धनराज गिरीझ्यामका झ्याम !
तीन घारो बाँस ल्याइयो । कात्रोको पनि व्यवस्था भयो । एकोहोरो शङ्ख के बजेको थियो, चमत्कार, जुरुक्क उठिन् अजेया र झ्यामका झ्याम, झ्याम्म झ्याम्म, ती सबै धोबीहरूलाई। भागारे भाग !

धनराज गिरी :
माघ ५ गते ! २०९४ साल । “जमिनदारकी बुहारी अजेया शर्माले हाराकिरी गरिन् !” यो समाचार रातारात भाइरल भयो । कोठामा बिषको बोतल पाइयो । सुसाइड नोट पनि थियो । बिहान मान्छेहरू जम्मा भए । घरमा गृहसहायक तीन, सम्पूर्ण महिला ! चार सन्तान शहरमा, पढ्न ।
उनी एकल, सात बर्षअघि प्लेन क्र्यासमा पति अभय शर्माको निधन, ऊ मात्र छोरो, जमिन्दार दयासागर शर्माको। तीन छोरी, सबै विदेश । ३७ वर्षीय अजेया अति राम्री, प्रियदर्शिनी । सुसाइड नोट सामान्य थियो। “जिन्दगीदेखि वाक्क लाग्यो !” लास तुलसीको मोठमा ! गफ यता, मज्जासित, गाउँले बौद्धिकहरू, “किन मर्नुपरेको होला ?के थियो होला त्यस्तो पीर ? हामीलाई भन्नुपर्दैन थियो ?” एक कीचक, जसले उनको चरित्रमाथि दाग लाग्ने गरी सामाजिक संजालमा लेखेको थियो।
“यति राम्री, उमेर थियो, विकल्प खोजेको भए पनि हुने ! कस्ती हुतिहारा, कुरा त बघिनीका जस्ता हुन्थे नि !” अर्को ज्यामिरे, शकुनि। निन्दाउद्योगमा ऊ पनि चाख राख्थ्यो। यसरी सातजना ती ती पात्रहरूले चित्त दुखाए, शोक प्रकट गरे, जजसले उनलाई दिक्क बनाएका थिए । आफ्नै नातेदार पुरुष पात्र घरमा आए पनि कुरा काट्ने । आफ्नो कुरोको पोस्टमा लाइक कमेन्ट गर्दा पनि बात लगाइहाल्ने।
प … र बसेर अजेयाको गुरु, ८० बर्षीय, “प्रोफेसर सरलनारायण गजलोपाध्याय” यो लीला हेर्दै थिए । उनको अनुहारमा भने कुनै भाव थिएन । लासको मुख ढाकिएको थियो। तीन घारो बाँस ल्याइयो । कात्रोको पनि व्यवस्था भयो । एकोहोरो शङ्ख के बजेको थियो, चमत्कार, जुरुक्क उठिन् अजेया र झ्यामका झ्याम, झ्याम्म झ्याम्म, ती सबै धोबीहरूलाई। भागारे भाग !
“I am proud of you my beloved granddaughter!” प्रोफेसरको मनले आशीर्वाद दियो। अजेया आएर पितामहको काखमा टाउको राखेर रोइन्।
“छोरी, हाम्रो योजना सफल भयो !अब अझ बहादुर हुने ! अब कुनै एकल महिलाको चरित्रमाथि यो बिषाक्त पुरुषहीनग्रन्थीले मानसिक आतङ्क सिर्जना गर्ने छैन ! आशीर्वाद !”
” धन्यवाद पितामह !” अजेया नुहाउन गइन् । समाचार भाइरल भयो। “धोबीहरू कुटिए !” झ्यामका झ्याम !!
०००
चितवन, हाल : क्यानडा
Subscribe
Login
0 Comments
Oldest








































