बिनुबाबा घिमिरेचस्मा र टोपी
माया छैन परायाको आफन्तै छन् धेर चस्मा टोपी खस्न पनि लाग्दैन क्यै बेर । भोलि भन्यो पर्सी भन्यो घाम यसै डुब्छ आफ्नै फोटो देखे कहिले ओठ तालु सुक्छ ।

बिनुबाबा घिमिरे :
मलाई पनि मन पर्ने
त्यही एक कुर्सी
उसलाई पनि मन पर्ने
त्यहि एक कुर्सी
दुवैतिर मजासँग
हात राख्ने ठाउँ छ,
एकैचोटी बस्न पाए
निद्रा लाग्ने गाउँ छ ।
नबुझ्नेलाई खुर्पाकै बिँड
बुझ्नेलाई भारी
कहिले त्यहि भेटिइन्छन्
उखेल्दिने दाह्री ।
माया छैन परायाको
आफन्तै छन् धेर
चस्मा टोपी खस्न पनि
लाग्दैन क्यै बेर ।
भोलि भन्यो पर्सि भन्यो
घाम यसै डुब्छ
आफ्नै फोटो देखे कहिले
ओठ तालु सुक्छ ।
शिर ठाडो पारौँ भन्छु
टोपी फुत्त खस्छ
पावरकै फुर्ती लायो
चस्माले नै डस्छ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































