साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता पढेकै हो !

ओहो ! बधाइको त ओइरो आयो, तर मनमनै पहिरो गयो, कविता त पढेकै हो, ऊ कवि भएछ, ठुलो कवि भएछ, पुरस्कारकै हकदाबी रहेछ साँच्चै हो, कविता त पढेकै हो ।

Nepal Telecom ad

मञ्चबाट आफ्नो नाम बोलाएपछि
दौडिएर गएकै हो, कविज्यू
हातमा कागज छ,
मुख रातो भएकै हो,
खुट्टा लुगलुग कामेको छ
मनमनै राम पुरस्कार,
सिग्देल पुरस्कार,
लुइटेल पुरस्कार,
दाबी गर्ने निणर्यले स्वर कहिले उचालिन्छ,
कहिले सासले बोलेको झै लाग्छ,
तर कविता त पढेकै हो ।

बोली थरथराएको छ,
खुट्टा लरबराएको छ,
बाउका सन्तान हामी भनेको
राहुका सन्तान हामी भन्ने आवाज आएछ,
तर कविता त पढेकै हो ।

पछाडिबाट ‘क्लिक’ फोटो गएछ,
भिडियो पनि खिचिएकै रहेछ,
भोलिपल्ट मोबाइलबाट फेसबुकमा फोटो आयो,
क्लिक्क खिचेको भिडियो पनि सँगै छ
वा क्या बात ऊ त कवि भएछ ।

ओहो ! बधाइको त ओइरो आयो,
तर मनमनै पहिरो गयो,
कविता त पढेकै हो,
ऊ कवि भएछ, ठुलो कवि भएछ,
पुरस्कारकै हकदाबी रहेछ
साँच्चै हो, कविता त पढेकै हो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x