साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आत्माभिमान

मेरै अहं मेरै तुष्टि मेरा सिर्जना मेरै कृति म नै ठूलो म नै राम्रो मेरो उत्तम मेरै ठीक म सोच्छु र त म यहाँ छु म हुनुको बोध नत्र म कहाँ छु ?

Nepal Telecom ad

राजाराम बर्तौला :

म सोच्छु र त म यहाँ छु
नत्र म कहाँ छु ?
विचारमा, विवेकमा, चेतनामा
मानवीय तन्तुहरु सलबलाउँदा
म सोच्दछु र त यहाँ छु ।

म मैँ हुँ भन्दछु
खैँचिएर लगाई जोडबलले
तागतले, बातल,े विचारले र तर्कले
फरकै छु त के भिन्न छु अरु भन्दा
विज्ञताँले, विवेकले्, ज्ञानले, मानले र शानले
म सोच्दछु र त म यहाँ छु
अभिप्रायले, उद्योगले, उपाशनाले ।

मेरो हुनुको तात्पर्य मै हुँ
पिडा पनि मैं हँु खुसी पनि मै हुँ
म हुनुको मेरो आत्माभिमान
आफैले रोपेर, गोडेर, सिञ्चेर
झ्याङ्गिएको बटवृक्षमुनि
म स्वपान गरेर अग्लिएको
म मै हुँ स्वाभिमान को मालिक ।

मेरै अहं मेरै तुष्टि
मेरा सिर्जना मेरै कृति
म नै ठूलो म नै राम्रो
मेरो उत्तम मेरै ठीक
म सोच्छु र त म यहाँ छु
म हुनुको बोध
नत्र म कहाँ छु ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुन जोगी आए पनि कानै चिरेको

जुन जोगी आए पनि...

राजाराम बर्ताैला
युद्ध जारी छ

युद्ध जारी छ

राजाराम बर्ताैला
कुराको कुराउनी

कुराको कुराउनी

राजाराम बर्ताैला
भातमारा र तरमारा

भातमारा र तरमारा

राजाराम बर्ताैला
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x