फित्काैली डटकममहालक्ष्मी साहित्य समाजको अध्यक्षमा विनोद खत्री चयन
लेखक, कविहरूको बृहत् भेलाबाट सम्पन्न भएको उक्त अधिवेशनले महालक्ष्मी साहित्य समाज ललितपुरको अध्यक्षमा विनोद खत्री 'आकाश' चयन हुनुभएको हाे ।

ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुरको पहिलो साहित्यिक संस्था ‘महालक्ष्मी साहित्य समाज’को महालक्ष्मी नगरपालिका वडा नम्बर ९ को कार्यालय भवनमा आज एक समारोहबिच महालक्ष्मी साहित्य समाजको तेस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भयो ।
वि.सं. २०७९ सालमा दर्ता भई संस्थागत साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यकासाथ गठन भएको उक्त संस्थाले आफ्नो स्थापना कालदेखि नै नियमित साहित्य श्रृङखला ,पुस्तक प्रकाशन र स्रष्टा सम्मान जस्ता कार्यक्रम गर्दै आएको थियो ।
लेखक, कविहरूको बृहत् भेलाबाट सम्पन्न भएको उक्त अधिवेशनले महालक्ष्मी साहित्य समाज ललितपुरको अध्यक्षमा विनोद खत्री ‘आकाश’ चयन हुनुभएको छ ।
खत्रीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।उक्त समाजको उपाध्यक्षमा जुमन किरण, सचिवमा निरा श्रेष्ठ, कोषाध्यक्षमा रूविना राना चयन हुनु भएको छ भने सदस्यहरूमा पुष्कर थापा, सुमन घिमिरे, महेश गौतम, विष्णु थापा, होमनाथ खत्री र राजाराम राउत सर्वसम्मत चयन हुनुभएको छ।नयाँ कार्यसमितिको कार्यकाल २ बर्षको रहनेछ ।
०००
Subscribe
Login
0 Comments
Oldest






































