साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्य (शृङ्खला – ४८)

सकिन्न राख्न चित्त याे प्रफुल्लता सदा दिन। भने वयस्क सिद्धिँदा बढेर जान्छ, क्रन्दन।। तृषा सदा, मडारिँदा थलाे न बन्छ शाेभन ? सिकाैँ अगाडिबाट नै विशेषता बुढाे हुन।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

वृद्ध चिन्तन

नठानिए, सदाशय लतारियाैँ बुढा मन।
सशक्त नै थियाैँ तथा थकानझैँ भयाे तन।।
युवा वयस्क यामका बिसाउँदै सुयाेजना।
सिकाैँ उदात्त चित्तले, विशेषता बुढाे हुन।।
(२८५)

कमाल उत्तरार्धकाे पला छ सभ्य पावन।
अवश्य हुन्छ जानिए सुखानुभूति जीवन।।
बिसाउँदै थला थला, अजङ्ग जङ्ग क्रन्दन
सिकाैँ अगाडिदेखि नै विशेषता,बुढाे हुन।।
(२९६)

सदैव चित्त भाँडिने झुलेर भित्र कामना।
अभावमा अतालिँदा गुमेर जान्छ जीवन।।
अपूर्णमा, छ पूर्णता, भनी बुझाउँदै मन।
सिकाैँ अगाडिदेखि नै विशेषता बुढाे हुन।।
(२९७)

लिएर मात्र तिर्सना न पूर्ण हुन्छ कामना।
तनावले सताउने सदा ,प्रसन्नता विना।।
भरे बिलाप लापमा सकिन्न जित्न क्रन्दन।
सिकाैँ अगाडिदेखि नै विशेषता बुढाे हुन।।
(२८८)

प्रताडना भुलाैँ उतै, प्रसन्नता बनाेस् मन।
पुनीत साेचले हुने प्रदीप्त वृद्ध जीवन।।
नजानिए बुढाे हुन पछाडि तड्पिने मन।
सिकाैँ अगाडिबाट नै विशेषता बुढाे हुन।।
(२९९)

समस्त भाइबन्धु या अजश्र इष्टमित्रमा।
यथेष्ट सत्य तथ्यका बिसाउँदैछु भावना ।।
अशेष, कार्य फाँटमा खुसी बनाउँदै मन।
सिकाैँ अगाडिबाट नै विशेषता बुढाे हुन।।
(३००)

सकिन्न राख्न चित्त याे प्रफुल्लता सदा दिन।
भने वयस्क सिद्धिँदा बढेर जान्छ, क्रन्दन।।
तृषा सदा, मडारिँदा थलाे न बन्छ शाेभन ?
सिकाैँ अगाडिबाट नै विशेषता बुढाे हुन।।
(३०१)
(क्रमशः)

०००

साेह्रखुट्टे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x