सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

समय

आमाको साहस माटो झै दरो छ हिड्द छिन् सहजै बाटो झै दरो छ आमा छन् गाउँमा शहरमा हाँसो छ भन्दछिन् गाउँमै बाबाको नासो छ ।

Nepal Telecom ad

घरको पछाडि अम्बाको बोट छ
पाकेर झर्दछ उसैलाई चोट छ
घरको छेउमा केराको घारी छ
आमा छन् मझेरी साथमा बारी छ

आमाको गुडँमा मायाको थैलो छ
बुढोभो शरीर कपडा मैलो छ
अगेनो ढिकी छ खाँबो छ सरियो
के छैन गाउँमा नाम्लो छ बरियो

आमाका साथमा जाँतोले बोल्द छ
कसौंडी थन्केनी गोदान जल्दो छ
छोरा छन् छोरी छन् खै तर कता छन्
थर्थर कामदा सहारा भित्ता छन्

आगन छेउमा कागआई कराउँदा
शुभ बोल् भन्दछिन् भित्री मन डराउँदा
सुन्तला कागती नास्पाती निबुवा
पाकेर झर्दछन् टिप्ने कोही नहुँदा

सुकुल गुन्द्रीमा धमिरा लाग्दैछन्
गोठको खाँबोले सहयोग माग्दैछन्
सकुन्जेल कुटो र कोदालो चलाउँछु
भन्दछिन् आमाले धरती फलाउँछु

आमाको साहस माटो झै दरो छ
हिड्द छिन् सहजै बाटो झै दरो छ
आमा छन् गाउँमा शहरमा हाँसो छ
भन्दछिन् गाउँमै बाबाको नासो छ ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौली गीत

बुढ्यौली गीत

जुनू घिमिरे
मेरा जवान बा

मेरा जवान बा

जुनू घिमिरे
जब म बुढो हुनेछु…

जब म बुढो हुनेछु…

भावना न्याैपाने
वृद्ध चिन्तन -६

वृद्ध चिन्तन -६

राजेन्द्रकुमार बज्राचार्य
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे