साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुन जोगी आए पनि कानै चिरेको

जनताको पेटमा सारङ्गीको तार रेटेर घ्याम्पो जस्तो उसकै भुँडी ढुकुटीले सेकेर भोकै मरुन जनता केलाई चासो गरेको जुनै जोगी आए पनि कानै चिरेको ।

Nepal Telecom ad

राजाराम बर्ताैला :

एउटा आउँछ टपरहुँइयाँ फाँईफूँई लगाउँछ
मै हुँ मुलुकको तारणहार भन्दै माला जपाउँछ
झोली तुम्बा उसकै ठुलो चिम्टा डन्डा भिरेको
जुन जोगी आए पनि कानै चिरेको ।

अनुहार हेर्दा मायाँ लाग्दो बोली झनै मिठो
गरिखान देन भन्दै विरोधीको गर्छ उछित्तो
होला भनी विश्वास गरी मत दिएको
जुनै जोगी आए पनि कानै चिरेको ।

एउटा हेर्यो झालेमाले अर्को निकै बाठो
यी सबैको नजरमा हामी जनता लाटो
कसको भर गर्नु बरै यी खुराफातीहरूको
जुनै जोगी आए पनि कानै चिरेको ।

जनतालाई झुक्याउन कति जानेका
जालीझेली धुन्धुकारी सबले मानेका
नेता भन्ने अगुवालाई फूलमालाले थिचेको
जुनै जोगी आए पनि कानै चिरेको ।

जनताको पेटमा सारङ्गीको तार रेटेर
घ्याम्पो जस्तो उसकै भुँडी ढुकुटीले सेकेर
भोकै मरुन जनता केलाई चासो गरेको
जुनै जोगी आए पनि कानै चिरेको ।

०००
भ्रमित सत्य (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
युद्ध जारी छ

युद्ध जारी छ

राजाराम बर्ताैला
कुराको कुराउनी

कुराको कुराउनी

राजाराम बर्ताैला
आत्माभिमान

आत्माभिमान

राजाराम बर्ताैला
भातमारा र तरमारा

भातमारा र तरमारा

राजाराम बर्ताैला
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x