साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय

आमाको साहस माटो झै दरो छ हिड्द छिन् सहजै बाटो झै दरो छ आमा छन् गाउँमा शहरमा हाँसो छ भन्दछिन् गाउँमै बाबाको नासो छ ।

Nepal Telecom ad

घरको पछाडि अम्बाको बोट छ
पाकेर झर्दछ उसैलाई चोट छ
घरको छेउमा केराको घारी छ
आमा छन् मझेरी साथमा बारी छ

आमाको गुडँमा मायाको थैलो छ
बुढोभो शरीर कपडा मैलो छ
अगेनो ढिकी छ खाँबो छ सरियो
के छैन गाउँमा नाम्लो छ बरियो

आमाका साथमा जाँतोले बोल्द छ
कसौंडी थन्केनी गोदान जल्दो छ
छोरा छन् छोरी छन् खै तर कता छन्
थर्थर कामदा सहारा भित्ता छन्

आगन छेउमा कागआई कराउँदा
शुभ बोल् भन्दछिन् भित्री मन डराउँदा
सुन्तला कागती नास्पाती निबुवा
पाकेर झर्दछन् टिप्ने कोही नहुँदा

सुकुल गुन्द्रीमा धमिरा लाग्दैछन्
गोठको खाँबोले सहयोग माग्दैछन्
सकुन्जेल कुटो र कोदालो चलाउँछु
भन्दछिन् आमाले धरती फलाउँछु

आमाको साहस माटो झै दरो छ
हिड्द छिन् सहजै बाटो झै दरो छ
आमा छन् गाउँमा शहरमा हाँसो छ
भन्दछिन् गाउँमै बाबाको नासो छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x