डा. गाेपाल पाैड्याल ‘मण्डने’हे झोला
केही कामहरू कदापि नगरी खाने ठगेरै कति विद्यार्थी र कलेजका भर लिई चन्दा असुल्छस् कति आफै ठान्छ महान तथापि किन खै बोक्रेहरू हुन् सबै डल्ला ती सुनका चपाइरहने धोक्रेहरू हुन् सबै ।

डा. गोपाल पौड्याल ‘मण्डने’ :
झोला हो अपराधका शहरमा पौडी रहेको कति
थाप्लामाथि थपी थपी ऋणहरू दौडी रहेको कति
जुत्ताका तलुवा फटाइरहदै लफ्रक्क हिँड्ने भइस्
मान्छे मार्न हुँदैन है भनिरहिस् बन्दूक बोक्दै गइस् ।
खै को को उभिए भर्याङ जसरी टेक्दै कहाँ ती पुगे
पर्चा बाँडिरहिस् तँचाहिँ बिचरा ऐले तिनैले थुके
ढुङ्गा हान भने प्रहार नि गरिस् बोकेर ढुङ्गा हिँडिस्
लाखौं लाख मनुष्य जाति सबका सौभाग्यलाई पिँधिस् ।
छन् आजन्म विवेकशून्य किन खै जो आततायीहरू
जे जे भन्छ उही शिरोपर गरी हिँड्ने तिनै हुन बरु
कोही चाहि कहाँ कहाँ पुगिसके आफू जहीँको तहीँ
बेकम्मा जसरी सदैव दगुरिस् तेरो छ प्रज्ञा कहीँ ।
कुर्लेको कतिवर्ष भो अब त भन् सारा मुकुन्डाहरू
तेरो चाहि कथा सुनोस् र कसले छन् धेर गुन्डाहरू
जो आफै छ दलाल बोकिरहने भारीहरू छन् कति
कस्ले देश चुस्यो र खै भुवनमा झोलेहरूले जति ।
केही कामहरू कदापि नगरी खाने ठगेरै कति
विद्यार्थी र कलेजका भर लिई चन्दा असुल्छस् कति
आफै ठान्छ महान तथापि किन खै बोक्रेहरू हुन् सबै
डल्ला ती सुनका चपाइरहने धोक्रेहरू हुन् सबै ।
झोला मात्र सदैव भिर्दछ भने भो लौ म ता बोक्दिनँ
भाडेको छ समाज लाग्छ अब ता आयो कि च्यात्ने दिन
आफ्नो जीवन यो सुधार्नु छ भने के बोक्दछस् पाप यो
के बच्छस् जननी बिगारिरहँदै झूटो सहीछाप यो ।
०००
मण्डन देउपुर, काभ्रे
हाल युके
Subscribe
Login
0 Comments
Oldest







































