साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोराको मुख ताक्ने दिन

छोरा हुर्काउन बाबु सब सिध्याउँछन्, छोरा सक्षम भएर मुख फर्काउछन्, किन आज सन्तान ढुङ्गा जस्ताभए ! पितृ देवो भव: भन्ने, खोइ कता गए ?

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

हुनुपर्ने थियो दिन, बुवाको मुख हेर्ने,
आशिषका फुल कपालमा सिउरिने
तर यहाँ उल्टो नियति बिउ नै मास्ने,
बुवा उल्टै यहाँ, छोराको मुख ताक्ने।

जसले हाँके गृहस्थीको बैलगाडा,
फूल सन्ततिलाई,स्वयंलाई काँडा,
सन्तान सामुन्ने हात फैलाउनु पर्ने
सहेर बस्छन् अपमान, हरे !के गर्ने ?

छोराछोरी हुर्कायो पसिना बगाएर,
माटो सुन बनायो, नुन रोटी खाएर।
गाह्रो छ दुखका दिनको स्मृति मेट्न,
आतुर छ वृद्ध बुवा छोरालाई भेट्न।

आफ्नै छोरासँग भिक्षा झैं माग्नुपर्ने,
सानो खर्च आउदैमा आँसु झार्नुपर्ने।
घरको सुरक्षा गर्दै जीवन बाँच्नु पर्ने
छोराको मुहार हेर्न जीउ तास्नु पर्ने।

छोरा हुर्काउन बाबु सब सिध्याउँछन्,
छोरा सक्षम भएर मुख फर्काउछन्,
किन आज सन्तान ढुङ्गा जस्ताभए !
पितृ देवो भव: भन्ने, खोइ कता गए ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x