साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्य (शृङ्खला- ६७)

सग्लो विज्ञान गाह्राे सकल भुवनमा यन्त्रकाे खाेज गाह्राे । हाम्रो याे जिन्दगानी अबपनि नचिने लाग्छ गाह्राे तगारो ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

वृद्धानुभूति (गाह्रै गाह्राे)

वृद्धावस्था छ गाह्रो अझ धन नहुँदा बन्धुकाे साथ गाह्राे।
गाह्रो सर्वाङ्ग डस्ने शिशिर ऋतु अझै, ग्रीष्मकाे ताप गाह्राे।।
औँसीकाे रात गाह्रो असहज भवमा बस्नलाई छ गाह्राे।
पर्दा केही समस्या पर पर रहने मित्रकाे साथ गाह्राे ।।४२९।।

पत्नीकाे-द्रव्य गाह्राे अबुझ दिल हुने पुत्रकाे साथ गाह्राे ।
विद्वान् काे भाव गाह्राे मनन कति गरूँ, मूर्खकाे बात गाह्राे ।।
ज्ञानीले बाँच्न गाह्राे स्थिरमन नहुँदा ध्यानमा बस्न गाह्राे ।
अर्काकाे बात काट्दै दिनपल नहिँडे हाँस्न या बाँच्न गाह्राे ।।४३०।।

आफ्नाे उद्योग धन्दा ,जन बल नरहे धान्नलाई छ गाह्राे ।
घट्दा ती स्राेत सारा अपुग छ घरमा साहुकाे ताप गाह्राे ।।
रित्तो गाेजी छ गाह्राे टुलुटुलु भइयो हाँस्न या बाेल्न गाह्राे ।
गाेजी हाेस् पूर्ण हाम्रो पछि पछि रहने दुस्मनीकाे छ गाह्राे ।।४३१।।

शिक्षा वेदान्त गाह्राे मनन नगरिए फेद चिन्नै छ गाह्राे ।
दीक्षा त्यस्तै छ गाह्राे गुरुसँग नघुले मन्त्र जान्नै छ गाह्राे ।।
सग्लो विज्ञान गाह्राे सकल भुवनमा यन्त्रकाे खाेज गाह्राे ।
हाम्रो याे जिन्दगानी अबपनि नचिने लाग्छ गाह्राे तगारो ।।४३२।।

यात्रा गाह्राे छ हाम्रो विचलित मन याे बिन्दुमा पुग्न गाह्राे ।
सुन्दैनन् बात आफ्ना प्रियजन कतिले चित्तमा हुन्छ गाह्राे ।।
यस्तै यस्तै छ गाह्राे प्रकृति नियम हाे सम्झनु हुन्न गाह्रो ।
साेचेकाे लक्ष्य छाम्दै अघि अघि हिँडिए खुल्छ गाह्रो तगारो ।।४३३।।

(क्रमशः)

०००
२०७७/११/१७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x