साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वव्यापी वृद्धताको अवस्था

हाम्रो समाजमा वृद्धवृद्धाप्रतिको असल सम्मान र सोच विस्तारै घट्दो क्रममा देखिएको छ। विज्ञान र प्रविधिको विकास र वैज्ञानिक उपकरणको अधिक प्रयोगका कारण परिवार वृद्धवृद्धाबाट निकै टाढिएका छन् ।

Nepal Telecom ad

बद्रीप्रसाद ढकाल :

सामान्यतयाः साठी वर्षमाथिको अवस्था नै वृद्ध अवस्था हो । नेपालको प्रचलित कानुन, धर्म वा रीतिरिवाजमा पनि तीन बीस उमेर काटेका मानिसलाई वृद्धवृद्धा भन्ने गरिएको छ । जब पुग्यो साठी उसको साथी लाठी भन्ने उखानको चरितार्थ पनि साठी वर्षभन्दा माथि उमेर समूहका मानिसलाई वृद्ध, जेष्ठ नागरिक वा बुढ्‌यौलीको अवस्थाको मानिन्छ ।

नेपाली समाजको अवस्था र विश्व स्वास्थ्य संगठनको मापदण्डमा समेत ६० वर्ष र सो भन्दामाथिका नागरिकलाई जेष्ठ नागरिकका रूपमा मानिएकोले त्यस उमेर समूहका मानिसलाई वृद्ध अवस्था मान्नुपर्दछ । निजामती वा जङ्गी सेवामा समेत निवृत्ति वा अवकाश प्राप्त मानिने यो अवस्था नै वृद्ध अवस्था हो। नेपालमा जेष्ठ नागरिक वा वृद्ध समूहका मानिसको गणना गर्ने हो भने नेपालको जनगणना २०६८ अनुसार कूल जनसंख्याको ९ प्रतिशत देखिन्छ । नेपालमा वृद्ध उमेर समूहका लगभग २८ लाखको हारहारीमा जेष्ठ नागरिक छन् भने विश्वमा ८० करोडको हाराहारीमा रहेको तथ्याङ्क छ । विस्तारै शरीरको सक्रियता कम हुँदै शिथिल अवस्थामा निश्चित घेराबन्दीमा जीवन व्यतित गर्न बाध्य वृद्ध समयलाई आफ्ना अनुभव र अनुभूतिको सिर्जनामा लगाउन सके आगामी पुस्ताका लागि निकै महत्त्वपूर्ण हुने कुरामा दुईमत देखिन्न ।

वृद्धताको समयमा परिवार, समाज तथा सरकारले उनीहरूको अवस्थालाई हेरेर गर्नुपर्ने कार्य गरेको अवस्था नभएपनि वृद्ध भत्ता र सहुलियतको व्यवस्था गरेको छ । जेष्ठ नागरिकका हक, अधिकार तथा उचित पालनपोषण भएको नभएको तथा पारिवारिक अवस्थाप्रति जिम्मेवार हुन सकेको देखिन्न । वृद्ध अवस्था नै परिवारको आशा भरोसा र स्याहारसुसारको खाँचो रहेको अवस्थामा घरको सीमित घेरामा बन्दी सरह जीवन व्यतित गर्नुपर्ने बाध्यता सिर्जना हुने गरेको देखिन्छ भने कतिपयले श्रीसम्पत्ति बाँडेपछि त्याज्य जीवन बेहोरिरहेका छन् ।

वृद्ध अवस्था एक जैविक, प्राकृतिक र सार्वभौमिक प्रक्रिया हो, जुन कुनै पनि जीवित प्राणीमा लागू हुन्छ । एकातिर, बुढेसकालप्रतिको दृष्टिकोण उच्च व्यक्तिपरक छ र समाज तथा व्यक्तिगत आवश्यकताहरूमा निर्भर गर्दछ । अर्कोतर्फ, वृद्धको मनोवृत्ति उसको उत्पादन क्षमता तथा उनीहरूसँग भएको भावनासँग सम्बन्धित छ जुन उनीहरूलाई आवश्यक छ र उनको परिवारले दिएको सम्मान र व्यवहार हेरिनुपर्छ ।

जेरियाट्रिक विशेषज्ञहरू भन्छन् कि प्रत्येक व्यक्तिको एक भन्दा बढि उमेर हुन्छ । चार प्रकारका उमेरका बीच भेदभाव गर्ने परम्परागत छः कालक्रम जन्ममितिअनुसार जीवनको वर्ष वा भोगिसकेको जीवन, जैविक अवस्थाअनुसार शरीरको शारीरिक निर्माणमा आधारित जीवनका वर्षहरूको अनुमान, मनोवैज्ञानिकका अनुसार कार्यात्मक, अभिव्यक्त गर्दै अनुकूलताको रूपमा, जस्तै सम्झने क्षमता, सिक्ने क्षमता, उर्जा र इच्छाशक्ति, ताजा महसुस, लचिलोपन र परिवर्तनहरूको समायोजन र सामाजिक अवस्था ।

समाजले अपेक्षा गरेको छ कि एक निश्चित उमेरमा व्यक्तिहरूले एक खास तरिकाले व्यवहार गर्न सक्छन् अध्ययन गर्न, विवाह गर्न, काम गर्न, हजुरबुबा बन्ने, आदि । कि, निश्चित उमेरमा, निश्चित घटनाहरू व्यक्तिको जीवनमा हुनुपर्दछ, जुन उसको उमेरका लागि उपयुक्त छ।

वृद्ध अवस्थाको वर्गीकरणको लागि सक्रिय जीवन र उमेरको आधार लिन सकिन्छ । वृद्ध अवस्थाको सक्रियतामा भने समाजको विकाससँगै विकसित एवम् परिवर्तित हुँदै गएका देखिन्छन् । साठीदेखि उनन्सत्तरी उमेरकालाई युवा जेष्ठ नागरिक, सत्तरीदेखि उनासी सम्मकालाई सामान्य जेष्ठ नागरिक र असी भन्दा माथि उमेर समूहलाई वयोवृद्ध वा जेष्ठ नागरिकको समूहमा वर्गीकरण गरिएको छ (वार्द्धक्य वृद्धत्व) । शरीरको सक्रियताको हिसाबले साठीदेखि असीसम्म केही बढी सक्रिय जीवन बिताउने गरेको पाइन्छ ।

वृद्ध उमेर समयको हिसाबले अत्यन्तै उपयोगी हुन्छ । यो समय अनुभव र अनभूतिको भण्डार हो । वृद्धअवस्था आफ्नो कार्य क्षेत्र र जीवनभरिका अध्ययनमा गरिएका कार्यको सस्मरण गर्दै भावि पुस्ताका लागि बाटो निर्माण गरिदिन सक्ने समय पनि हो । जीवन र जगत्को बारेमा गरिएका खोज, आदिम मानवको सत्यतथ्यको खोजी गर्ने प्रवृत्ति र त्यसलाई व्यक्त गर्ने माध्यम भिन्नभिन्न जाति, समूह, भाषा र भूगोलका मानिसलाई हुने त्रास, आशा र आवश्यकताको मूलस्रोत एउटै-एउटै भएकाले पनि वृद्ध अवस्थाको व्यवहारमा जातजाति र भूगोलका हिसाबले केही समान गुणहरू विद्यमान रहेका देखिन्छन् ।

मानव जीवनलाई पूर्वीय दर्शनले उमेरलाई आधार मानेर चार भागमा उसले गर्ने वा गर्नुपर्ने कार्यका रूपमा विभाजन गरिएको छ। पच्चीस / पच्चीस वर्षको समयको आधारमा चार भागमा विभाजन गर्दा पहिलो पच्चीस वर्ष ब्रह्मचर्य, दोस्रो पच्चीस वर्ष गृहाश्रम, तेस्रो पच्चीस वर्ष वानप्रस्थ र चौथो पच्चीस वर्ष सन्यासमा मानिएको छ। तेस्रो र चौथो काल वा समय वानप्रस्थ र सन्यासले वृद्धावस्था र गर्नुपर्ने कार्यको व्याख्या गरेको छ।

हाम्रो समाजमा वृद्धवृद्धाप्रतिको असल सम्मान र सोच विस्तारै घट्दो क्रममा देखिएको छ। विज्ञान र प्रविधिको विकास र वैज्ञानिक उपकरणको अधिक प्रयोगका कारण परिवार वृद्धवृद्धाबाट निकै टाढिएका छन् । मानवका विलासिताका आवश्यक वस्तुको चाहका कारण अधिक श्रमका कारण आफ्ना आमाबाबुलाई समय दिएर हेरचाह समेत गर्न छोडिएको घटना हाम्रो अगाडि नै छ । पुस्तान्तरण र प्रविधि पनि वृद्धवृद्धालाई एक्लो पार्ने वस्तु बनेका छन् । जसका कारण उनीहरू एक्लोपनको आभाष गर्न पुग्दछन् । वृद्धवृद्धाको एकाकीपनलाई वृद्ध मनोविज्ञानले स्पष्ट पार्दछ ।

वृद्ध मनोविज्ञानको विश्व साहित्यमा खोज तथा अनुसन्धान नभइसकेको यस साहित्यलाई राम्ररी खोज अनुसन्धान गर्न सके यसको अध्ययनबाट निकै रोचक तथा महत्त्वपूर्ण सत्य तथ्य जान्न सकिन्छ । प्राचीनकालदेखि लेखिएको तर समय सीमाका आधारमा नजानिएका स्रोत भएकाले यसलाई छुट्याएर अध्ययन गर्नु र त्यसको पूर्ण उपयोग गर्न सके निकै लाभदायक हुन्छ ।

वृद्ध मनोविज्ञानको खोज, अनुसन्धान गरी मानव विकास र सभ्यतालाई सम्पन्न बनाउनु आजको आवश्यकता पनि हो । वास्तवमै अग्रज वा वृद्ध तथा जेष्ठ नागरिकले आफूले भोगेका जीवनका विविध पक्षलाई लिपिबद्ध रूपमा राखेमा विगतको समाजको बारेमा समेत जानकारी रहने हुँदा यसले समयबोधका साथै समस्या समाधानका साथै विषयगत दक्षता अभिवृद्धिमा समेत उचित भूमिका निर्वाह गर्दछ ।

०००
वृद्ध मनोविज्ञान र साहित्य (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
असली राष्ट्रवादकाे फुइँ !!

असली राष्ट्रवादकाे फुइँ !!

बद्रीप्रसाद ढकाल
नेता बन्ने कि ! महोदय

नेता बन्ने कि !...

बद्रीप्रसाद ढकाल
मान्छेको परिवर्तन !!

मान्छेको परिवर्तन !!

बद्रीप्रसाद ढकाल
काम भनौँ कि दाम

काम भनौँ कि दाम

बद्रीप्रसाद ढकाल
यो हो नि त स्वतन्त्रता !

यो हो नि त...

बद्रीप्रसाद ढकाल
उम ! रिसकै कुरो

उम ! रिसकै कुरो

बद्रीप्रसाद ढकाल
0
Would love your thoughts, please comment.x
()
x