साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे झोला

केही कामहरू कदापि नगरी खाने ठगेरै कति विद्यार्थी र कलेजका भर लिई चन्दा असुल्छस् कति आफै ठान्छ महान तथापि किन खै बोक्रेहरू हुन् सबै डल्ला ती सुनका चपाइरहने धोक्रेहरू हुन् सबै ।

Nepal Telecom ad

डा. गोपाल पौड्याल ‘मण्डने’ :

झोला हो अपराधका शहरमा पौडी रहेको कति
थाप्लामाथि थपी थपी ऋणहरू दौडी रहेको कति
जुत्ताका तलुवा फटाइरहदै लफ्रक्क हिँड्ने भइस्
मान्छे मार्न हुँदैन है भनिरहिस् बन्दूक बोक्दै गइस् ।

खै को को उभिए भर्याङ जसरी टेक्दै कहाँ ती पुगे
पर्चा बाँडिरहिस् तँचाहिँ बिचरा ऐले तिनैले थुके
ढुङ्गा हान भने प्रहार नि गरिस् बोकेर ढुङ्गा हिँडिस्
लाखौं लाख मनुष्य जाति सबका सौभाग्यलाई पिँधिस् ।

छन् आजन्म विवेकशून्य किन खै जो आततायीहरू
जे जे भन्छ उही शिरोपर गरी हिँड्ने तिनै हुन बरु
कोही चाहि कहाँ कहाँ पुगिसके आफू जहीँको तहीँ
बेकम्मा जसरी सदैव दगुरिस् तेरो छ प्रज्ञा कहीँ ।

कुर्लेको कतिवर्ष भो अब त भन् सारा मुकुन्डाहरू
तेरो चाहि कथा सुनोस् र कसले छन् धेर गुन्डाहरू
जो आफै छ दलाल बोकिरहने भारीहरू छन् कति
कस्ले देश चुस्यो र खै भुवनमा झोलेहरूले जति ।

केही कामहरू कदापि नगरी खाने ठगेरै कति
विद्यार्थी र कलेजका भर लिई चन्दा असुल्छस् कति
आफै ठान्छ महान तथापि किन खै बोक्रेहरू हुन् सबै
डल्ला ती सुनका चपाइरहने धोक्रेहरू हुन् सबै ।

झोला मात्र सदैव भिर्दछ भने भो लौ म ता बोक्दिनँ
भाडेको छ समाज लाग्छ अब ता आयो कि च्यात्ने दिन
आफ्नो जीवन यो सुधार्नु छ भने के बोक्दछस् पाप यो
के बच्छस् जननी बिगारिरहँदै झूटो सहीछाप यो ।

०००
मण्डन देउपुर, काभ्रे
हाल युके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टुल्के पुराण

टुल्के पुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
हेलिकप्टरबाट जनताको दुःख नियाल्ने राष्ट्रसेवकहरू

हेलिकप्टरबाट जनताको दुःख नियाल्ने...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
भ्रष्टाचार: राष्ट्रको आधिकारिक धर्म !

भ्रष्टाचार: राष्ट्रको आधिकारिक धर्म...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
ठग नेता

ठग नेता

डा. गाेपाल पाैड्याल ‘मण्डने’
रद्धी बने वास्तव

रद्धी बने वास्तव

डा. गाेपाल पाैड्याल ‘मण्डने’
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x