साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खित्कौली

कम्पाउण्डभित्रै बसेर माझ न दाँत, बटुवालाई देखाएर माझ्नुपर्छ र ? दिनहुँ दाँत माझ्दिरहिछे भनेर देखाउनुपरेन त अरुलाई ?

Nepal Telecom ad

अमर अधिकारी

(मन्दिरको छेउँमा रहेको बेञ्चमा वृद्ध र तन्नेरी गफ गर्दैगर्दा)
वृद्ध: एक छिन पख्नुस् है ! बुढीको फोन आयो।
(अलि पछि)
तन्नेरीः पख्नुस् है ! तरुनीको फोन आयो।
-१-

(बस गुड्दैगर्दा)
सहचालकः बसुन्धरा झर्ने छ?
यात्रुः बसुन्धरा त हैन उठुन्धरा झर्ने छ। सिटबाट उठेर झर्नुपर्ने भएपछि उठुन्धरा भन्नुपरेन त !

-२-

(टोलमा दुई अधबैँसे महिला गफ गर्दै)
पहिलोः त्यो केटी त लिपपोत गर्न सिपालु छे, बुहारी बनाइहाल्नुस् !
दोस्रोः रङ लगाइएको हाम्रो पक्की घरलाई किन लिपपोत गर्नुपर्याे ?
पहिलोः त्यो भन्या होइन नि त ! उसले आफ्नो अनुहारमा क्रिम पाउडर घसिरहने भएर भन्या हो।
-३-

(घरको गेट बाहिर बाटो छेउँमा दाँत माझ्दै एक महिला)
छिमेकी महिला १: कम्पाउण्डभित्रै बसेर माझ न दाँत, बटुवालाई देखाएर माझ्नुपर्छ र ?
छिमेकी महिला २: दिनहुँ दाँत माझ्दिरहिछे भनेर देखाउनुपरेन त अरुलाई ?
-४-

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x