साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म्यागासेसे पुरस्कार

अल्लारेहरूको भीड पनि कम थिएन । पत्रकार बन्धुका क्यामरा तेर्सिएका थिए । कसैले नेपथ्यबाट कराएको सुनियो । - “म्यागासेसे पुरस्कार पाएर देश बिगार्ने बौलाहा यै हो !”

Nepal Telecom ad

– “विचरण गर्दागर्दै ढल्यो गाँठ्ठे जिन्दगी !”
निशाकालीन निद्रामा सभ्य देशको असभ्य चाला र हुर्मतको पराकाष्ठामा महाविर पागल बनिरहेका थिए । उनलाई कसैले नजिकै सडक पेटीमा गएर एकाविहानै सोध्यो ।
– “दाइ ! तपाईको के चाला हो ? सडकमा लम्पसार !”
– “उफ ठिटाहरू ! लम्पसारवादीहरूले मलाई यहाँसम्म तानेर ल्याएका हुन् । म आविश्कारवादी हुँ !”
— “आविश्कारवादी पनि सडकमा लम्पसार पर्छन् त ?”
– “हेर ठिटाहरू ! तिमीहरूलाई यसको जवाफ उमेर छिप्पिएपछि आफै पाउँछौ । मेरो दुखेको घाउमा नुन नछर है ? ठिटा हो !”

महाविर वैशाखको झरिबादल र तात्तिएको रापिलो गर्मीको चापले रन्थनिएर बर्बराइरहेका थिए । उनको जागासँग विहानी समयमा चराहरू समेत कराउन सकेका थिएनन् । लम्पटवादी बनिरहेका सत्ताका दरिद्रहरू वरपर घुमिरहेका थिए । महाविर उत्तानो परेर आकाशतिर हेर्दै महादेवीलाई भाकल गर्न लागे ।
– “हे महादेवी ! आविश्कार नभै देश विकास हुन्छ ?”

पत्रकारहरू सूचना चुहाउन प्रश्न गरिरहेका थिए । उनीहरूको वास्तविकता हो या नाटकीय कथनीका प्रश्नहरू महाविरमाथि बर्सिरहेका थिए ।
– “तपाईं राजनीतिज्ञ हो कि ? वैज्ञानिक ?”
– “म विज्ञानको आविश्कारक हुँ !”
– “त्यसो भए तपाईं राजनीतिज्ञले गर्नेजस्तो मण्डला प्रदर्शन किन गरिरहनु भएको छ त !”
– “तपाईहरूलाई थाहा छैन, पत्रकारज्यूहरू ! तपाईहरू भ्रममा हुनुहुन्छ । मैले मण्डला प्रदर्शन गर्न खोजेको होइन, मण्डेला प्रदर्शन गर्न खोजेको हो, बुझ्नु भो ?”

पत्रकारहरू वाल्ल परेर समाचार लेख्न थाले ।
– “यो, मण्डला एक रोविन्स टापु हो, यहीबाट जेल सजाय हुन्छ !”
महाविर नव व्याख्याताहरूको हैरानीमा अलमल्ल परेर फेरि त्यो रात सडकमा टोपीले घप्लक्क अनुहार छोपेर पल्टिए । उनको मुखबाट बर्बराएका शब्दहरू निस्किरहेका थिए ।

– “यिनीहरूले देश चलाउने रे ! गुहु र गोबरको पहिचान गर्न नसक्नेले पहिचानको माग गर्ने ?”
भोलिपल्ट विहानको निद्राबाट खुलेको बेलामा वरिपरि प्रहरी तैनाथ थिए । अल्लारेहरूको भीड पनि कम थिएन । पत्रकार बन्धुका क्यामरा तेर्सिएका थिए । कसैले नेपथ्यबाट कराएको सुनियो ।
– “म्यागासेसे पुरस्कार पाएर देश बिगार्ने बौलाहा यै हो !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x