राजाराम बर्ताैलापेन्सन खानेले म्याउ गर्ने ?
म नै हुँ भनी ठान्छन् आफूलाई सर्वज्ञाता मान्छन् नैतिकताको लौरो समातेर सडकमा ताण्डव गर्ने सरकारसँग पौठेजोरी खेल्ने यी सेवानिवृत्त आउटडेटेड कर्मचारी पेन्सन खाएर म्याउ गर्ने ?

राजाराम बर्ताैला :
पसिनाको पोत उठाउन
प्रत्येक महिना बैंक धाउने
हातमा पेन्सनपट्टा लिएर
जिउँदै भएको प्रमाण दिन
छ / छ महिनामा सशरीर उभिएर
पेन्सनपट्टामा ठप्पा लगाउन पर्ने
आउटडेटेट निकम्मा सेवानिवृत्त कर्मचारी
सरकारले दिएको पेन्सन खाएर
घरीघरी म्याउ गर्ने ?
जसको मानो खानु छ
उसको गीत गाउनु त कता हो
उल्टो फतुर गर्नुछ
यो भएन त्यो भएन भन्दै
असन्तोष, आक्रोस ओकले
दूध दिने गाईको लात सहनु त कता हो
यी आउटडेटेड सेवानिवृत्त
पेन्सन खानेले म्याउ गर्ने ?
आफ्नै आँखाले धमिलो देख्छन्
दृष्टिदोष पालेर
कुण्ठा ओकल्छन्
आफ्नो लौरो नटेकेर
परचक्री ढोग्छन्
यस्ता सिल्ली सेवानिवृत्त
आउटडेटेड कर्मचारी
पेन्सन खाएर म्याउ गर्छन् ।
अरू भन्दा ऊ नै जान्ने
म नै विज्ञ म नै ज्ञानी
म नै हुँ भनी ठान्छन्
आफूलाई सर्वज्ञाता मान्छन्
नैतिकताको लौरो समातेर
सडकमा ताण्डव गर्ने
सरकारसँग पौठेजोरी खेल्ने
यी सेवानिवृत्त
आउटडेटेड कर्मचारी
पेन्सन खाएर म्याउ गर्ने ?
०००
भ्रमित सत्य (२०८०)
Subscribe
Login
0 Comments
Oldest






































