साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि देवकोटामा आधारित महाकाव्य ‘बुवाहजुर’ लाेकार्पण

सभाभवनभित्र उपस्थित करिब १५० साहित्य अनुरागीहरूको हात हातमा पुस्तक पुर्याई मन्चमा आसिन र दर्शकदीर्घामा उपस्थित सबैले एक्कै पटक पुस्तकको आवरण प्रदर्शन गरी लोकार्पण गरिएको हो।

Nepal Telecom ad

काठमाडाैं । महाकाव्यकार मञ्जिला अनिलद्वारा लिखित महाकवि लक्ष्मीप्रसाद देवकोटामा आधारित महाकाव्य ‘बुवाहजुर’ लोकार्पण गरिएको खबर छ।

सभाभवनभित्र उपस्थित करिब १५० साहित्य अनुरागीहरूको हात हातमा पुस्तक पुर्याई मन्चमा आसिन र दर्शकदीर्घामा उपस्थित सबैले एक्कै पटक पुस्तकको आवरण प्रदर्शन गरी लोकार्पण गरिएको हो। यस कार्यलाई कार्यक्रम सञ्चालक डा. घनश्याम खतिवडाले अहिलेसम्म कतै नगरिएको भनी प्रशंसा गर्नु भएको थियो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी पनि रहेकी अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष महाकाव्यकार मञ्जिलाले महाकवि देवकोटासम्बन्धी समाजमा भ्रमहरू फैलिएको हुनाले मैले ती भ्रमलाई नचिरे कसले चिर्ने भनेर ‘बुवाहजुर’ लेखेकी हुँ भन्नुभयो।

कृतिको समीक्षा प्रा. ज्ञाननिष्ठ ज्ञवाली र प्रा.डा. देवी नेपालले गर्नु भएको थियो भने कल्पना काफ्ले र भवानी खतिवडाले लोकार्पित कृतिबाट विभिन्न छन्दमा लिखित उक्त महाकाव्यका छन्दहरू वाचन गर्नुभएको थियो।

महाकवि देवकोटापुत्र पद्मप्रसाद देवकोटासमेत उपस्थित रहेको कार्यक्रममा उहाँ लगायत प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, राधेश्याम लेकाली, विधान आचार्य, प्रतीक ढकाल, कमला ओली लगायतबाट मन्तव्य प्रकट भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि भागवत वाचक अच्युतप्रसाद गौतम हुनुहुन्थ्यो भने अनेसासका केन्द्रीय सदस्य राजेन्द्र केसी सभापति हुनुहुन्थ्यो।

कार्यक्रमको शुरूमा हालै दिवङ्गत हुनु भएका आख्यानशिल्पी डा. राजेन्द्र विमलको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो। त्यसपछि अनेसास नेपाल च्याप्टरकी महासचिव रञ्जना निरौलाबाट स्वागत मन्तव्य व्यक्त भएको थियो।

महाकाव्यकार मञ्जिला अनिललाई सम्मानसमेत गरिएको करिब तीन घण्टा अवधिको कार्यक्रम सञ्चालन डा. घनश्याम खतिवडाबाट भएको थियो। उषा केसी, मनिला वन्तलगायतले उपस्थित सबैलाई रुद्राक्ष माला पहिर्याउने, पुस्तक वितरण गर्ने लगायतका कामहरू गरिएका थिए ।

रु. ५५५ मूल्य तोकिएको ‘बुवाहजुर’ लोकार्पण गर्दा जजसको हात परेको थियो, उनीहरूलाई नै नि:शुल्क प्रदान गरिएको थियो।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x