ फुत्त हिँड्नुभो ।

केहीबेर अगाडि खाएको हल्काफुल्का खाजाले केही क्षण त साथ दियो तर एक छेउ पनि छोएन । पेट बर्टान थाल्यो, पेटमा हातले थिच्दै कोठामा भएको पानी खाँदै बसिरहेँ । मीतज्यू त कता हो कता बेपत्ता । आउनुहोला अनि बास्तविकता भन्नुपर्ला भनेर सोचेर बसेँ, ज्यान ज्याला आएको होइन । मीतज्यू मुग्लिङवासीका लागि चर्चित व्यक्तित्व । उहाँकै घरबाट निस्केर अरुको दोकानमा खाँदै गरेको कसैले देख्यो भने भोलि उहाँलाई अप्ठयारो पर्न सक्छ भनेर कोठावाट निस्कने आँट गर्न सकिनँ ।

मुग्लिङवासीको बैकिङ कारोवार गर्ने ठाउँ भनेको त्यही आँबुखैरेनीमा नै थियो । म त्यहाँको खजाञ्ची भएका कारण त्यहाँका धेरैले चिन्थे । म त झन् धर्मसंकटमा परेँ त्यहाँ रहुन्जेल । मीतज्यूको इन्तजारमा रहँदा रहँदै कोठामा कुकुर पस्यो । कुकुर देख्ने बित्तिकै टोक्छ कि भनेर मेरो सातो उड्यो । छेवैमा आएर सुँघ्यो, कोठामा चाहर्‍यो गयो । बोलाउँ भने घरका सदस्यहरूको नाकमुख देख्न पाइएको होइन । मेरो छेवैमा आएर कुकुरले सुँध्न आउँदा काठमाडौंबाट आएको मीत हो मीत भनेर दोर्‍याई दोर्‍याई कुकुरलाई परिचय दिएँ । उसले उसकै पारामा सलाम ठोकेर फरक्क फक्र्यो ।

भोकले गर्दा पेटमा युद्धस्तरको रफ्तार ह्वात्तै बढाइरहेको थियो । त्यो घरको ताल देख्दा होटेलमा गएर पो बस्नु पर्‍यो कि भनेर अर्को मनले भन्दै थियो । खल्तीमा पैसा टन्न भएर पनि मीतज्यूको घरको संघार नाधेर चेपुवामा पर्न मन लागेन । यता पल्टने उता पल्टने, कहिले उठ्ने कहिले बस्ने कहिले निदाएको जस्तो गर्दै त्यो रात सकसले बिताएँ । कहिले उज्यालो होला र भाँगुला भनेर आकाशतिर हेर्न थालेँ, उज्यालो मसित रिसाएर भागेको र घडीको सुई पनि ढिलो घुमेको जस्तो अनुभव हुन्थ्यो । रातभर मोटरको टाँइटाँइ टुँइटुँइ र पेटको काइँकाइँ र कुइँकुइँले गर्दा मेरो निद्रा हराम भयो । अधिल्लो दिनदेखि प्रतीक्षा गरेर बसेको म, भोलिपल्ट बिहानसम्म पनि मीतज्यूको सक्कली अनुहार देख्नै पाइनँ ।

बिहानको साडे पाँच वजेको थियो । आफ्नो पोको पन्तरो बोकेर घरको मुलद्वार नाघेको मात्र के थिएँ पसलमा बसिरहेकी आमालाई खोई त मीतज्यू भनेर सोधेको त सुतिरा होला नि भन्दै ओठे जवाफ पाएँ । म गयो भन्दिनू है भन्दै आमालाई खवर छोडेर टाप कसेँ । मुग्लिङबाट पहिलो टिपको बस चढेर आँबुखैरेनी पुगँे त्यो दिन । त्यहाँ पुगेर टन्न खाइयो । वीच वीचमा झुसिलो अमिलो डकार पनि । एक त अनिदो त्यसमाथि खाली पेट ।

मीतका कारण मैले उहाँलाई हर कुरामा सहयोग गर्दै आइरहेको थिएँ । त्यस घटना पश्चात् मीतज्यूप्रति मेरो जुन श्रद्धा र जाँगर ममा हुनुपथ्र्यो त्यो पटक्क्mै भएन । जे कुरा पनि होहो भनेर टारिदिन थालेँ । त्यो रात उहाँले गरेको सक्कली इमान्दारपनबाट सक्कली बास्तविकता बुझ्ने मौका पाएँ ।

त्यस घटना पश्चात् उहाँसँग दुइचोटी मात्र बिशेष समारोहमा भेट भएको थियो । तर मन फुक्न सकेन । मेरो सरुवा आँबुखैरेनीबाट खानीखोला भएपछि त यो बाटो हिँड्नै परेन । पोखराका हास्यव्यङ्ग्यकार दाजुको नजरमा परेको म र उहाँको भान्जालाई जोडिदिनु भएको मीतज्यू शब्द आजैका दिनदेखि बदर हुने गरी उहाँलाई सधन्यवाद फिर्ता गर्छु ।

०००
सरस्वतीनगर, चावहिल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x