साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलो यसरी भएँ

मेरै छ दुनियाँ नेपाल भरि नै, मेरै कुरा गर्दछन् माया गर्छन् मिडियाले, फूलपाती मैलाई छर्दछन् । कर्म नगरी फलहरू सबै, टिप्दै अगाडि गएँ सुन्नु भो नि कथा मेरो ? ठूलो यसरी भएँ ॥

Nepal Telecom ad

जाँगर कामको हराई, फुट्यो मूल बातको
विर्सँे तुच्छ इमान सबै, घमण्ड भो जातको ।
पसिना बग्ने शरीरमा, देशकै विकास बगाएँ
फालेर कुटो-कोदालो, साँच्चै म ठूलो भएँ ॥

बेकामको काम गर्दिन म त, कुरा ठूला गर्दछु
घरमै भकारी छ नेता खेतीको, सर्वोच्चमै पर्दछु ।
संघर्षमै बित्छ दिनरात, व्यथा गुट-उपगुटको
मल्केको छ खेती हलक्कै, दुई नम्बरी झूटको ॥

आफू र आफ्नाहरूलाई सधैँ, जहाँतहीँ भलो गर्दछु
लुटेर आस्थाको भकारी सबैको, भूँडी आफ्नै भर्दछु ।
बोलेको काम गर्छु भनी कसम, नेपाल आमाकै खाएँ
बुझ्नु भो नि आज म सबैको, ठूलो यसरी भएँ ॥

जादू छ मेरो बोलीमा, सबैलाई मख्ख पार्दछु
बोल्छु मिठो यति धेरै, हसाइँ-हसाइँ मार्दछु ।
दल, पार्टी, सिद्धान्त सबैको, साझा म हुँदै गएँ
लागेन बेर अबेरमै, साँच्चै ठूलो यसरी भएँ ॥

मेरै छ दुनियाँ नेपाल भरि नै, मेरै कुरा गर्दछन्
माया गर्छन् मिडियाले, फूलपाती मैलाई छर्दछन् ।
कर्म नगरी फलहरू सबै, टिप्दै अगाडि गएँ
सुन्नु भो नि कथा मेरो ? ठूलो यसरी भएँ ॥

०००
स्याङ्जा, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x