सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कविता पढेकै हो !

ओहो ! बधाइको त ओइरो आयो, तर मनमनै पहिरो गयो, कविता त पढेकै हो, ऊ कवि भएछ, ठुलो कवि भएछ, पुरस्कारकै हकदाबी रहेछ साँच्चै हो, कविता त पढेकै हो ।

Nepal Telecom ad

मञ्चबाट आफ्नो नाम बोलाएपछि
दौडिएर गएकै हो, कविज्यू
हातमा कागज छ,
मुख रातो भएकै हो,
खुट्टा लुगलुग कामेको छ
मनमनै राम पुरस्कार,
सिग्देल पुरस्कार,
लुइटेल पुरस्कार,
दाबी गर्ने निणर्यले स्वर कहिले उचालिन्छ,
कहिले सासले बोलेको झै लाग्छ,
तर कविता त पढेकै हो ।

बोली थरथराएको छ,
खुट्टा लरबराएको छ,
बाउका सन्तान हामी भनेको
राहुका सन्तान हामी भन्ने आवाज आएछ,
तर कविता त पढेकै हो ।

पछाडिबाट ‘क्लिक’ फोटो गएछ,
भिडियो पनि खिचिएकै रहेछ,
भोलिपल्ट मोबाइलबाट फेसबुकमा फोटो आयो,
क्लिक्क खिचेको भिडियो पनि सँगै छ
वा क्या बात ऊ त कवि भएछ ।

ओहो ! बधाइको त ओइरो आयो,
तर मनमनै पहिरो गयो,
कविता त पढेकै हो,
ऊ कवि भएछ, ठुलो कवि भएछ,
पुरस्कारकै हकदाबी रहेछ
साँच्चै हो, कविता त पढेकै हो ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
त्यै वैशाख एक गते

त्यै वैशाख एक गते

बिनुबाबा घिमिरे
बेनियमै प्यारो

बेनियमै प्यारो

बिनुबाबा घिमिरे
मेरो भोकतन्त्र

मेरो भोकतन्त्र

बिनुबाबा घिमिरे
झोला थाप्न पर्ने रेछ

झोला थाप्न पर्ने रेछ

बिनुबाबा घिमिरे
यो ट्रेलर मात्र हो

यो ट्रेलर मात्र हो

बिनुबाबा घिमिरे
मलाई भाइरल बनाइदिनुस् न

मलाई भाइरल बनाइदिनुस् न

बिनुबाबा घिमिरे
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
गुट

गुट

प्रेमदत्त कलाैनी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
जन्मे फेरि मुसा

जन्मे फेरि मुसा

बिन्दु दहाल ‘मूकदर्शक’