साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै योजना गरिबका सपना सिंगार्ने !

नारी बलात्कृत हुँदै कति रोइरे’छन् खोजेर न्याय दरिलो दगुरी रहेछन् छन् भ्रष्ट मात्र तर देख्दिन क्वै हकार्ने खै राजनीति जन-जीवन रम्य पार्ने ?

Nepal Telecom ad

केशवराज आमोदी :

नेपाल बन्छ कसरी जनता निचोरी
उद्योगका जगहरू सब ध्वस्त पारी,
देखिन्छ भाषण-छुरा अति बिघ्न लाग्ने
खै योजना गरिबका सपना सिंगार्ने ?१

सत्सङ्ग धूर्तहरुकै अति गर्नु पर्ने
कर्तव्यशून्य , धन-चिन्तन गर्नुपर्ने,
बेचेर देश अनि पेट छ भर्नुपर्ने-
खै राजनीति श्रम-जीवन स्वच्छ पार्ने ?२

छुट्छन् अजस्र अझ बन्दुकयुक्त गोली
भर्दो छ नित्य धनको बटुलेर झोली
झुक्दो छ दक्षिणतिरै मन देख्छु चर्ने
खै योजना सहिदका सपना सिंगार्ने ?३

घोकेर दर्शन कुनै मति सुध्रिदैन
माओ र लेनिन पढी मन उघ्रिदैन
हुन् दास केवल यिनै स्थिति नै बिगार्ने
खै राष्ट्र-चिन्तन नयाँ सपना सिंगार्ने ?४

नारी बलात्कृत हुँदै कति रोइरे’छन्
खोजेर न्याय दरिलो दगुरी रहेछन्
छन् भ्रष्ट मात्र तर देख्दिन क्वै हकार्ने
खै राजनीति जन-जीवन रम्य पार्ने ?५

खै राजनीति युगको, नव चेतनाको !
खै शुद्ध चिन्तन यहाँ मृदु प्रेरणाको !
उल्टो छ राष्ट्र ढुकुटी घरमा थुपार्ने
खै योजना मुलुकको सपना सिंगार्ने ?६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x