प्रेम ओली ढकलपुरेस्याल र चल्ला
न सिंह छ यहाँ न बाघ छ, स्यालकै मोज छ चल्लाको चारोमा घोट्ला गरेर स्यालको दिनहुँ भोज छ कहिलेकाहीँ फ्याउ फ्याउ गर्दै फ्याउराहरू कराउँछन् के गर्ने सक्थे र ती फ्याउरेले पनि यी स्यालहरूलाई विचरा फ्याउरा दुई चार दिन कराउँछन अनि हराउँछन् ।

प्रेम वली ढकलपुरे :
हुँडार, स्याल यहाँ नेता, जनता विचरा चल्ला
स्यालहरू के डराउँथे चल्लाले जति गरे नि हल्ला
स्यालले भनेको नमाने घुँडा गिँड्छन,
टाउको गिँड्छन बिचरा चल्ला के गरुन्
तीस वर्ष देखि स्यालले जता भन्यो उतै हिँड्छन् ।
न सिंह छ यहाँ न बाघ छ, स्यालकै मोज छ
चल्लाको चारोमा घोट्ला गरेर स्यालको दिनहुँ भोज छ
कहिलेकाहीँ फ्याउ फ्याउ गर्दै फ्याउराहरू कराउँछन्
के गर्ने सक्थे र ती फ्याउरेले पनि यी स्यालहरूलाई
विचरा फ्याउरा दुई चार दिन कराउँछन् अनि हराउँछन् ।
भगवान हुन्थे त चल्लाहरूको चित्कार सुन्न आउँथे
यी स्याललाई नष्ट गर्न कुनै नयाँ अवतार पठाउँथे
तर तीस वर्षसम्म न कृष्ण आए न राम आए
आए त यहाँ, चण्ड, मुण्ड अनि रावण आए
आशा गरौँ कुनै दिन नेताकै रुपमा सिंह आउला
जसले यी स्यालहरूलाई लखेट्दै पातल पठाउला ।
०००
घट्टेकुलो, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest

































