साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रद्धी बने वास्तव

थुक्ने अक्षरमा र भुक्नु सजिलै कर्तब्य झैं मान्दछन् सारा अर्थ छ, ब्यर्थ खास अरु हुन्र, छन् द्रब्यमा ठान्दछन् छोप्छन् कर्तुत कर्मका सब कुरा पर्दा लगाइ जब मान्छे लाश बने समान भवमा रद्धी बने वास्तव।

Nepal Telecom ad

डा. गोपाल पौड्याल ‘मण्डने´:

काला कुत्सित कामना मनभरि छन ध्वासमा सामिल
अन्धो धाक छ ताक मार्न अरु छन् वेफ्वाँक पाल्छन् खिल
कालाे कल्मष कल्पना छ ननिको मार्ने र मर्ने कुरा
लुट्ने इज्जत छन् तमाम मनमा दुर्भाव राख्दै पुरा।
।।१।।

अर्काको धन मानमा कुपित भै राख्ने सधै ईष छन्।
मौका मिल्छ भने कुनै किसिमले राख्ने यिनै भिख हुन्।
गर्छन् खोज सधै धराप अरुको पार्ने कला पोख्त छन्।
छैनन् मानवता कुनै किसिमका पैसा सधै जोख्तछन्।
।।२।।

मार्ने त्यो अभिमानको छटपटी देखिन्छ पक्कै कतै
काला कर्तुत खुल्दछन समयमा लुक्दैछ ऐले यतै
निन्द्रा गायब भो कुनै तबरले आँखा दुवै लाल छन्
तान्ने मन्सुबमा छ काल बलियो टन्किरह्यो भाल झन्।
।।३।।

भन्केका कसरी झिङ्गा बदनमा आँखा दुबै ट्वाल्ल छन्
बग्दा रक्त पिपासुका तरतरी ओछ्यानमा छ्वाल्ल झन्
भो दुर्गन्धित वायु मश्न थल नै मर्छे र कहिले रुनी
पर्खन्छन् दुनिया कुनै किसिमले आवस् न ऐले भनि ।
।।४।।

माया आशिष बाँड्नु आज भवमा दुर्नाम क्यै हो भन ?
पाए मानवले उदार सपना घुम्दै बढ्यो यौवन
बन्छन् प्रौढ र बृद्ध यसमा, तात्पर्य जान्नै छ के ?
मर्ने मानवको छ देह यसमा तात्पर्य जान्नै छ के ?
।।५।।

बोक्सी काँतर डस्दछन् मन भने आफै किन फस्दछन् ?
अर्काको उपकार देख्न नसकी रछ्यानमा पस्दछन्
आफै मात्र बडो सबै किसिमले ठान्ने महा ढोङ्गि हो
बाँचेका सब हुन् यी आततायिका लाशै पनि स्वाङ्गि हो।
।।६।।

थुक्ने अक्षरमा र भुक्नु सजिलै कर्तब्य झैं मान्दछन्
सारा अर्थ छ, ब्यर्थ खास अरु हुन्र, छन् द्रब्यमा ठान्दछन्
छोप्छन् कर्तुत कर्मका सब कुरा पर्दा लगाइ जब
मान्छे लाश बने समान भवमा रद्धी बने वास्तव।
।।७।।

०००
वेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टुल्के पुराण

टुल्के पुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
हेलिकप्टरबाट जनताको दुःख नियाल्ने राष्ट्रसेवकहरू

हेलिकप्टरबाट जनताको दुःख नियाल्ने...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
भ्रष्टाचार: राष्ट्रको आधिकारिक धर्म !

भ्रष्टाचार: राष्ट्रको आधिकारिक धर्म...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
ठग नेता

ठग नेता

डा. गाेपाल पाैड्याल ‘मण्डने’
हे झोला

हे झोला

डा. गाेपाल पाैड्याल ‘मण्डने’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x