सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नर्थ क्यारोलाइनामा मुक्तक लेखन अभिमुखीकरण

कार्यक्रममा नेपाली साहित्यमा मुक्तकको स्थान, मुक्तक साहित्यको विकासक्रम, मुक्तकको संरचना, मुक्तक लेखनको कला पक्ष आदि विषयमा छलफल भएको थियो ।

Nepal Telecom ad

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरको हरेक महिना गरिँदै आइरहेको नियमित ‘घर-दैलो’ साहित्यिक कार्यक्रम अन्तर्गत अप्रिल महिनाको कार्यक्रम अप्रिल २८ मा मुक्तक लेखन सम्बन्धी अभिमुखीकरण र साहित्यिक रचना बाचन गरी सम्पन्न भयो ।

कार्यक्रममा मुक्तकमणि तीर्थराज अधिकारी र मुक्तकसागर पत्रिकाकी सम्पादक निशा केसीले जूम प्रविधिको मध्यमबाट मुक्तक लेखन सम्बन्धी अनुभवहरू बताउनुभएको थियो । कार्यक्रममा नेपाली साहित्यमा मुक्तकको स्थान, मुक्तक साहित्यको विकासक्रम, मुक्तकको संरचना, मुक्तक लेखनको कला पक्ष आदि विषयमा छलफल भएको थियो ।

कार्यक्रममा अतिथि वक्ता अधिकारी र केसीले मुक्तक लेखन, सम्पादन र मूल्याङ्कनका आधारमा नेपाली मुक्तक लेखनका प्रवृत्ति, मुक्तक सिर्जनाका प्रभावकारी बिधि, लेखनका चुनौति आदि बारेमा प्रष्ट पर्नुभएको थियो । आफ्नो प्रस्तुतिका क्रममा उहाँहरूले छानिएका मुक्तकका दृष्टान्तहरू पनि प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको सुरुवात कार्यक्रमका होस्ट तथा संस्थाका पूर्व अध्यक्ष शिखर दुलालले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्येश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण डा. ऋषि बस्ताकोटीले गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार डा. हरिहर भट्टराईले नेपाली साहित्यमा विधागत हिसावले मुक्तक सम्बन्धी आफ्नो धारणा राख्नुभएको थियो भने अन्य सहभागीहरूले मुक्तक संरचना सम्बन्ध विविध प्रश्नहरू राख्नु भएको थियो । ती जिज्ञाशाका उत्तर विज्ञद्वय तीर्थ अधिकारी र निशा केसीले दिनुभएको थियो ।

कार्यक्रममा स्थानिय साहित्यकारहरूले आआफ्ना मुक्तक रचना प्रस्तुत गर्दै बाचित मुक्तकमाथि विज्ञको सुझाव समेत प्राप्त गर्नुभएको थियो । कार्यक्रममा निर्मला राजभण्डारी, दधिन पाण्डे, नम्रता गुरागाई, प्रभा पोख्रेल शिखर दुलाल, डा अच्युत शर्मा, भूमि नेपाली, डा. ऋषि वस्ताकोटी लगायतले मुक्तक बाचन गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा डा. ऋषि बस्ताकोटीको शव्द रचना, राजेश थापाको संगीत र स्वरूपराज आचार्यको स्वरमा रहेको गीत “एउटा प्रश्न” सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं साहित्यकार नगेन्द्र न्यौपाने, साहित्यकार निलम कार्की निहारिका, सल्लाहकारहरू इश्वर देवकोटा, डा. नारायण राजभण्डारी, मनोज प्रधान लगायत स्थानिय साहित्यकार र साहित्य अनुरागीहरूको उपस्थिति थियो ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad