सञ्जय साह मित्रनाकको रहस्य
अनि एक छिन रोकिएर जिस्किँदै – हजुरले नाक राख्ने हो कि कटाउने कि ठुलो पार्ने हो ? आखिर कुरो त नाकैको आउँछ, है दाजु ?

सञ्जय साह मित्र :
बडेमाको नाक लिएर कोठाभित्र छिरी । उसको अचानक बढेको नाक देखेर सधैं जिस्कने दाजुले सोधे – तिम्रो नाक अचानक बढ्नुको रहस्य के हो ?
बहिनीले उत्तर दिई – मेरो नाक ठुलो भएको मन पर्दैन भने म आफ्नो नाक कटाऊँ ?
दाजु – कुनै बहिनीले नाक कटाउँदा को दाजु जीवित रहला ?
बहिनी – उसो भए म आफ्नो नाक ताछूँ ?
नजिस्क बहिनी । भन यो बेमौसमी हरियालीको रहस्य के हो ? – दाजुले माहोल परिवर्तन गर्न खोजे ।
तपाईँको लागि खुसीको खबर आउँदै छ भन्ने सुनेर मेरो मनको आँगन हरियोले भरियो भएको छ । सुनाऊँ कि अहिले बाँकी राखूँ ? – बहिनीले जिज्ञासालाई उत्कर्षमा पु¥याई ।
दाजु – पर्खाउने संस्कृतिले भ्रष्टाचार निम्त्याउँछ । भन त कुरोको चुरो के हो ?
आज भोलिदेखि तपाईँको स्वतन्त्रता हनन हुने, काममा सधैं तपाईँ मनन हुने तथा ठिक समयमा काम गर्ने चलन हुने खबर आउँदैछ । खुसीको खबर वर आएपछि बहिनीको नाक फुल्छ नि – बहिनीले नभनेर पनि धेरै कुरा बताई ।
उसो भए म जागिरे हुँदैछु ?
हो, तपाईँको स्वतन्त्रता विलीन हुँदैछ । अब हाकिमलाई खुसी पार्ने तपस्यामा तपाईँ लिन हुनुपर्ने छ । बुझ्नु भो त मेरो खुसीको कुरो ? अब बहिनीको नाक ठुलो हुन्छ कि हुँदैन ?
अनि एक छिन रोकिएर जिस्किँदै – हजुरले नाक राख्ने हो कि कटाउने कि ठुलो पार्ने हो ? आखिर कुरो त नाकैको आउँछ, है दाजु ?
बहिनीको बडेमाको नाक देखेर नाजबाफ दाजुको आँखामा रस बढ्न थाल्यो ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































