दिप मंग्रातीमूल्याङ्कन
कोही निगुर्मुन्टे, कोही घोसोमुन्टे, कोही भने न्याउरी मुसाले उभिएर वरपरको सर्वेक्षण गरेजस्तै प्रतिक्रियाको सर्वेक्षण गर्दै थिए । तर ऊ अझै बोल्दै थियो, या अझ एसरी बुझौँ ऊ ओकल्दै थियो ।

दिप मङ्ग्राती :
“सर्प विषालु छ अनि त डस्छ, काँडा तिखालु छ अनि त धस्छ, सबैको आफ्नै विशेषता हुन्छ ।”
समीक्षात्मक कार्यक्रममा आलोचनात्मक अभिव्यक्तिको प्रतिवादात्मक टिप्पणी गरेपछि संवाद चल्यो । कोही मौन बनेका थिए, अर्थात संस्थापन पक्षको मन दुखाउन चाहँदैन थिए । कोही मौन थिए, नबुझेरै मौन थिए, कोही शब्द नभएर मौन थिए, तर ऊ बोल्दै थियो ।
“कसैलाई तीतो पनि अमृत सरह छ,कसैलाई खुदो पनि विषसरह छ ।
“के गर्ने, तीतो खाने रहर हुदैन कसैलाई, बाध्यताले खाने हो ।”
“गुलियो छोड्न मन लाग्दैन कसैलाई, मन मारेर छोड्ने हो ।” ऊ अझ बोल्दै थियो।
“प्रथम त गहिराइमा डुब्दै नडुब्नु, यदि डुब्नै छ भने, मोति नटिपी नछोड्नु ।”
“समीक्षा राख्दै नराख्नु, राखी सकेपछि आलोचनालाई प्रेरणा सम्झिनु ।”उसले दिदै गयो… !
कसैको मुखार्विन्द अमिलो, कसैको धमिलो, कसैको तीतो, कसैको गुलियो, देखिन्थ्यो । कसैले खाइस् भन्ने जस्तो… ! मौसमका अनेक रङ्ग ।
कोही निगुर्मुन्टे, कोही घोसोमुन्टे, कोही भने न्याउरी मुसाले उभिएर वरपरको सर्वेक्षण गरेजस्तै प्रतिक्रियाको सर्वेक्षण गर्दै थिए ।
तर ऊ अझै बोल्दै थियो, या अझ एसरी बुझौँ ऊ ओकल्दै थियो ।
उसको भाषण निकै घोचिलो लाग्यो होला सायद, आयोजकले कानमा खुस्क्क भने “सर प्रमुख अतिथि जाने रे, छोट्याउनुस है ।”
आफ्नो लघुकथा वाचन गरिसकेर ऊ आफ्नो ठाउँमा आयो ।
ल बधाईं छ, बडो घोचुवाला कथा लेख्नु भएछ, मेरो छेउकै एकजना मित्रले भने ।
धन्यवाद, काँडा होसकी, साहित्य चसक्क नघोचे त अस्तित्वको मूल्याङ्कन नै हुँदैन नि हजुर ।
०००
बेलबारी, मोरङ
Subscribe
Login
0 Comments
Oldest






































