साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिसौँ बि.डी. त्यागी सम्मान अर्पण

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ छन्द कवि तथा साहित्यकार प्रा.डा रामप्रसाद ज्ञवाली रहनु भएको उक्त कार्यक्रम प्रतिभा चयन समितिको संयोजक उपन्यासकार शङ्कर भारतीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख १८ । बी.डी.त्यागी स्मृति केन्द्रले आयोजना गरेको विशेष समारोहमा बीस वर्ष अघिदेखि साहित्यको विकाश र समृद्धिमा लागेका विशिष्ट पाँच प्रतिभालाई सम्मान गर्दै आएको सम्मान तथा पुरस्कार अर्पण गरेको छ ।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ छन्द कवि तथा साहित्यकार प्रा.डा रामप्रसाद ज्ञवाली रहनु भएको उक्त कार्यक्रम प्रतिभा चयन समितिको संयोजक उपन्यासकार शङ्कर भारतीको सभापतित्वमा सम्पन्न भएको थियो ।

यस वर्ष बी.डी त्यागी स्मृति सम्मान २०८० ले वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, बीडी त्यागी योगदान सम्मान २०८० ले साहित्यकार तथा प्रकाशक रामदेव पाण्डे, एक सय एक सिक्काको बीडी त्यागी स्मृति पुरस्कार २०८० ले साहित्यकार रामचन्द्र दाहाल, साहित्यको सेवा गर्ने गैर साहित्यकारलाई दिइने बीडी त्यागी नेपथ्य सम्मान २०८० ले समाजसेवी तथा बु.न.पा.१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई र बीडी त्यागी प्रतिभा सम्मान २०८० ले साहित्यकार सरु पोखरेललाईसम्मानित तथा पुरस्कृत गरेको हो ।

कार्यक्रममा स्वागत भाषण केन्द्रका अध्यक्ष कृष्ण आचार्यले गरेका थिए भने कार्यक्रम सञ्चालन ठुलो पर्दाको फिल्म ‘अटिजम’ कि नायिका सृष्टि आचार्यले गरेकी थिइन् ।

कार्यक्रमलाई सभापति भारती, विशेष अतिथि ज्ञवाली, सम्मानितहरू लेकाली, पाण्डे, दाहाल, भट्टराई, पोखरेल लगायतले सम्बोधन गरेका थिए । त्रिलोचन आचार्य र दुर्गा अधिकारी भमरकोटेले रचना वाचन गरेको सो कार्यक्रममा सम्मान आचार्यले दर्शक पुरस्कार पाएका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x