ईश्वर पाेखरेलमास्टर दाम पट्याउँदै
सधैँ काँधमा दलको झोला सासंद जित्ने अर्कै छ जुलुस पनि भ्याउनै पर्नै धपेडी छ, चर्कै छ । खरी गयो, मार्कर आयो तर नोटबुक फेरिन्न नोटबुकमा जे छ, त्यही छ करिकुलम् नाथे हेरिन्न ।

ईश्वर पोखरेल :
कहिले क ख चिनाउँदै
कहिले थ्योरी भट्याउँदै
प्राविदेखि कलेजसम्म
मास्टर दाम पट्याउँदै
स्थायी जागिर प्राविको
घन्टीगनुवा कलेजको
लास्टबेन्चर मन्त्री हुन्छ
कन्तबिजोक नलेजको
ब्याग उही, रुमाल उही
जुत्ता उही; फेरिन्न
नोटबुक फाटे गाता हाल्ने
नयाँ किताब हेरिन्न
प्लटिङ्गमा नि खट्नु पर्छ
बोर्डिङ्गमा नि सेयर छ
ज्यान ‘हेएर’ भए पनि
ध्यान सधैँ ‘देएर’ छ ।
विहान पार्टी अफिसमा
र, झुलुक्क क्लासमा
बेलुका पिरो सितनसित
टुच्च टुच्च ग्यासमा ।
यही बीचमा डिग्रीको क्लास
यही बीचमा प्राविमा
मुलुक हाँक्ने गुड्डी हाँक्यो
ध्यान बाइकको चाबीमा
सधैँ काँधमा दलको झोला
सासंद जित्ने अर्कै छ
जुलुस पनि भ्याउनै पर्नै
धपेडी छ, चर्कै छ ।
खरी गयो, मार्कर आयो
तर नोटबुक फेरिन्न
नोटबुकमा जे छ, त्यही छ
करिकुलम् नाथे हेरिन्न ।
हाम्रा बच्चा बोर्डिंङ पढ्छन्
गरिब दुःखी यता छन्
युरोप जाने उता पढ्छन्
खाडी जाने यता छन्
कहिले क ख चिनाउँदै
कहिले थ्योरी भट्याउँदै
प्राविदेखि कलेजसम्म
मास्टर दाम पट्याउँदै
०००
बोजेपोखरी, ललितपुर









































गजब लाग्यो कविता, सशक्त व्यङ्ग्य प्रहार ।
Wow
गज्जब मानेकोमा धन्यवाद ।
मास्टरजीहरु कुट्न आए भने छाप्ने र गज्जब मान्ने मान्छेले प्रतिकार गर्न पनि आउनु पर्छ नि ।
हार्दिक धन्यवाद ।
बोजोपोखरीका हुन् कि बाँझो पोखरीका हुन् बाजे बन्न बाँकी जस्ता देखिने झटारेलाई मास्टरको उछितो काढ्ने अधिकार छ कि छैन भन्दै अधिकारपृच्छाको आदेश जारी गरेँ है मैले।
कविता पढिदिनेलाई चिया खाजा खुवाएर दक्षिणा दिनु पर्ने जमानामा कविता पढेर कमेन्ट गरिदिने मान्छे पाउँदा धन्यवाद किन नदिनु भन्ने हामीलाई लाइरा’छ ।