
बुढ्याैली काव्य (शृङ्खला- ६७)
सग्लो विज्ञान गाह्राे सकल भुवनमा यन्त्रकाे खाेज गाह्राे । हाम्रो याे जिन्दगानी अबपनि नचिने लाग्छ गाह्राे तगारो ।।

देवीप्रसाद मिश्र :
वृद्धानुभूति (गाह्रै गाह्राे)
वृद्धावस्था छ गाह्रो अझ धन नहुँदा बन्धुकाे साथ गाह्राे।
गाह्रो सर्वाङ्ग डस्ने शिशिर ऋतु अझै, ग्रीष्मकाे ताप गाह्राे।।
औँसीकाे रात गाह्रो असहज भवमा बस्नलाई छ गाह्राे।
पर्दा केही समस्या पर पर रहने मित्रकाे साथ गाह्राे ।।४२९।।
पत्नीकाे-द्रव्य गाह्राे अबुझ दिल हुने पुत्रकाे साथ गाह्राे ।
विद्वान् काे भाव गाह्राे मनन कति गरूँ, मूर्खकाे बात गाह्राे ।।
ज्ञानीले बाँच्न गाह्राे स्थिरमन नहुँदा ध्यानमा बस्न गाह्राे ।
अर्काकाे बात काट्दै दिनपल नहिँडे हाँस्न या बाँच्न गाह्राे ।।४३०।।
आफ्नाे उद्योग धन्दा ,जन बल नरहे धान्नलाई छ गाह्राे ।
घट्दा ती स्राेत सारा अपुग छ घरमा साहुकाे ताप गाह्राे ।।
रित्तो गाेजी छ गाह्राे टुलुटुलु भइयो हाँस्न या बाेल्न गाह्राे ।
गाेजी हाेस् पूर्ण हाम्रो पछि पछि रहने दुस्मनीकाे छ गाह्राे ।।४३१।।
शिक्षा वेदान्त गाह्राे मनन नगरिए फेद चिन्नै छ गाह्राे ।
दीक्षा त्यस्तै छ गाह्राे गुरुसँग नघुले मन्त्र जान्नै छ गाह्राे ।।
सग्लो विज्ञान गाह्राे सकल भुवनमा यन्त्रकाे खाेज गाह्राे ।
हाम्रो याे जिन्दगानी अबपनि नचिने लाग्छ गाह्राे तगारो ।।४३२।।
यात्रा गाह्राे छ हाम्रो विचलित मन याे बिन्दुमा पुग्न गाह्राे ।
सुन्दैनन् बात आफ्ना प्रियजन कतिले चित्तमा हुन्छ गाह्राे ।।
यस्तै यस्तै छ गाह्राे प्रकृति नियम हाे सम्झनु हुन्न गाह्रो ।
साेचेकाे लक्ष्य छाम्दै अघि अघि हिँडिए खुल्छ गाह्रो तगारो ।।४३३।।
(क्रमशः)
०००
२०७७/११/१७
Subscribe
Login
0 Comments
Oldest