साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो हो नि त स्वतन्त्रता !

अति भएपछि एकदिन न एकदिन त सबै सकिन्छ, सकिनै पर्छ । त्यसपछि न रहन्छ बाँस न बज्छ बाँसुरी’ धमिलो पानीमा माछा मार्ने कहिलेसम्म ? याद छ नि अति गर्वले गर्दा रावण मासियो ।

Nepal Telecom ad

बद्रीप्रसाद ढकाल :

गजबको बुझाइ पो छ त हाम्रो । स्वतन्त्रता भनेको खुल्लम खुला हो कि जे पायो त्यहि गर्न छुट हो
अरे ! बुझेर बुझिनसक्नु अर्थ नै थाहा नपाएको भो त नेपाल र नेपालीलाई भनौं भने राष्ट्रकै बौद्धिक मान्छे पनि त्यहि भीडमा छन, भीडमभीडमा । बुझेका भनौँ भने आफ्नो चेतना आफ्नो बौद्धिकता बिर्सिएर जे पायो त्यही गर्न लागेका छन्, अनि यस्तो हो त भन्यो भने मेरो गोरुका बाह्रै टक्का भनी जिद्दी छोड्या छैनन् । जसले बुझाउनु पर्ने उही अबुझ भए पछि कसको के लाग्छ ? अझ पदका दायित्व लिएर बसेका ब्वाँसाहरू स्वतन्त्रताका नाममा रगतै चुस्न खोज्छन् अनि समस्या झन विकराल । भान्छेको भान्छामा होस कि नहोस् छिमेकी कहाँबाट भए पनि लेराइद्यौ भनेर बच्चाले पिराएको जस्तो कहिले के भनेका छन् कहिले के गरेका छन् ? जहिले पनि उस्ताको उस्तै । कसैलाई क्रान्ति फाप्दैन भन्थे, कसैलाई शान्ति टिक्दैन भन्थे, जति आन्दोलन भए पनि जति सपूतले ज्यान अर्पे पनि देशको लागि राष्ट्रको लागि क्यै न क्यै रंग फेर्ने छेपाराहरू रङ्ग फेर्‍या फेर्‍यै । जनताको लागि सधैँ अन्योल । स्वतन्त्रताका नाममा परिवर्तन होला भने सधैँ छलछामलाई मानेको मान्यै ।

बन्धनलाई फाल्लान, काम गर्नेलाई पाल्लान भन्यो ‘आकाशको फल आँखा तरी मर’ जस्तो भन्या के ! आशा गर्दागर्दै कपाल पाकिसक्यो प्रजातन्त्र, लोकतन्त्रपछि गाँडतन्त्र आए पनि तर क्यै परिवर्तन भएन झनझन् कठीन हुँदैछ बाँच्नलाई समेत । स्वतन्त्रता भनेकै माग्नको लागि दिइएको छुट त्यो पनि आफ्नो लागि, मात्र आफ्नो लागि । त्यसमा पनि जे तरिका अपनाए पनि ठीक नाबालकले बाउसँग अंश मागे पनि, राष्ट्रको सम्पत्ति पोको पारेर दुईचार दिन भागे पनि ठीक । भत्ता मागे पनि लत्ता मागे पनि बन्दुक तेस्र्याएर सत्ता मागे पनि ठीक, शान्ति मागे पनि आन्दोलन जागे पनि तरिका ‘बन्द तोडफोड’ ‘आगजनी’कै स्वतन्त्रता हुँदाहुँदा त आश गरेर नागरिकता मागेपनि भाकै छ । सामान्य अवस्था सुरु हुनै नदिने दूरदर्शिता अनि शून्य । जिम्मेवार मान्छे पनि सत्ताको भोकमा बहिरा अन्धा बनाइसक्यो । त्यसपछि चिन्तन मनन चेत बाबा काशी कहिले हुन्नन आखिर राष्ट्रिय सम्पत्ति नै त हो नी । सरकारी तलब भत्ता पाकै छ जे बोले पनि परिवर्तन अनि चेत चाहिँ खल्यातखुलुत ।

स्वतन्त्रताको शब्दमा मात्रै साधुका खोल ओढेका चोरहरू धेरैका आँखामा भद्र नै देखिन्छन् । पटक पटक भ्रष्टाचारमा हत्कडी लागेकाका हातमा प्रशासन, अनि जेलमै भए पनि ‘क’ वर्गको राशन । जतिसक्दो खान मात्रै सक्नुपर्छ अदालतबाटै निर्दोषताको सिन्दुर जात्रा गर्ने कार्यकर्ता छदैछन् त्यस्तालाई छुने को ? जब जे गर्ने पनि स्वतन्त्रता चोरका हातमा शासन छ । पद न पाउन्जेल एउटा कुरा पद पाए पछि अर्को काम जे भए पनि देशको नीति नियम कागजमै भएपछि कसको बाउको के लाग्छ । खराबलाई चौखुर्‍याएर जेलमा हाल्न सक्ने जंगे चाहिने भो फेरि सोझासिधालाई चाहिँ गाह्रै छ । सर्पको खुट्टा त सर्पले मात्रै देख्छ, नेता चौखण्डका चोट्टा जनता सोझा, सधै खान्छन् लोप्पा । पेसागत हक हित होस् कि राष्ट्रिय समस्या जातिगत पीर मर्का होस कि आधारभूत आवश्यकता । कसैको झन्डा नबोकी क्यै गर्न जान्या होइन । आखिर फुटाउन पनि सजिलो जुटाउन पनि सजिलो । त्यसको आडमा बादशाह बन्छ । अर्को भ्यागुताको ट्वारट्वार्र जस्तो राम्रो कुरो सुन्ने कान कसैको नै छैन, भए पनि क्यै गर्न नसक्ने को भएर के गर्नु । अनि स्वतन्त्रताको बेफ्वाकको प्रदर्शन कहिले यातायातमाथि रिस कहिले सडकमाथि तुजुक कहिले कारखानालाई क्रोध कहिले शैक्षिक हडताल, स्वतन्त्रता भनेकै जे गर्न पनि दिइएको छुट पो बनेको छ ।

हामीले बनाएका नेता उनैले बनाएको नियम जनताको समस्या ज्युँ को त्युँ, को माथि पोख्नु रिस । सबैले आफ्नो दुनो सोझ्याउन पाए पुगिगो तर कतिन्जेल ? हुने हो । अति भएपछि एकदिन न एकदिन त सबै सकिन्छ, सकिनै पर्छ । त्यसपछि न रहन्छ बाँस न बज्छ बाँसुरी’ धमिलो पानीमा माछा मार्ने कहिलेसम्म ? याद छ नि अति गर्वले गर्दा रावण मासियो । स्वतन्त्रता र परिवर्तनको नाउमा कति दाउ लगाउने अब पनि चेत खुलेन भने अचेत हुन बेर छैन । स्वतन्त्रताका नाममा सबैकुरो कहाँ पाच्य हुन्छ र । दैवको लीला मान्न सकिन्छ र सधैं ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Shivahari Pokharel
Shivahari Pokharel
2 years ago

राम्रे लाग्यो यो देशको बिडंबना बिसंगति उजागर गरेको झटारो

Nepal Telecom ad
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
असली राष्ट्रवादकाे फुइँ !!

असली राष्ट्रवादकाे फुइँ !!

बद्रीप्रसाद ढकाल
नेता बन्ने कि ! महोदय

नेता बन्ने कि !...

बद्रीप्रसाद ढकाल
मान्छेको परिवर्तन !!

मान्छेको परिवर्तन !!

बद्रीप्रसाद ढकाल
काम भनौँ कि दाम

काम भनौँ कि दाम

बद्रीप्रसाद ढकाल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x