साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसबुके महा साहित्यकारको धम्कीपत्र

तपाईंको विचार र बौद्धिकताको गर्भ तुहिने छ । तपाईंलाई कसैले चिन्ने छैनन् किनकी तपाईंको फोटो मेरो समुहको वालमा कसैले देख्न पाउने छैनन् ।

Nepal Telecom ad

सम्पूर्ण फेस्बुके साहित्यकारहरू
मेरो महँगो विदेशी समय खर्च गरेर
फेस्बुके नेपाली साहित्यको विकासका
खातिर मैले खोलेको मेरो
“अन्तर्राष्ट्रिय अहंकारी साहित्य समाज” मा
तपाईंहरूले
आजका दिनदेखि फूल, कोपिला, डाला, बिरुवा जस्ता
विधाको नाम दिएर पोष्ट गर्नु भयो भने
तपाइको पोस्ट स्वीकृत हुने छैन ।
मैले र मैले तोकेको सर्जकले दसकौं लगाएर
आविष्कार गरेको साहित्यका विधामा लेखिएका
रचनामात्र यस समुहमा पोस्ट गर्न मिल्ने छ ।
यदि तपाइँले यो नियमको अवज्ञा गरेर
नियम नमान्ने नेपाली शासकहरूको जस्तो हर्कत
फेसबुकमा देखाउनु भयो भने
चुनावको समयमा एउटा पार्टीले अर्को पार्टीको
भन्डाफोर गरे जस्तो तपाईंलाई पनि गरिने छ
कमेन्ट नै कमेन्टले आतङ्कित पारिने छ ।
मेरो वालबाट तपाईलाई डाँडो कटाइनेछ ।
अनलाइक नै अनलाइकले तपाईँलाई बहिष्कृत गरिनेछ ।
मेरो फेसबुकको ढोका तपाईंको लागि
सधै सधैको लागी बन्द हुनेछ ।
त्यसले गर्दा भाइरल साहित्यकार हुने
तपाईंको सपना तुहिने छ ।
तपाईंको सिर्जनाको भण्डार
रोप्ने ठाउँ नपाएर कुहिने छ ।
तपाईंको विचार र
बौद्धिकताको गर्भ तुहिने छ ।
तपाईंलाई कसैले चिन्ने छैनन्
किनकी तपाईंको फोटो मेरो समुहको वालमा
कसैले देख्न पाउने छैनन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x