लक्ष्मण नेवटियाछोराको मुख ताक्ने दिन
छोरा हुर्काउन बाबु सब सिध्याउँछन्, छोरा सक्षम भएर मुख फर्काउछन्, किन आज सन्तान ढुङ्गा जस्ताभए ! पितृ देवो भव: भन्ने, खोइ कता गए ?

लक्ष्मण नेवटिया :
हुनुपर्ने थियो दिन, बुवाको मुख हेर्ने,
आशिषका फुल कपालमा सिउरिने
तर यहाँ उल्टो नियति बिउ नै मास्ने,
बुवा उल्टै यहाँ, छोराको मुख ताक्ने।
जसले हाँके गृहस्थीको बैलगाडा,
फूल सन्ततिलाई,स्वयंलाई काँडा,
सन्तान सामुन्ने हात फैलाउनु पर्ने
सहेर बस्छन् अपमान, हरे !के गर्ने ?
छोराछोरी हुर्कायो पसिना बगाएर,
माटो सुन बनायो, नुन रोटी खाएर।
गाह्रो छ दुखका दिनको स्मृति मेट्न,
आतुर छ वृद्ध बुवा छोरालाई भेट्न।
आफ्नै छोरासँग भिक्षा झैं माग्नुपर्ने,
सानो खर्च आउदैमा आँसु झार्नुपर्ने।
घरको सुरक्षा गर्दै जीवन बाँच्नु पर्ने
छोराको मुहार हेर्न जीउ तास्नु पर्ने।
छोरा हुर्काउन बाबु सब सिध्याउँछन्,
छोरा सक्षम भएर मुख फर्काउछन्,
किन आज सन्तान ढुङ्गा जस्ताभए !
पितृ देवो भव: भन्ने, खोइ कता गए ?
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest






































