साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँचथरको तुम्बेवामा बहुसांस्कृतिक संगोष्ठी

कोर्काली अध्ययन केन्द्रको आयोजना र नौलो साहित्यिक बिहानी, फिदिमको सहआयोजना सम्पन्न दुईदिने कार्यक्रममा जनगायक जीवन शर्मा प्रमुख आमन्त्रित हुनुहुन्थ्यो ।

Nepal Telecom ad

तुम्बेवा गाउँपालिका पाँचथरमा ०८० वैशाख १६ र १७ गते बहुसांस्कृतिक संगोष्ठी सम्पन्न भएको छ । कोर्काली अध्ययन केन्द्रको आयोजना र नौलो साहित्यिक बिहानी, फिदिमको सहआयोजना सम्पन्न दुईदिने कार्यक्रममा जनगायक जीवन शर्मा प्रमुख आमन्त्रित हुनुहुन्थ्यो ।

कोर्काली अध्ययन केन्द्रका अध्यक्ष रविन तिम्सिना कोर्कालीको अध्यक्षता मुख्य पाहुना पालिका अध्यक्ष बाबुराम खडका हुनुहुन्थ्यो ।

जीवन गौतम कोर्काली (अध्ययन केन्द्र)ले स्वागतमन्तव्य दिएपछि प्रेम ओझाले कार्यक्रममाथि प्रकाश पार्नुभयो । शुभकामना मन्तव्य दिनेहरूमा इन्द्राणी मा.वि.का प्र.अ. खड्ग थापा, पालिकाका प्रशासकीय अधिकृत, पालिका उपाध्यक्ष खड्गसुन्दर साम्वाहाम्फे आदि हुनुहुन्थ्यो ।

तुम्बेवा गाउँपालिकामा जन्मिएर नेपाली साहित्यमा ठोस योगदान पुर्‍याउँदै आउनुभएका स्रष्टाहरू चन्द्रकुमार सेर्मा, यादवप्रसाद अधिकारी (झाँक्रीखोले), सेसेमी सेर्मा नाल्बो, रचना लावती, खोलाघरे साहिंलो, शकुन्तला जोशी, राजकुमार माङ्लाक, जेबी खत्रीलाई सम्मानको कार्यक्रम रहेकोमा चन्द्रकुमार सेर्मा, राजकुमार माङ्लाक र जेबी खत्री अनुपस्थित हुनुहुन्थ्यो । उपस्थित पाँच जनालाई सम्मान गरिएको थियो ।

दुई दिने यो कार्यक्रममा साँच्चै लोक नृत्यहरू, झाँक्रीनाच, साकेला नृत्य सिली, बालन नृत्य, मुर्चुङ्गा, बिनायो, च्याभ्रुङ नाच, सारङ्गी र मादल धून, नाकले मुरली बजाउने (धनबहादुर गुरुङ), धाननाच, सँगिनी, तामाङ सेलो, कविता प्रतियोगिता, सम्मानित स्रष्टाहरूका कविता वाचन आदि अत्यन्तै रोचक कार्यक्रमहरू सम्पन्न गरिए ।

यस पालिकाका स्रष्टा कीर्तिशेष चन्द्रमणि अधिकारीको स्मृतिग्रन्थ वितरण उहाँकी धर्मपत्नी अङ्गुर अधिकारीबाट सम्पन्न भयो । पालिकाको साहित्यिक प्रगतिको कार्यपत्र सेसेमी सेनाल्बोले गर्नुभयो भने यसमाथि समीक्षा इन्द्रेणी मा.वि. का प्र.अ खड्ग थापाले गर्नुभयो ।

पालिकाका अध्यक्ष, उपाध्यक्ष, पालिकाका प्रशासकीय अधिकृतले शुभकामना र आभार मन्तव्य दिनुभएको थियो । सहभागी विद्यार्थीहरू, वडास्तरीय झाँकी, प्रतियोगी कविहरूलाई प्रमाणपत्र र विशेष पाहुनाहरूलाई मायाको चिनो प्रदान गर्दै अध्यक्ष रविन कोर्कालीले सभा समापन भएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको सञ्चालन- सहजीकरण मदन मूर्छना र पवित्रा प्रयत्नले आलोपालो गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x