साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भजन

तिम्रो कृत्रिम आस्था उराली सडक धाउँने चाकरहरूलाई सामन्तवादी खरानी घस्न चाहन्छौ तिमी नसुने झैं गर्छौ भगवन् यहाँ स्वार्थी छेकाबार छ तिमी आँखा चिम्लीरहेछौ बाहिर मारामार छ ।

Nepal Telecom ad

तिमी मन्दिरभित्र बस्छौ भगवन्
बाहिर अत्याचार छ
तिमी आँखा चिम्लीरहेछौ
बाहिर मारामार छ ।

कति स्वार्थी कामको लागि
भेटीपाती चढाउँछन्
तिमी मौन सम्मति जनाउँछौ
तिम्रो आस्थाको अनुशरणले यहाँ
भ्रष्टाचारी बनाउँछौ
तिमी शिखरमा बस्छौ भगवन्
तल भीरमा मृत्युधार छ
तिमी आँखा चिम्लीरहेछौ
बाहिर मारामार छ ।

तिम्रो धर्मको न्याय कस्तो
यहाँ अधर्म बढिरहेछ
तिम्रो मन्दिरको ढोका अगाडि
सोझो बली चढिरहेछ
तिमी सुन्दर महलमा पस्छौ भगवन्
यहाँ झुप्रोमा दुखको पारावार छ
तिमी आँखा चिम्लिरहेछौ
बाहिर मारामार छ ।

तिमी राजनीतिमा पस्न चाहन्छौ
तिमी कुर्शीमा पनि फस्न चाहन्छौ
तिम्रो कृत्रिम आस्था उराली
सडक धाउँने चाकरहरूलाई
सामन्तवादी खरानी घस्न चाहन्छौ
तिमी नसुने झैं गर्छौ भगवन्
यहाँ स्वार्थी छेकाबार छ
तिमी आँखा चिम्लिरहेछौ
बाहिर मारामार छ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x