साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूल्याङ्कन

कोही निगुर्मुन्टे, कोही घोसोमुन्टे, कोही भने न्याउरी मुसाले उभिएर वरपरको सर्वेक्षण गरेजस्तै प्रतिक्रियाको सर्वेक्षण गर्दै थिए । तर ऊ अझै बोल्दै थियो, या अझ एसरी बुझौँ ऊ ओकल्दै थियो ।

Nepal Telecom ad

दिप मङ्ग्राती :

“सर्प विषालु छ अनि त डस्छ, काँडा तिखालु छ अनि त धस्छ, सबैको आफ्नै विशेषता हुन्छ ।”
समीक्षात्मक कार्यक्रममा आलोचनात्मक अभिव्यक्तिको प्रतिवादात्मक टिप्पणी गरेपछि संवाद चल्यो । कोही मौन बनेका थिए, अर्थात संस्थापन पक्षको मन दुखाउन चाहँदैन थिए । कोही मौन थिए, नबुझेरै मौन थिए, कोही शब्द नभएर मौन थिए, तर ऊ बोल्दै थियो ।

“कसैलाई तीतो पनि अमृत सरह छ,कसैलाई खुदो पनि विषसरह छ ।
“के गर्ने, तीतो खाने रहर हुदैन कसैलाई, बाध्यताले खाने हो ।”
“गुलियो छोड्न मन लाग्दैन कसैलाई, मन मारेर छोड्ने हो ।” ऊ अझ बोल्दै थियो।
“प्रथम त गहिराइमा डुब्दै नडुब्नु, यदि डुब्नै छ भने, मोति नटिपी नछोड्नु ।”
“समीक्षा राख्दै नराख्नु, राखी सकेपछि आलोचनालाई प्रेरणा सम्झिनु ।”उसले दिदै गयो… !
कसैको मुखार्विन्द अमिलो, कसैको धमिलो, कसैको तीतो, कसैको गुलियो, देखिन्थ्यो । कसैले खाइस् भन्ने जस्तो… ! मौसमका अनेक रङ्ग ।

कोही निगुर्मुन्टे, कोही घोसोमुन्टे, कोही भने न्याउरी मुसाले उभिएर वरपरको सर्वेक्षण गरेजस्तै प्रतिक्रियाको सर्वेक्षण गर्दै थिए ।
तर ऊ अझै बोल्दै थियो, या अझ एसरी बुझौँ ऊ ओकल्दै थियो ।
उसको भाषण निकै घोचिलो लाग्यो होला सायद, आयोजकले कानमा खुस्क्क भने “सर प्रमुख अतिथि जाने रे, छोट्याउनुस है ।”
आफ्नो लघुकथा वाचन गरिसकेर ऊ आफ्नो ठाउँमा आयो ।

ल बधाईं छ, बडो घोचुवाला कथा लेख्नु भएछ, मेरो छेउकै एकजना मित्रले भने ।
धन्यवाद, काँडा होसकी, साहित्य चसक्क नघोचे त अस्तित्वको मूल्याङ्कन नै हुँदैन नि हजुर ।

०००
बेलबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x