साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फूल सुटुक्क बिलाउँदै छ

एउटा कुनामा अनायासै फुलेको थुङ्गा थाम्न नसकेर ऋतुको प्रहार ओइलाउँदै छ शिशिरको प्रपातले इच्छाए जति सुवास छर्न नपाउँदै झमक्क मुर्झाउँदै छ

Nepal Telecom ad

डा.नमस्या बसेल :

सायद अस्ताउँदैछन् सूर्यहरू
हराउँदैछन् ज्योति दिनहरूका
उब्लिदैँछन् चहक रङहरूका
बल्दै गरेको दियोको तेल सकिएझैँ
सकिँदै छ ऊर्जा सुस्तरी
कसैले पत्तो नपाउने गरी
जरा सुकेको रुखको जस्तै
उजाडिँदैछ जीवन शनै: शनै :
ठूला सपना बोकेर आकासिएको बाफ
अकस्मात् चिसिएझैँ, गह्रुङ्गिएझैँ
थाम्न नसकेर आफ्नै बोझ
तप तप चुहिएझैँ भएको छ नियति
बाफको पीडाले गडगडाउँदैछ आकाश
रुँदै छ एकान्तमा धुरुधुरु
बग्दैछन् आँसुका भेलहरू
एउटा कुनामा अनायासै फुलेको थुङ्गा
थाम्न नसकेर ऋतुको प्रहार
ओइलाउँदै छ शिशिरको प्रपातले
इच्छाए जति सुवास छर्न नपाउँदै
झमक्क मुर्झाउँदै छ
सुटुक्क बिलाउँदैछ ।

०००
अर्घाखाँची

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x