सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अतिथि ! कहिले जाने हो ?

दर्शन दिने र फर्काउने काम देवताको हो । पाहुना कृपया तिमी फर्किने काम गर । प्रिय पाहुना ! भोलि बिहान म मेरो ओच्छयानबाट ओर्लनु अघि नै, तिमी फर्किसक मेरो बिन्ती छ, यो घर छोडिदेऊ।

Nepal Telecom ad

अनुवाद :: व्यङ्ग्याचार्य

हिन्दी साहित्यका विशिष्ट र विख्यात हास्यव्यङ्ग्य शिल्पी शरद जोशी २१ मे १९३१ मा मध्यप्रदेश, उज्जैनका कर्मकाण्डी ब्राह्मण परिवारमा भएको हो । पिताको नाम श्रीनिवास र माताको नाम शान्ती जोशी हो । ५ सेप्टेम्बर १९९१ मा कीतिशेष शरद लामो समय सरकारी सेवामा संलग्न रहे पनि पछिल्लो समय पत्रकारिता र लेखनमै क्रियाशील रहेका थिए । ‘परिक्रमा’ (१९८८) उनको पहिलो प्रकाशित व्यङ्ग्यसङ्ग्रह हो । १६ वटा व्यङ्ग्य कृति, २ वटा व्यङ्ग्यात्मक नाट्य कृति र दर्जनौ चलचित्रका स्कृप्ट लेखक जोशीलाई सन् १९९० मा भारतको प्रतिष्ठित सम्मान ‘पद्म श्री’ले सम्मानित गरिएको थियो । नेपाली हास्यव्यङ्ग्यका पाठकहरू समक्ष प्रस्तुत छ शरद जाेशीकाे  निबन्धकाे व्यङ्ग्यानुवाद ।  – प्रधान सम्पादक । 

०००

तिम्रो आगमनको चौथो दिन मेरो मनमा यो प्रश्न बारम्बार उब्जिरहेको छ, कहिले जान्छौ पाहुना बनेर ! कहिले घर छोड्छौ मेरो पाहुना !

सोफाको अगाडि एउटा पात्रो छ जसमा तिमी खुट्टा तेर्स्याएर बस्छौ, जसको फड्को मार्ने मितिहरू म तिमीलाई दिनहुँ देखाएर परिवर्तन गर्छु । यो आतिथ्यताको चौथो दिन हो, तर तिम्रो यो बास छोड्ने कुनै सम्भावना छैन । लाखौं माइलको यात्रा गरिसकेपछि पनि अन्तरिक्ष यात्रीहरू चन्द्रमामा त्यति बसेनन्, जति तिमी बस्यो यो घरमा । तिमीले मेरो खेत चन्द्रमाको पाटो जति पनि खनेनौ । के तिमीलाई आफ्नो घर याद आएन ? तिम्रो माटोले बोलाउँदैन र ?

तिमी आएको दिन मेरो पर्स भित्र कतै काँपिरहेको थियो । तैपनि म मुस्कुराउँदै तिमीलाई अँगालो हालेर उठेँ । मेरी श्रीमती तिमीलाई अभिवादन गर्दछे । हे पाहुनाज्यू, हजुरको सम्मानमा हामीले खाजालाई खाजामै र बेलुकीको खानालाई बेलुकाकै खानामा परिवर्तन गरेका छौँ । हामीले सलाद काट्यौं, राइता बनायौं र तिम्रो लागि मिठाई अर्डर गर्‍यौं- अर्को दिन उत्कृष्ट आतिथ्यताको छाप लिएर रेलको डिब्बामा बस्नेछौ भन्ने आशामा । तर आज चौथो दिन हो र तिमी यहीँ छौ । हिजो राती खिचडी बनायौं, तैपनि यही छौ । आज हामी व्रत बस्छौं र तिमी यहीँ छौ । हामीले कहिल्यै सोचेका थिएनौं कि तिम्रो उपस्थिति यसरी रबर जस्तै फैलिन्छ ।

बिहान तिमी आएर भन्थ्यौ, ‘मेरो लुगा धुनेलाई दिनुपर्छ ।’ अर्थ ? लुगा नधोएसम्म यो घर नछोड्ने भनेको के हो ? चोट मार्मिक थियो, प्रहार अप्रत्याशित थियो । पाहुना भनेको देवता मात्र होइन भन्ने कुरा मैले पहिलो पटक बुझेँ । ऊ मानव हुन सक्छ र कहिलेकाहीँ राक्षस पनि । यो देखेर मेरी श्रीमतीका आँखा विस्फारित भए । तिमीलाई सायद थाहा छैन कि मेरी श्रीमतीको आँखा विस्फारित हुँदा मेरो मन कुचुक्क हुन थाल्छ ।

लुगा धोइसकेको छ र पनि तिमी यही छौ । ओछ्यानको तन्ना दुई पटक बदलिई सकेको छ र तिमी यहीँ छौ । अब यो कोठाको आकाशमा हाँसोका रंगीन बेलुनहरू उड्दैनन् । शब्दको आदानप्रदान हरायो । अब के गर्ने भन्ने छलफल नै भएको छैन । परिवार, सन्तान, जागिर, राजनीति, नातागोता, पुराना साथीभाइ, चलचित्र, साहित्य । आँखा झिम्काएर पनि हाम्रा पुराना प्रेमी-प्रेमिका उल्लेख गर्‍र्यौं । सबै विषय सकियो । तिमीप्रतिको मेरो माया अब दुव्र्यवहारमा परिणत हुँदैछ । मैले बुझ्न सकिनँ तिमी कुन फेभिकोल लगाएर मेरो घर आएका छौ ?

श्रीमतीले सोध्छिन्, “यो कहिलेसम्म चल्छ ?” मैले जवाफमा शिर निहुराए । जब उनले प्रश्न सोधे, म जवाफ दिन सक्दिनँ । मैले सोध्दा उनी मौन बसिन् । तिमी सुतेको ओछ्यान कहिले खाली हुनेछ ?

मलाई थाहा छ तिमीलाई मेरो घर मन पर्छ । सबैलाई नै अरूको घर राम्रो लाग्छ । मान्छेको बाठो भएपछि अरुकै घरमा बस्ने खोज्छ । अर्काकै श्रीमतीसँग बिहे गर्नेसम्म चाहना राख्छ । तर घरलाई सुन्दर तर स्वीट होम भनिन्छ ताकि पाहुनाहरू घर फर्किन्छन् ।

तिमी अन्यत्र जाऊ मेरो साथी, तिमी आएदेखिका मेरो रातहरू तिम्रो घुराईले सताउनुसम्म सताइसके ! हेर, शालीनताको पनि सिमा हुन्छ र ‘गेट आउट’ पनि बोल्नु पर्ने अवस्था आइसक्यो तर यो वाक्य मैले बोल्नु नपरोस् । ।

भोलिको सूर्य तिम्रो आगमनको चौथो सूर्य हुनेछ र त्यो मेरो धैर्यको अन्तिम बिहान हुनेछ । त्यसपछि म झुक्किन्छु । यो सत्य हो कि पाहुना भएर तिमी देवता हौ तर म पनि मान्छे हुँ । मानिस देवतासँग धेरै दिन बाँच्न सक्दैन । दर्शन दिने र फर्काउने काम देवताको हो । पाहुना कृपया तिमी फर्किने काम गर । प्रिय पाहुना ! भोलि बिहान म मेरो ओच्छयानबाट ओर्लनु अघि नै, तिमी फर्किसक मेरो बिन्ती छ, यो घर छोडिदेऊ ।

उफ् ! कहिले जाने हो, पाहुना !

०००
‘जाकिरा डटकम’ मा प्रकाशित ‘अतिथि ! तुम कव जायगा’ को नेपाली अनुवाद

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
मिस्टर मोमो

मिस्टर मोमो

विश्व शाक्य
किन मन्त्री हुने ?

किन मन्त्री हुने ?

मुक्तिनाथ शर्मा
भुइँमान्छे पुराण

भुइँमान्छे पुराण

हेम अधिकारी