साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चस्मा र टोपी

माया छैन परायाको आफन्तै छन् धेर चस्मा टोपी खस्न पनि लाग्दैन क्यै बेर । भोलि भन्यो पर्सी भन्यो घाम यसै डुब्छ आफ्नै फोटो देखे कहिले ओठ तालु सुक्छ ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

मलाई पनि मन पर्ने
त्यही एक कुर्सी
उसलाई पनि मन पर्ने
त्यहि एक कुर्सी

दुवैतिर मजासँग
हात राख्ने ठाउँ छ,
एकैचोटी बस्न पाए
निद्रा लाग्ने गाउँ छ ।

नबुझ्नेलाई खुर्पाकै बिँड
बुझ्नेलाई भारी
कहिले त्यहि भेटिइन्छन्
उखेल्दिने दाह्री ।

माया छैन परायाको
आफन्तै छन् धेर
चस्मा टोपी खस्न पनि
लाग्दैन क्यै बेर ।

भोलि भन्यो पर्सि भन्यो
घाम यसै डुब्छ
आफ्नै फोटो देखे कहिले
ओठ तालु सुक्छ ।

शिर ठाडो पारौँ भन्छु
टोपी फुत्त खस्छ
पावरकै फुर्ती लायो
चस्माले नै डस्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x